लेखकः गेलि शेर्पा
नेपालमा आर्थिक बिकासका संभावनाहरुको बरेमा कुरा गर्ने बितिकै सबैको मुखमा जलबिद्युत शब्द आउँछ । र हाइड्रोपावर र नदी शक्तिबीच आकाश पातालको फरक हुन्छ । त्यस्तै जल सम्पदा र नदी शक्ति पनि फकर कुरा हुन् ।
जल सम्पदा भनेको पृथ्वीमा तमाम पानीका स्रोतहरु हुन् । जसमा आकासको पानी, समुन्द्रको पानी, जमिन मुनिको पानी (ग्राउण्ड वाटर), उम्रने खनिज पानी, हिमाल, नदी, नाला, ताल, पोखरी, कुण्ड, इनार आदी सबै जल सम्पदा हुन् ।
तर नदी शक्ती फरक कुरा हुन । नदीमा आपार शक्ती हुन्छ । एक रुपबाट धेरै रुपमा शक्ती रुपान्तरण गर्न सकिन्छ । जसमध्ये एउटा मात्रै हो माध्यम हो जलविद्युत । डाइनामो घुमाउनको लागी डाइनामो सगै जोडिएको टर्वाइन घुमाउन गरिने एक प्रयोग नै जलबिद्युत हो । यसमा शक्ती सिद्धान्तको आधारमा पोटेन्सियल इनर्जीबाट काइनेटिक इनर्जी र मेकानिकल इनर्जीबाट इलेक्ट्रकल इनर्जीमा रुपान्तरण गरिन्छ र बिद्युत उत्पादन हुन्छ ।
तर नदी त एक प्राकृतिक विशाल शक्ती हो । यसलाई हाइड्रो इलेक्ट्रीक पावर मात्रै नभएर बिभिन्न प्रयोजनमा प्रयोग गर्न सक्दछन । जस्तो पानी घट्टा घुमाउन, बिभिन्न मिलहरुका रोटेटिङ्घ पार्ट घुमाउन, जलयातायात संचालन गर्न, बिभिन्न बस्तुको ढुवानी गर्न, सिचाई नहर लगायत दैनिक कार्यमा पानीको प्रयोग हुन्छ । यो केही ठाउँमा भएको पनि छ ।
यस बाहेक खेलकुद र पर्यटनका लागि पनि नदी शक्ति प्रयोग गर्न सकिन्छ । माछा मार्न, माछा पालन गर्न, खानेपानी सप्लाई लगायतका व्यवसायीक काम पनि नदीमार्फत नै गर्न सकिन्छ । नदी शक्तीको उपयोगिता र प्रयोग धेरै किसिमले गर्न सकिन्छ । नदीले बगाएर ल्याउने रोडा, वालुवा, मलिलो माटो पनि उतिकै महत्वपुर्ण हुन्छन ।
हामीसँग धेरै वटा नदिहरु छन । यी विशाल नदिहरुलाई सहि तरिकाले आर्थिक बिकासमा अत्याधुनिक प्रबिधि प्रयोग गरेर उपयोग गर्न सके राज्यले अथाह आर्थिक बिकास गर्न सक्छ । यति सानो भुभागमा यतिका पानीको स्रोत यो विश्वमै कही पनि छैन ।
जताततै पानीका स्रोत छन्, तर यीनको महत्व र उपयोगीता राज्यका उच्च तहमा पुगेकाहरुले बुझेनन् । नदी शतmी के हो र यसलाई कसरी उपयोग गर्न सकिन्छ भनेर हामीले कुनै खोज अनुसन्धान नै गरेका छैनौ । हाम्रा यी नदीहरुबाट कतिसम्म जलबिद्युत निकाल्न सकिन्छ भन्ने कुरा कसैलाई थाहा नै छैन । एक जना विद्यार्थीले ८२ हजार मेघावाट बिद्युत उत्पादन हुन सक्छ भन्दियो, सबैले त्यही कुरा पत्यायो । यो अनुमान नै हचुवाका भरमा गरिएको छ ।
रन अफ रिभरको केही मुल्यङ्घन भएपनि पानी भण्डारणबाट कति बिद्युत निकाल्न सकिन्छ भन्ने कुरा कसैले रिसर्च गरेको छ ? अह छैन । नेपालको जल सम्पदाको गहिरो अध्ययन आजसम्म कसैले गरेकै छैन । छ भने कसले गरेको छ कहा छ यस्को लेख रचना, डाटा, किताब, अभिलेख आदी ? जनतालाइ थाह छ ? छैन । नेपालको खोला नदिहरुको मास्टर प्लान छ ? छैन जसले जे गरे पनि भो कतै कुनै नदिका मास्टर प्लान छैन, हल्लै हल्ला हचुवामा चलेको छ मेरो देश ।
नदि शक्तीलाई मात्रै सही उपयोग गर्न सके नेपालीको जि.डि.पी. लग्जम्बर, कतार, स्विजरल्याण्डको भन्दा माथि पुग्छ । हाम्रा हजारौ खोला, सात वटा बिशाल नदी । यीनमा यति धेरै शक्ती छ कि, यीनीहरुको उपयोग गरेर पूरै विश्व चकित पार्ने विकास गर्न सकिन्छ । सुनकोशी नदीबाट मात्रै सोह्र किसिमको फाइदा हुने रहेछ । जसको सामान्य बिश्लेषण मैले गरेको छु ।
सप्तकोशी नदीको मास्टर प्लान बनाउनुस र सुनकोशीमा मल्टिप्रपोज प्रोजेक्ट बनाउनुस भनेर उर्जा मन्त्री बर्षमान पुनलाई मैले एउटा फाइलनै दिएको छु । तर पनि बिभिन्न मसिना योजनाका कुराहरु अहिले चर्चामा आई रहेकाछन । सुनकोशी नदी र पुरै सप्तकोशी नदीको मास्टर प्लान बनाउनै पर्छ यो मेरो दाबी हो । हचुवामा काम नगर्नुस बैज्ञानिक तरिकाले नदी शक्तीलाई उपयोग गरौँ भन्ने मेरो चहाना हो । हिमालको सिरानदेखि सप्तकोशि सम्मको गहिरो अध्यन गर्नुस । अझ बंगालको खाडी सम्मकै शुक्ष्म अध्यन गरेर यसका सबै पक्षको अध्ययन गरेर मास्टर प्लान बनाउनुस भनेको हु । हुन त जसलाई जे सुझाव दिएपनि नदी शक्तिको मास्टर प्लान के हो भन्ने नै कसैले बुझेको पाईएन ।
नदी शक्तीको मास्टर प्लान के हो ?
१) नदी शक्ती भनेकै पानी ओरालोमा गुरुत्व आकर्षणसँगै बग्ने प्राकृतिक शक्ती हो । यसबाट मानिसले धेरै भन्दा धेरै फाइदा लिन सक्छ । जसरी अन्य शक्तीलाई मानिसले उपयोग गरेर वा शक्ती रुपान्तरण गरेर बिकासमा चमत्कार गरेका छन त्यस्तै नदी शक्तीबाट पनि चमत्कारीक फाइदा लिन सकिन्छ । जलबिद्युत त एक उहाहरण मात्रै हो नदी शक्तीका धेरै उपयोगितहरु छन ।
२) नेपालको हिमालको शीरदेखी आफ्नो सिमान सम्म बर्ष दिन भरि कति परिणाममा पानी बग्दछ यसको तथ्य सबै भन्दा पहिला पत्ता लगाउनु पर्छ । बर्षयाम र हिउदमा बहाव अन्तर कति छ ? रन अफ रिभर प्रोजेक्ट कहा कहा बनाउन सकिन्छ ? हाइ ड्याम बनाएर मल्टिप्रपोज प्रोजेक्ट कहा कहा बनाउने, सिचाइको लागि कुन कुन ठाउ उपयुतm छन ? ति सिचाईँबाट कति जमिन सिन्चत हुन्छ र दिर्घकालिन फाइदा के के छन ? खानेपानीका लागि कुन कुन ठाउ उपयुतm छ ? यसबाट कति उद्योग घर परिवर र सहर बजार लाभान्वित हुन्छन ? पर्यटन र वातावरणमा कुन नदि के के तरिकाले उपयुतm छ ? यसबाट आर्थिक क्षेत्रमा के के फाइदा, रोजगारी र गरिबी निवारणमा के कस्तो फाइदा हुन्छ । कसरी नदी शक्तीलाई आर्थिक प्रणालीसँग जोड्न सकिन्छ ? लगायतका बिषयमा राज्यले अध्यान अनुसन्धान र बिश्लेषण गर्न जरुरी छन नै शक्ती ।
३) नदी शक्तीको उपयोग केकेमा कसरी गर्न सकिन्छ यस्को अनुसन्धान र विश्लेषण गर्न जरुरी छ । जसमा जलबिद्युतमा रन अफ रिभर र रिजर्भ वायर अर्थात ड्याम कस्तो कस्तो ठाउमा कति कति बनाउने यसको एउटा मास्टर प्लान खाका बनाउनु पर्दछ । मतलव जथाभाबी रनअफ रिभर हाइड्रोपावर बनाउन हुदैन ।
४) प्रकृतिक बिनाशले नेपालीलाई धेरै दुख दिएको छ । तर पनि सरकारले कुनै पोलसी बनाउँदैन । सुनकोशी नदीबाट मात्रै हजारौ हजार मेगावाट बिद्युत उत्पादन, लाखौ हेक्टरमा सिचाई, लाखौ करोडौ मानिसलाई खानेपानी, पर्यटन आदिको सम्भव छ । तर सरकार तिन चार सय मेघावाटको परियोजना बनाउने अनुमति दिदैछ । बिडम्बना यत्रो नदिशक्तीलाई कसैलाई चासो छैन, नेताहरुलाई यस्तो कुराको सामान्य ज्ञान नै छैन ।
अन्त्यमा, नदिशक्ती र जलसम्पदा फरक कुरा हुन भन्ने ज्ञान हुनु जरुरी छ । यीनलाई भिन्दा भिन्दै तरिकाले उपयोग गरेर आर्थिक प्रणालीसँग जोड्न तर्फ लागौ । नदी शक्ति र जलसम्पदाका लागि छुट्टा छुट्टै निती तथा योजना र कार्यक्रम बनाएर द्रुत गतिमा आर्थिक विकास गर्न सरकारले ध्यान देओस् ।
(लेखक शेर्पा एक अन्वेषक हुन् । उनले विभिन्न खोज, अनुसन्धान र अध्ययन पश्चात पानीको प्रयोग गरेर मूलुक समृद्ध बन्छ भन्ने निष्कर्ष निकालेका छन्)