पर्यटन विकासका लागि हिमाली राजमार्ग र नेपाल–चीन सुरुङमार्ग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 22, 2019 | 01:48:12 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको आर्थिक बिकासका थुप्रै संभावनाहरुमध्य पर्यटन क्षेत्र महत्वपुर्ण हो । भावी समृद्ध नेपालका निम्ती जलश्रोत र नदी शक्ती, कृषि, पर्यटन, पशु पालन, बन बनस्पती र जडिबुटी, खनिज पदार्थ उत्खनन, मानव श्रोत, सौर्य शक्ति वा उर्जा, वायुशक्ति, जमिनको धरातल र समस्त प्राकृतिक स्रोतको बिकास नै आर्थिक बिकासका प्रमुख स्रोतहरु हुन । 

यीनै नै रिर्सोसको उपयोग नगरी कुनै बिकास नै हुदैन  । हाम्रो देश प्राकृतिक सुन्दरता, सास्कृतिक विविधता, धार्मिक सामिप्यता र सहिस्णुता, पाहुना सत्कार यहाका तामाम भेषभुषा, चाडपर्व भौगोलिक विविधता, पहिरन, खानपीन, आदि विश्वका उत्कृष्ट छन । 

त्यसैले पर्यटन विकासका संभावनाहरु प्रसस्त छन् । अबका दिनमा राज्यले पर्यटन विकासका निम्ती बैज्ञानिक मास्टर प्लान वा भिजन बनाउनु पर्दछ । प्रकृतिमा भएका बाहेक मानव निर्मित संरचना र सभ्यताले पनि पर्यटन विकासमा ठूलो भूकिा खेलेका हून्छन । जस्तो मोटर बाटो, हवाई मार्ग, जलमार्ग बिभिन्न धार्मिक मठ मन्दिर, होटल रिर्सोट आदी । यस्ता संरचनाको सुन्दरता वा बिउटिफिकेसनलाई पनि विशेष ध्यान दिएर बानाउनु पर्दछ, संरचना निर्माण सुरक्षित, सुन्दर अफार्डेवल हुनु जरुरी छ ।

पर्यटन विकासका लागि हरेक संरचना निर्माण गर्दा यसको सौदर्यलाई ध्यान दिएर राज्यले आचार संहिता नै बनाउनु पर्दछ । जस्तो उदाहरणको लागि रोड स्टक्चर बनाउदा यसको दाया बाया र बिचको भागहरुलाई कस्तो आर्किटेक ? कस्तो बिउटिफिकेसनको प्लानिङ्घ गरि बनाउने ? रोडको सुन्दरता र यस वरिपरिका भागहरुमा बृक्षारोपण बन बगैँचा आदि कस्तो बनाउने ? जसले गर्दा पर्यटन विकासमा टेवा पुगोस ।

रामेछापमा पर्यटन मार्ग

पर्यटन क्षेत्रको बिकासका निम्ती अध्ययन अनुसन्धान गर्दा हिमाली जिल्ला रामेछाप पनि पर्यटन बिकासका दृष्टिकोणले विश्वकै एक प्रमुख गन्तब्यमा पर्न सक्ने संभावना छ । रामेछाम जिल्लाको उत्तरी  भेग त स्वर्ग जस्तै सुन्दर ठाउ हो । तर पनि प्रचार प्रसार र भौतिक पुर्वधारको विकास नहुदा आजसम्म ओझेलमा परेको रहेछ । 

यस जिल्लाका कुनै पनि नेताले यस्तो महत्वपुर्ण पर्याटक क्षेत्र बिकासमा बिगतमा कुनै चासो नै नदिएको हो कि भन्ने प्रश्न समेत उब्जेको छ । रामेछाप जिल्लाको भंगेरी (नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिवको जन्मस्थल) देखि लिखुतामाकोशी गा.पा.को धोबी डाडा, गोकुलगगां गा.पा.को नमाडीको नोप्रा डाडा हुदै भित्तरी खानी डाडा, ताबे डाडा, थोदुङ्घ, सेर्दिङ्घ डाडा हुदै जटापोखरी, पाच पोखरी र भुत पोखरीसम्मको यात्र गर्ने हो भने संसारका जुन कुनै प्रकृती प्रेमी पर्यटकले यो ठाउँलाई स्वर्गको उपनाम दिन्छ । 

यति सुन्दर मनोरम प्राकृतिक सुन्दरता भएको ठाउँ विश्वमा कहाँ छ र जस्तो लाग्छ । यि बिभिन्न ठाउहरुको सुन्दरता र महत्वको बर्णन गरेर साध्य नै छैन । यहाका धार्मिक पबित्र स्थल, प्राकृतिक सुन्दरता, मानिसहरुको रहनसहन आदी त अन्त कही छैन झै छ । यि अनुपम छन सुन्दर छन, सौदयवार्न छन, अदभुद छन, आश्चर्यका छन् । यति राम्रो ठाउ अझै सम्म लुकाएर राख्नु हाम्रो गल्ती भो । सरकारका बिभिन्न निकायले अवका दिनमा यस क्षेत्रको पर्यटन विकासलाई केन्द्रमा राखेर केन्द्र,  प्रदेश र स्थानीय तहले मिलेर ‘मास्टर प्लान’ बनाई यो ठाउँलाई पर्यटकीय क्षेत्र बनाउन आवश्यक छ । 

एकातिर लिखु खोला अर्को तिर गोकुल र गंगा अर्थात खिम्ती खोला बिचमा सुन्दर पहाड सिरानमा हिमाल । यस स्थानमा फुल्ने चाप, लालिगुरास, चिमल, सुनसरी धुपी आदी हजारौ थरिका फुलहरु, गोधुलीको क्षितिज, बिहानीको सुर्योदय हेर्दा मख्ख नपर्ने, नरमाउने को होला र ? त्यसैले यस ठाउँको पर्यटन विकास गरेरै छाड्नुपर्छ । यस्तो ठाउको पनि बिकास गरिएन भने पर्यटा विकास कसरी हुन्छ ? के को आर्थिक बिकास हुनु ? के को रोजगारी ? कसरी हुन्छ युवाहरुलाइ रोजगारी ? 

पहिला मोटर बाटोको बिकास नहुदा सगरमाथा जान गोकुलगंगा र उमाकुण्डको बाटो हुँदै जानु पथ्र्यो । अचेल भने केही पर्यटक मात्रै यो बाटो भएर सोलु सल्लेरी लागायत सगरमाथा बेस क्याम्प सम्म जाने गर्दछन । यही स्थान (पाच पोखरी) बाट अलि माथिसम्म गए पछि नुम्बुरचुली कुमारी हिमाल आउछ त्यसपछि सोलुको दुध कुण्ड पबित्र स्थल पुगिन्छ भने त्यो भन्दा माथि गए छि पिके पिक सर्किट पर्दछ । जहा संसारभरीका सयौ रेडियो बज्छ भन्ने गरिन्छ । त्यसपछि पूर्वतिर लम्किएपछि सगरमाथा बेस क्याम्प पुगिहालिन्छ । 

हो यिनै सेरोफेरो रामेछापको पुष्पलाल स्मृती स्थलदेखि सगरमाथाको बेस क्याम्प सम्म मोटर बाटो पुर्याउन सकेमा बिदेशी मात्रै हैन सबै नेपालीले जीवनकालमा एकपटक सगरमाथा हेर्न पाउछन र जान्छन पनि । सगरमाथाको देशमा जन्मिएर ९७ प्रतिशत नेपालिले सगरमाथा नहेरी मर्छन तर यो राजमार्ग निर्माण भयो भने सारा नेपालीले सगरमाथा हेरेर मर्छन । यो बाटाको निमार्ण भएमा विश्वकै सबैभन्दा छोटो दुरिमा सगरमाथा हेर्न जाने सुन्दर र रमणिय पर्यटक मार्ग बन्ने छ, विश्वभरबाट सगरमाथा हेर्न मानिसहरु आउनेछन । अन्तैबाट पनि सोलुमा बाटो त पुर्याउदै छ तर ति बाटाहरु कठिन छन तेति सुन्दर छैनन । यो मार्गबाट त रामेछापको भगेरीदेखि नै स्वर्ग जस्तो सुन्दर ठाउँ हेर्दै जान पाइन्छ । 

ताप्लेजुङदेखि दार्चूलासम्म राजमार्ग

योसँगै पर्यटन मन्त्रालयले अब एउटा मास्टर प्लान बनाएर यसै स्थानको जटापोखरीबाट हिमाली राजमार्ग निर्माणको योजना बनाइ अघि बढोस मेरो सुझाब छ । पूर्वको ताप्लेजुङ देखि दार्चूलासम्म हिमाली एक्सप्रेस राजमार्ग बनाउन सुरु गरिएमा नेपालको पर्यटन विकासमा चमत्कार नै हुनेछ । 

चीनले त्यो जमानामा तेत्रो ८ हजार ८ सय किलोमिटरको ग्रेट वाल बनाउन सकेको थियो । हामीले हिमाली राजमार्ग यो जमानामा किन बनाउन सक्दैनो ? यस्को लागि इन्धन जन्य पदार्थमा ३ रुपैयाँ र बिजुलीमा ५ण् पैसा मात्रै उठाए र पाच हजार सैनिक खटाउने हो भने यो सपना साकार हुन बेर लाग्दैन । सरकारको अठोट र दृढ संकल्प हुन जरुरी छ । हामी बनाउछौ हमीले बनाउन सक्छौ भन्ने सरकारको योजना हुन आवश्यक छ । सातै प्रदेशलाई हिमाली राजमार्गको मस्टर प्लान बनाउन लगाए उत्तम हुन्छ, प्रत्येक पहाडी सहरहरुलाई हिमाली राजमार्गसँग ‘कनेक्सन’ गर्ने मास्टर प्लान बनएमा झनै उत्तम हुनेछ ।

चाइना-नेपाल सुरुङमार्ग

हिमाली राजमार्ग बाहेक पनि गोकुलगंगा गा.पा.मा चाइना नेपाल सुरुङ मार्गको संभावना पनि छ । गर्जाङ्घबाट चाइना नेपाल द्रुत गतिको राजमार्ग बनाउन सके नेपालको ‘इकोनोमिक फिउचर’ कहाबाट कहा पुग्छ होला ? चाइनाको १ अरब  ४५ करोड मानिस र दक्षिण यसियाको २ अरब अर्थात् पृथ्वीको आधा मानिसको ‘ट्रान्जिट’ भइदिने हो भने कस्तो बन्ला यहाको आर्थिक बिकास ?सरकारले यि दुई योजना हिमाली एक्सप्रेस राजमाग र अर्को गर्जाङ्घबाट नेपाल चाइना सुरुङ मार्ग बनाउन सके नेपालको आर्थिक बिकासमा कायापलट नै हुनेछ ।

यि बिभिन्न बिकासका संभावनाको बिषयमा माननीय सस्कृति तथा पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईलाई एक अवधारण पत्र म चाडै दिदै छु । मान्छेको सोचाई हो नि कल्पना हो नि । मानवको सबै भन्दा ठुलो शक्ति भनेकै दिमाग र दिमागको पनि काल्पनिक र सोचन शक्ति हो । त्यसैले उहाँसँग हामी युवाको अवधारणा र उदेश्य मिल्छ भन्ने मेरो विश्वास छ । 

अव नेपाल गरिब रहनु हुन्न, नेपाली भोकै मर्नु हुन्न, विकास नगरि बस्नै हुन्न, नागरिक खुशी हुनैपर्छ, देश समृद्ध बन्नैपर्छ । आशा छ यही सरकारले नेपालको आर्थिक विकासको बाटो खन्नेछ । अब हाम्रो गरिबीको दसा सकिनु पर्छ, सतिको श्राप लागेकै रहेछ भने पनि अव सकियो, अब बेरोजगारी हैन अरु देशबाट नेपालमा रोजगारी र ब्यवासाय खोज्न मानिस आउनु पर्छ । हामीसँग के छैन ? अब गरे के असम्भव छ ? के चाही गर्न सक्दैनौ ? 

हामीले सरकारको बिरोध गरेर देश बन्दैन सहयोग गरेर सल्लाह सुझाब दिएर अधि बढ्नु पर्छ । हरेक क्षेत्रका नागरिकले सरकारलाई सहयोग गर्न जरुरी छ । सडकमा तथानाम गाली गरेर देश बन्दैन । बिरोधको विरोध गर्दै विकास र समृद्धिको यात्रामा अघि बढ्न जरुरी छ । त्यसको लागि पहिलो माध्यम पर्यटन बन्नुपर्छ । पर्यटनले नै नेपालमा समृद्धिको मूल फुटाउनेछ । सकारात्मक बनौँ, देश बन्छ बन्छ ।

(लेखक गेली शेर्पा पर्यटनको सम्भावना, यसले नेपालको अर्थतन्त्रमा दिन सक्ने योगदान लगायत विषयका अनुसन्धानकर्ता हुन्)

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved