तरकारी काण्डमा रोईलो होईन, रमाइलो गरौँ !

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 07, 2019 | 04:07:04 PM मा प्रकाशित

laxmi  sunrise bank

बिनोद खड्का, रामेछाप ।

केही  दिन यता तरकारीले नेपाली बजारमा हलचल नै ल्याईदिएको छ । यसको कारण नेपाल सरकार नै हो । किनकि यहीँ असार १ गतेबाट भारतबाट आउने तरकारीलाई सरकारले चेकजाँच गर्ने र खान्न योग्य छ छैन् भनेर परिक्षण गरेर मात्र नेपाली  बजारमा छिर्न दिने निर्णय गर्यो । 

बिडम्बना, यो निर्णय दुई हप्ताको रनिङमै तुहिएको छ । सरकारले अब भारतबाट आयात हुने तरकारीको विषादी परीक्षण नगर्ने निर्णय भन्यो, आफ्नै निर्णय फीर्ता लियो ।

नेपाल सरकारले सबै प्राविधिक औजारहरू तयार पारेपछि जाँच गर्ने कामलाई निरन्तरता दिने भनेको छ । भलै, हामीले पनि कयौं बर्षदेखि भारतबाट आउने हरेक सामान न नाप तौल गरेका छौँ, न त्यो कति योग्य भनेर नै मापन गरेका छौँ । कुनै पनि परीक्षण बिना नै खाईरह्यौ । 

तर वर्तमान सरकारले आयातित तरकारी र फलफुलमा विषादी मिसावट हुन्छ, यसको परीक्षण गर्नुपर्छ र परीक्षण पश्चात मात्रै नेपाली उपभोक्ताको भान्छामा पुग्नुपर्ने भनेर केही कामको सुरुवात गर्यो । आयातित चिज बस्तुमा मिसावट हुन्छ भनेर सचेत गराउने काम गर्यो । हामी आफैँ पूर्वाधारमा पछाडी हुँदा सरकारलाई निर्णयबाट फीर्ता हुन बाध्य परेको हो । 

निर्णय फीर्तालाई सरकारको सकारात्मक कदम मान्न सकिँदैन । तर तपाईं कृषि प्रधान देशका कर्मठ भनेर दाबी गर्नेहरुलाई भने तरकारी बहसले आँखा खोल्दिएको छ । अर्गानिक खान्छु भन्नेहरुका लागि उत्पादन पनि आफैँ गर्नुपर्ने रहेछ भनेर सिकाएको छ । स्वदेशमै उत्पादन गरेर स्वस्थ तरकारी बेचेर आत्मनिर्भर बन्छु भन्नेहरुका लागि सचेत मात्रै गराएको छैन, अवसर नै अवसरका कयौँ ठाउँहरु देखाईदिएको छ । कृषि कर्ममा लाग्नेहरुका लागि यो सुनौलो अवसर हो ।

उत्पादनसँगै बजारका लागि पनि नयाँ ढोका खुलेको छ । भारतबाट आयात गरिएको फलफुल र तरकारी भन्ने वित्तिकै अब उपभोक्ताले नाक खुम्च्याउँछ । यसको सदुपयोग गर्दै नेपाली माटोमा फलेका तरकारी र फलफुलको ‘मार्केटिङ’ पनि हुन्छ । 

स्वदेशी उत्पादनः  न यसमा बिषादी छ, न बिषादी हालिन्छ । यी नारा लिएर कृषकले आफ्नो उत्पादन बजारसम्म पुर्याउन सक्छन् । त्यसैले सरकारका गलत निर्णयले हामीलाई फाईदा पनि पुग्छ भनेर हेर्ने बानी बसाल्दा उचित हुन्छ । विरोध गर्नकै लागि गर्ने होईन, गलत भित्र पनि अवसर हुन्छन् भन्ने कुरालाई हेक्का राख्नुपर्छ । 

कम्तीमा आफ्नो करेसा बारीमा आफुलाई चाहिने तरकारी आफै उत्पादन गरौँ । आफ्नै माटोमा नङ्ग्रा खियाएपछि उत्पादन नहुने भन्ने हुँदैन । सरकारले पनि जतिसक्दो चाँडो आयातित कृषि उपजको परीक्षणपछि मात्रै नेपाली बजारमा प्रवेश पाउने व्यवस्था गरोस् । उपभोक्ताको स्वास्थ्यमा खेलवाड नगरियोस् । फेरि पनि एउटा कुरा दोहोर्याउन चाहान्छु, सरकारले विषादी परीक्षण नगरी तरकारी र फलफुल भित्र्याउने भयो भनेर रोईलो नगरौँ, आफूलाई पुग्ने उत्पादन आफैँ गरौँ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved