वाढी प्रभावित क्षेत्रमा पठाउन लागेको खाद्यबस्तुमा ढुंगा, बालुवा र धुलो भेटियो

भूकम्पपीडितलाई आएको चामल पनि गोदाममै !
शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 28, 2017 | 06:55:16 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल खाद्य संस्थानको थापाथलिस्थीत गोदाममा रहेको खाद्य बस्तुमा ढुंगा बालुवा र धुलो भेटिएको छ । आपूर्ति मन्त्री शिवकुमार मण्डलबाट   आईतबार साँझ भएको अनुगमनका क्रममा यस्तो फेला परेको हो।   

गोदाममा मुगु र कालिकोटबाट ल्याएको सिमिमा ठेकेदारले ढुंगा, बालुवा र धुलो मिसाएको भेटिएको थियो । वाढी प्रभावित क्षेत्रमा पठाउनका लागि सिमि प्याकिङ्ग गर्ने क्रममा यस्तो भेटिएको प्याकिङ्ग ठेकेदार भगवान गिरीले बताए । ‘प्याकेजिङ्ग गर्न ९ सय जना लाग्छ भनेर मैले हात हालेको १२ सय ७४ जना कामदारले बल्लतल्ल केलाएर सकियो’ उनले भने ‘अहिले सबै अखाद्य बस्तु हटाएर शुद्ध बनाएर राखेका छौं।’ 

थापाथली गोदाममा ७ सय २० क्विण्टल सिमि राखिएको मध्ये ४० क्विण्टल वाढी प्रभावित क्षेत्रमा पठाईएको वाग्मती अंचल प्रमुख भेषनाथ न्यौपानेले बताए। 

त्यस्तै गोदाममा रहेको ७ सय ८ क्विण्टल तितेफापरमा पनि धुलो फेला परेको छ । गोदाम प्रमुख न्यौपानेका अनुसार खाद्य संस्थानका तत्कालिन प्रमुख शिवहरी श्रेष्ठ र थापाथली गोदाम प्रमुख मोहन प्रकास चन्दको पालामा खरीद गरीएको उक्त खाद्य बस्तुमा ठेकेदारसंगको मिलेमतोमा अखाद्य बस्तु मिसाईएको हो । ‘सबै खाद्यवस्तुको खरीदमूल्य लुकाईएको छ विक्री मूल्य १ सय ५० रुपैयाँ तोकिएको अवस्थामा म भर्खरमात्र सरुवा भएर आएकोले सबै विवरण खोज्दै छु’ उनले भने। गोदाममा २०७२ सालमा भूकम्पपिडीतका लागि आएको चामल समेत वितरण नगरी राखिएको अवस्थामा भेटिएको छ । 

विग्रेको खाद्यान्न जनता कहाँ नपुगोस: मन्त्री मण्डल 

आपूर्ति मन्त्री मण्डलले कुहेको र फोहर मिसिएको खाद्यपदार्थ जनताकहाँ नपठाउन निर्देशन दिएका छन। खाद्य संस्थानको समेत जिम्मेवारी लिएका  आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक कुमार प्रसाद दाहालल र गोदाम प्रमुख भेषनाथ न्यौपानेलाई उनले यस्तो निर्देशन दिए। 

‘समस्या भएमा तुरुन्त खवर गर्नुहोला तर विग्रेको खाद्यबस्तु प्रयोग नहोस’ मन्त्री मण्डलले भने‘तुरुन्त सफा गरेर विक्रीको प्रवन्ध मिलाउनु होला ।’ उनले १० दिनभित्र गोदाम परीसर सरसफाई गर्न पनि निर्देशन दिए।

मन्त्री मण्डलले गुणस्तर र परीणाम दुवैमा कैफियत देखिएकोले छानविन गर्नेलाई कार्वाही गर्ने बताए। खरीदका क्रममा त्रुटी गरेर खाद्य संस्थानको बदनाम गर्न खोजीएको प्रति आफू दुखित भएको उनको भनाई छ । गोदामभित्र भएको कैफियत देखिएको छ, भद्रगोलका विचबाट खरीद गरीएको भेटिएको छ’ ’ मन्त्री मण्डलले भने-‘खरीद गर्दाको जिएम अवकास भईसकेकोले टेण्डरको खवतमा भएको त्रुटीका विषयमा बोलाएर छलफल गर्छौँ र हदैसम्मको कार्वाही गछौँ । 

धान गोदामको रुपमा नामाकरण गरीएको उक्त गोदामका संरचना निकै जिर्ण भएको, गोदाम परीसरमा झाडी र फोहर जम्मा भएको लामो समयसम्म पनि सफा नगरीएको भेटिएकोले तुरुन्त सरसफाई र मर्मत गर्न पनि निर्देशन दिए। 

गोदाममा ४० हजार ९ सय ३९ क्विण्टल चामल समेत रहेको छ । चुहिएर चामल, सिमी र फापर विग्रन सक्ने भएकोले तत्कालै मर्मत र सरसफाईको व्यवस्था मिलाउन पनि मन्त्रीले निर्देशन दिए। 

खाद्य संस्थानको समेत जिम्मेवारी लिनुभएका आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक कुमार प्रसाद दाहालले भवनहरु जीर्ण भएकोले मर्मत गर्ने र सपिङ्ग कम्प्लेक्स निर्माण गर्ने गरेमा हाई काढेर बस्ने कर्मचारीले काम पाउने बताए। २०६५÷६६ मा टेण्डर प्रकृयाबाट चौधरी ग्रुपले लिजमा लिने भनेपनि सम्झौता पनि नगरेको र टेण्डर बदर पनि नभएकोले अव टेण्डर प्रकृया बदर गरेर भवनहरु मर्मतको प्रकृया अगाडी बढाईने उनले बताए। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved