‘भ्रमण वर्ष नजिकिदै गर्दा मन्दिर र देवताले समेत गिज्याउँदै छन्’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 27, 2019 | 12:20:40 PM मा प्रकाशित

laxmi  sunrise bank

लेखकः गेली शेर्पा

नेपाल सरकारले मनाउन लागेको ‘नेपाल भ्रमण बर्ष २०२०’ नजिकिदै गर्दा मनमा धेरै प्रश्न र जिज्ञासाहरु उब्जिरहेका छन् । म अनुसन्धानमा लागेँ । कयौँ ठाउँहरुको बस्तुस्थितीबारे जानकारी लिन स्थलगत भ्रमण गरे । जसले मेरो मनमा हजारौ प्रश्न खडा गर्यो । 

हामी एक्काइसौँ शताब्दीका शिक्षित र सभ्य मानव समुदाय रे । हामी ज्ञान बिज्ञान शिक्षा र चेतनासँगै  अधुनिक सभ्यता अनि क्रान्तिकारीहरु रे । हामी पौरखी र इमान्दार, बहादुर र बिरहरुका सन्तति रे । भगवानले समेत जन्म लिएको पवित्र देशका मनुष्य रे हामी । 

विश्वभरबाट बिभिन्न खालका पर्यटक घुम्न आउने, यनीहरुले नेपालको अनुपम प्राकृतिक सुन्दरतासँगै हाम्रा कला, संस्कृति, भेषभुषा, पाहुना सत्कार, हाम्रो सभ्यता, चेतना कला, सैली आदी हेर्न आउने हुन् । हाम्रो आजको युगमा भएको मानव बिकास, सामाजिक बिकास, भौतिक बिकास, आर्थिक बिकास आदि आदी सबै हेर्न, अध्ययन गर्न, महशुस गर्न, सिक्न र आफ्नो जन्मभुमी फर्केर नेपालको बस्ताबिक यात्रा बर्णन गर्न आउछन । यात्रीहरु कोही धार्मिक उदेश्यले, कोही मनोरन्जनका खातिर, कोही अध्ययन अनुसन्धानका लागि, कोही सुन्दरतामा रमाउन नेपाल आउने गर्दछन् ।

विश्वभरबाट अनेकौ प्रवृत्तिका मान्छेहरु नेपाल आउँदा हामिहरुले हाम्रो शहरी सभ्यता कस्तो देखाउने, ग्रामिण सभ्यता र सस्कार कस्तो देखाउने, हाम्रा बाटो घाटो होटल पुर्बधार बिकास, यातायात हस्पिटालिटी आदी कस्तो देखाउने ? यसको स्पष्ट खाका तयार हुनु आवश्यक छ ।

आएका पर्यटकले हाम्रा स्वर्गतूल्यसुन्दर प्राकृतिक सौनदर्यता त हेर्छन नै । त्योसँगै हरेक कृयाकलाप, रहनसहन, वास्ताकि समाजसहित हरेक बस्तुअवस्था समेत नियाली रहेका हुन्छन् । कला र संस्कृतिको देश, मन्दिर र गुम्बाको देश, प्राचीन पूर्वीय दर्शन र सभ्यताको देश, भगवान गौतम बुद्धको देश, जानकी, भृकुटी, अरनिको र राजा जनकको देश, ऋषीमुनीहरुको तपो भूमी, ज्ञानको उत्पती स्थल, सगरमाथा र हिमशिखरको देश नेपाल । समुन्द्र बाहेक सबैथोक भएको देश । समुन्द्र नहुनुमा दुख छैन, किनकी समुन्द्र भरिने नदिहरु भएको छ । प्रकृतिले दिन केही बाँकी नराखेको देश हो नेपाल । 

यति सानो भुगोलमा यतिका प्राकृतिक सम्पदा यो ब्रहमाण्डमा कहा छ ? हामी सँग के छैन ? यस्तो स्वर्ग कहा छ धर्तीमा ? चिनाउन सके प्रख्यात बनाउन सके यस्तो सुन्दर देश हेर्न घुम्न पृथ्वीका कुन मानव नआउला ? 

लाखौ किताबका ठेली लेखेर पनि वर्णन गरेर नसक्ने मेरो देश आज धेरै कुरामा पछि परेछ । हाम्रा शहरहरुले हामिहरुलाई गिज्याइ रहेछका छन् । मन्दिर, र मन्दिरका देवताले गिज्याई रहेछ । देउता त स्वर्गमा बस्ने होनी, स्वर्ग कति सुन्दर र सान्त होला कल्पना गरौ त ! फोहोर दुर्गन्ध हेर्दै जादा देवताहरु हैन ढुङ्घा पनि बस्न मन नपराउने फोहोर छ मन्दिर र गुम्बाहरु, चैत्य र मस्जिदहरु, दोभान र देउरालिहरु, उकाली र ओरालिहरु जता ततै मानव निर्मित फोहोरै फोहर । अरु त अरु सगरमाथाको बेसक्याम्प र पोखराका फेवा तालहरु, लुम्बीनी र जानकी मन्दिरहरु यीनका वरिपरी त फुलमा भमरा, मौरी र पुतलिहरु भुनुनु उड्नु पर्ने हो । तर बिडम्बना, दुर्गन्धमा झिगा र लामखुट्टे भरिभराउ छन् । 

देवता बस्ने ठाउँ त स्वर्ग जस्तो हुनु पर्ने हो, राक्षस र दैत्य समेत बस्न नसक्ने गरि फोहोरै फहोर दुर्गन्ध नै दुर्गन्ध जताततै फोहोर छ । पुर्खाले यस्ता राम्रा मन्दिर, चैत्य, मस्जिद, बौद्धको अदभुद र आश्चर्यचकितसंरचना कसरी बनाए होलान ? यस्ता हाम्रा गौरबशाली संरचना र इतिहास आज फोहोरै फोहोरले नर्क जस्तै भएका छन् ।

बनाउन बाँकी होलान कयौँ संरचना र धरोहरहरु । गरिबै भएर कयौ बिकासे संरचना बन्न सकेका छैनन् होला । तर के गरिब भयौँ भन्दैमा फोहारै गर्नु पर्छ ? फोहोरी नै हुनु पर्छ ? फोहोर कसैले कतै गर्न हुन्न भन्नेसामान्य चेतना समेत हराएको हो त हाम्रो ? नेपालीहरु आज विश्वका प्राय सबै देश पुगी सके, घुमी सके, देखी हेरी सके अब त प्राय सबै शिक्षित नै भैसके । शिक्षितहरुको सभ्यता यस्तै हो त ? हाम्रो चिनारी फोहोरी नेपाली नै हो त ? के सबै कुरामा सरकारको मात्रै मुख ताक्ने ? के हामी शिक्षित नागरिकको यस्तो कुरामा कुनै जिम्वेवारी नै हुदैन ? होला सरकारको पनि केही कमी कमजोरी होलान तर हाम्रा गुठी सस्थानको कुनै कर्तब्य छैन ? सामाजिक संघसस्था समाज र परिवार अनि ब्यतिm वा नागरिकको कुनै सरोकार र कर्तब्य नै हुँदैन त ? फोहोर नगर भन्न पनि बजेट नै चाहिने हो त ? यस्ता हजारौ प्रशन छन् । शिक्षा के का लागि लिन्छौ जागिर खान र पैसा कमाउन मात्रै हो ? हाम्रो अधुनिक सभ्यताको चिनारी खोई ? हामीले के ज्ञान सिक्यौँ ? हाम्रो पुस्तालाई के सिकाउदै छौँ ? उनीहरुले हाम्रा अग्रज पुस्ता त कस्ता पोहोरी रहेछन् नभन्ला र पछि ? 

मन्दिर वरिपरी झर उखेल्न, सामान्य सरसफाई गर्न, फोहोर नगरौ भनेर सुचना टाँस्न, साधारण डस्टविन राख्न, फोहोर संकलन केन्द्र बनाउन पनि मन्त्रिपरिषद् बाटै पास गराएर लागु गर्नपर्ने होर ? फेसबुकमा फोटो हाल्न र आइएनजिओ सँग पैसा मागेर कमाउन मात्रै फोहोर ब्यवस्थापनको कार्यक्रम गरेका हौ त ? हामी कुन युगको कस्तो सभ्यतामा छौ ? सोचौँ एक पटक ।

अफ्रिकी मुलुक युगाण्डा आजभन्दा १० वर्ष अघि फोहार नै थियो । सरकारले शिक्षित युगाण्डा, सफा युगाण्डाको निती बनायो । पाउल कागमे यसका योजनाकार हुन् । हाल यो कल्पना व्यहारमा देखिएको छ । प्रधानमन्त्री समेत सार्वजनिक बिदाको दिन बजारको फोहोर सफा गर्न जान्छन । आज उनीहरुका शहर सफा र सुन्दर छन् । हरियाली र फुलहरुले रंगिएको छ । यो एउटा उदाहरुण मात्रै हो । चाह्यो भने मानिसले केही समयमा नै धेरै प्रगती गर्न सक्छ भन्ने उदाहरण हो । 

आधुनिक सिंगापुरका निर्माता लि क्वान युले भन्नु भएको थियो, ‘मैले सिङ्घापुरको भौतिक बिकास गर्न केवल पच्चीस बर्षमै सके तर मानव बिकार गर्न जस्तो फोहोर गर्नु हुदैन फोहोरी बन्नु हुदैन भनेर सबै नागरिकको चेतना बिकास गर्न पैतिस बर्ष लाग्यो र पनि मैले भनेको जस्तो चेतनशिल नागरिक बनाउन अझै सकेको छैन ।’ 

देश धनी बनाउन ठुलो भिजन र मास्टर प्लान बनाउन परे पनि सफा गर्न र सफा बन्न, फोहोर नगर्न र फोहोरी नहुन सामान्य चेतानाबाट नै सम्भव हुन्छ । नागरिकले मात्रै आफुले फोहोर नगरिदिए, जथाभावी फोहोर नफालिदिए एकले अर्काेलाई चेतना मात्रै फैलाइ दिए पनि फोहोर धेरै कम हुन्छ । म बिनम्रताका साथ अनुरोध गर्दछु, ‘कृपया फोहोर सफा गरि दिन नसके पनि आफुले फोहोर ब्यवस्थित गरिदिनोस्, यो नै तपाईको योगदान हुनेछ ।’ 

सरकारी कार्यलय हेर्दा अचम्म लाग्छ । भनिन्छन नि, ‘घरमा आएको पाहुना पहिला शौचालय जान्छ, र हौचालय हेरेर भान्छा कोठाको स्तर मापन गरिदिन्छ ।’ हाम्रो भान्छा कोठा कस्तो छ भन्ने कुरा शौचालय हेरेरै थाहा हुन्छ ।

सरकारी कार्यालयका शौचालयहरु खैनी चुरोट र परागका टुक्राले ठुस्स गन्हाएका हुन्छन् । कतै रक्सी कै बोतल समेत भेटिन्छन् । पाइखाना कसरी जानु बाहिरै दिशा हुन्छ, सार्वजनिक सौचालय छैन भए पनि पानी हुन्न, हिजो नारायण हिटी दरबार गएको पासपोर्ट बनाउने ठाउ हेर्दा फनन रिगटा चल्यो यो कस्तो देश ? दरबार भनाउदाको ठाउ त यस्तो छ अरुको के कुरा गरौँ ? भन्ने नै हो भने नेपालको सबै भन्दा फोहोरी ठाउ नै सरकारी कार्यलाय सरकारी संरचनाहरु छन । कर्मचारीहरु त पढेका हुन्छन् । लोकसेवा आयोगको परीक्षा पास गरेर गएका हुन्छन् । तर आफ्नो कार्यालय परिसरको हालत ?

सरसफाई गर्न पनि सरकार र मन्त्रीले नै निर्देशन गर्नु पर्ने ? यो कस्तो गैर जिम्वेवारी कस्तो जबाफदेहिता कस्तो आचरण हो ? हप्ताको एक दिन साँझ एक घण्टा हाकिम देखी कर्यालय सहयोगी सम्म मिलेर सरसफाई र फुल बगैचा गोडमेल है भनेर सेडुल राखे के बिग्रन्छ ? यसो गर्दा को सानो हुन्छ ? जिम्वेवारी खै नयाँ सोच खै ?  

मैले यहा समाजलाई गाली गरेर कुनै सरकार सरकारी निकायको बचाउ गर्न र चाकारी भाषामा लेख्न खोजेको हैन । प्रमुख कम्जोरी सरकारकै हो । उसँग कुनै भिजन नै छैन । चेतना फैल्याउने कार्यक्रम गर्दैन, योजना बनएर काम गर्दैन, जवाफदेही बन्दैन, मास्टर प्लान बनाउदैन, किताबमा कन्टेस्ट राख्दैन । यो भन्दा ठुलो गल्ती अर्को सरकार आफ्ना सरकारी संयन्त्र परिचालन नै गर्दैन । साँच्चै भन्ने हो भने हो भने संयन्त्र परिचालन गर्नै आउदैन हाम्रो देशको सरकारलाई । केन्द्रको मुख्य सचिब देखी कार्यलाय सहयोगी सम्मलाई के कस्तो जिम्वेवारी दिने । स्कुल कलेजका शिक्षकहरुको के भुमिका रहने ? सैनिक प्रशासन र प्रहरीहरुले हरेक ठाउमा यस संम्बन्धी के कस्ता कामको जिम्मेवारी र कर्तव्य पालना गर्ने ? नागरिकहरुलाई जनचेतना कसरी कसले फैलाउने ? लगायतका कुराको खाका सरकारसँग छ ? कि छैन । बिना पैसास गर्न सकिने सुधार के के छन ? अनुसन्धान गर्ने कि नगर्ने ? यी विषयमा हाम्रो सरकार पूर्णत मौन छ, अनविज्ञ छ ।

सुन्दर पाशुपत क्षेको हालत त्यस्तै छ । पाटनको कृष्ण मन्दिर, बौद्ध जाने बाटोको के कुरा गर्न स्यम्भुनाथ वरिपरी त्यस्तै, दक्षिणकाली त्यस्तै । नेपालको हकमा राजधानी काठमाडौँ भनेको विदेशी पर्यटक आउँदा पहिलो पाइला टेक्ने ठाउँ हो । यहाँको यो अवस्था छ, विमानमा ओर्लिनासाथ पर्यटकलाई रुघाखोकीले समातिहाल्छ । 

फेवालेक त्यस्ते छ, अरुको के कुरा मनकामना केवलकारले अर्बौ पैसा कमाउछ तर मनकामना मन्दिर वरिपरी सरसफाइको काम गर्दैन, फुल रोप्दैन फुलमा पानी हाल्दैन । पाटक कृष्ण मन्दिर प्रवेश गर्दा एक जनाको दश रुपैयाँ मात्रै शुल्क लिने हो भने त्यो पैसा दाया बाया कतै नगरी सोही ठाउको सरसफाई, शौचालय व्यवस्थापनमा खर्च गर्ने हो भने बर्षमा दशाँे हजार फुलका गमला राखेर फुलै फुलले ढाकेको मन्दिर बनाउन सकिन्छ । भुइ टिलिलि टल्काउन सकिन्छ, मन्दिर र देवतालाइ चिल्लो बनाएर सजाउन सकिन्छ ।

अन्तिममा मेरो भनाई के भने हाम्रो सभ्यताको चिनारी हामी सफा बनौ । सुन्दर त छौ नै सबै निकाय, संघ सस्था र ब्यतिm सबै जिम्वेवार बनौँ । भ्रमण बर्ष २०२० मा विदेशी पाहुना ल्याउनु अघि हामी नेपाली चेतनशील बनौँ, कम्तीमा फोहोरको व्यवस्थापन गरौँ । किन भने साँच्चै मन्दिर र देवताले मलाई गिज्याए, अब विदेशीले हामीलाई गिज्याउन नपाउन् । 

जय देश, जय पर्यटन ।

(लेखक गेली शेर्पा पर्यटनका सम्बन्धमा खोज तथा अनुसन्धान गर्ने व्यक्ति हुन् । पर्यटनले मूलुकलाई दिन सक्ने योगदान समेत हाम्रो स्पष्ट नीति नहुँदा पाउन नसकिएको बारे निरन्तर झकझक्याउने शेर्पा रामेछापबासी हुन्)

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved