बिजपाटी सम्बाददाता     Nov 08, 2019 | 06:01:55 PM



sunrisebank

लेखकः गेलि शेर्पा

सगरमाथा बेस क्याम्पसम्म पुग्न ‘स्वर्ग जाने बाटो’ बनाउनु आवश्यक छ । हैन भने पर्यटन मन्त्रालय खारेज गरे भो । 

सुरुवातमा नै मैले यसो किन भनेको भने, पर्यटन बिकासको कुरा गर्नासाथ नेपाल सगरमाथाको देश भन्ने झट्ट याद आइहाल्छ । बिदेशीहरु पनि नेपाल भन्ने वित्तिक्कै ‘ओ माउन्ट एभरेष्ट’ भनिहाल्छन् । 

हेर्न पाइएला की नपाइएला, त्यो ठाउ पुग्न सकिएला कि नसकिएला, कतिको सहज होला, बाटो घाटोहरु छन् कि छैनन् भन्ने सोचिहाल्छन् । तर बिडम्बना हामीहरुले आजसम्म पर्यटन बिकासको कुनै मास्टर प्लान नै बनाएनौ । सगरमाथा सम्म मोटर बाटो, हवाई मार्ग, र पैदल मार्ग कसरी बिकास गर्ने भन्ने सोचेकै छैनो । सगरमाथा बेस क्याम्पम ामन्त्री मण्डलको बैठक समेत गरेउ तर यो सोचेनन कि यस्तो स्वर्ग हेर्न जाने बाटो कस्तो कस्तो बनाउने ? कुनकुन क्षेत्र बाट मोटर बाटो सहजै पुर्याउन सकिएला ? यहाँसम्म पर्यटकलाई सहज तरिकाले पुर्याउन के गर्नुपर्ला ? आन्तरिक र बाह्य दुबै पर्यटक कसरी सहज तरिकाले सगरमाथा सम्म पुग्न सक्छन, कसरी करोडौ पर्यटकलाई सगरमाथासम्म आकर्षित गराउने भन्ने हाम्रो दिमागमा आउदै आएन । 

‘स्वर्ग जाने बाटो’

तर मैले सगरमाथा बेस स्याम्प सम्म जाने स्वर्ग जस्तो पर्यटन मार्ग पत्तालगाएको छु । जसलाई मस्वर्ग जाने बाटोको नाम दिन चहान्छु । किनभने यो स्वर्ग भन्दा सुन्दर पर्यटन मार्ग हो ।

हामीमा अनेकौ संभावनाहरु छन र संभावनाहरुले पर्खि बसेका छन । अन्य देशले जस्तो बिकासका चमत्कार गरे पनि सगरमाथा बनाउन सक्दैनन् । जति नै धनी देश भएपनि नेपालमा प्राृकतिक रुपमा उपत्ति भएका हिमश्रृङखा अरु देशले बनाउन सक्दैनन् । किनकी प्रकृतिभन्दा सुन्दर चिज मानिसले बनाउन सक्दैन । हामीले हाम्रा सम्पतिहरु नै चिनेनौ, हाम्रो देशमा के कस्ता अमुल्य सम्पदाहरु छन वास्तै गर्दैनौ । अपार सोच्नै नसक्ने संभावनाहरु भएको देश कंगाल छ । 

सगरमाथा हाइ वे

काठमाण्डौंबाट रामेछाप मन्थलीसम्म जान मध्यपहाडी लोक मार्गबाट जम्मा साढे २ घण्ठामा पुगिन्छ । त्यसको पन्ध्र मिनटमा रामेछाप भंगेरीस्थित पुष्पलालको जन्मथलो पुगिन्छ । पुष्पलालको जन्मस्थानबाट रामेछाप डाँडा, धोबी डाँडा, धोबीबाट नोप्रा डाँडा, त्यसपछि भितरी खानी, ताबे, थोदुङ्ग डाँडा हुदै जटापोखरी पाँचपोखरी हिमालको चुचुरा पुगेर उमाकुण्डको गुम्देल हुदै कुमारी हिमाल नुम्बुर चुली हुँदै  सोलुको पबित्र धार्मिक स्थल दुधकुण्ड पुगिन्छ । दुधकुण्ड पछि पिके पिक सर्किट हुदै सगरमाथा बेस क्याम्प सजिलै पुग्न सकिने मोटर बाटो कम खर्चमा चाडै बनाउन सकिने परियोजना हो । तर यो कसैले वास्ता गर्दैन, किनभने पश्चिमाहरुले नेपालमा विकास भएको हेर्न चाहादैनन् । हाम्रा नेतृत्वलाई अनेकौ बाहाना सुनाएर विकासमा तगारो बनेका छन् ।

यो सगरमाथा हाइ वे पत्याउनै नसकिने गरी द्रुत गति र कम खर्चमा बन्न सक्छ । पर्यटनको बिकास गर्नेहो भने यो मार्ग नबनाइ अन्य कुरा गर्न सुहाउँदैन । सगरमाथा जान यति स्वर्ग जस्तो सुन्दर ठाउँहरु हेर्दै जान सकिने अन्य ठाउँ छैन । यो बाटो बनायौ भने सगरमाथा मात्रै हेर्दैनन पर्यटकले, नेपालको वस्ताविक स्वर्गहरु हेर्दै रमाउदै, देवताहरुसँग वर माग्दै भेटघाट गर्दै, कस्तुरी, मृग, डाँफे लगायतका पशुपंक्षीसँग रमाउन पनि पाउँछन् । चाप, गुरास, चिमलसँग दोस्ती गर्दै जानेछन । 

यो शताब्दीमा जाबो मोटर बाटो बनाउन सकिन्न ? सजिलै र सस्तैमा चाडै पनि बनाउन सकिन्छ । कसरी भन्ने प्रश्न आउनु अगाडी नै, म भन्न चाहान्छु । सम्भावनाका सबै खाका मसँग छ ।

आधुनिक नेपाल, आर्थिक उन्नतिको नेपाल, सुखी र खुसी नेपाली आहा शब्द सुन्दै आनन्द आउछ । यो सम्भव छ भन्ने बुझेरै सम्माननइ िप्रधानमन्त्री के.पी. शर्मा वली ज्युले भन्नु भएको होला । गरे सम्भव छ हाम्रै जुनिमा नेपाल धनी बन्न सक्छ, चमत्कारीक बिकास हुन सक्छ । तर इन्टेलिजेन्स बिना सबै असम्भव छ । सरकारमा बस्ने पुग्ने मानिस गतिला भएनन भने नेपाल मात्रै हैन जुनसुकै देश गरिब र अस्तबेस्त हुन्छ नै । 

सरकार सपनादर्शी हुन आवश्यक छ । यस्तो गरिबीको थिलथिलोमा फसेको देश सजिलै बन्दैन इन्टेलिजेन्ट अथक प्रयास गर्नु पर्छ । बिदेशीहरुले राजनिती कब्जामा राखेको देश हो यो । हामी चलाख भएनौ भने यहा केही गर्नै दिदैनन । जे गर्न खोजे पनि बाघचाल खेली हाल्छन । त्यसैले यस्ता महत्वपुर्ण कुराको बिकास गर्दा सरकारले केही चलाखी गर्नैपर्छ । हाम्रो देशको श्रोत सम्पदाको बिषयमा हामिहरुलाई भन्दा बिदशीलाई बढी थाहा छ ।

सगरमाथा र सोलु जाने अन्य बाटा पनि छन । तर ति बाटाहरु खास छैनन रमाईला छैनन आर्कषक छैनन । झन्झटिला छन स्मार्ट छैनन । यो बाटो बन्यो मात्रै भने जसले नेपाल टेक्छ, त्यसले सगरमाथा टेक्छ, पुग्छ र चुम्छ चुम्छ । 

विश्वको शीर सगरमाथा कसलाई देख्न हेर्न मन हुदैन र ? नेपालमा जन्मिएर सगरमाथा नहेरी ९५ प्रतिशत मानिस मर्दछन तर यो बाटो बन्यो भने अबस्था उल्टिन्छ । ९५ प्रतिशतले चाँही सगरमाथा टेकेर, हेरेर, छोएर सेल्फी िखचेर नेपालको वस्ताविक स्वर्ग हेरेर मर्दछन । हाम्रो आन्तरीक पर्यटनको वृद्धि नै काफी हुन्छ । यो बाटो बन्यो भने मात्रै दक्षिण एसियाकै करोडौ मानिस सरगरमाथा हेर्न आउन सक्छ । भारतीयहरु समेत करोडौको संख्यामा आउन सक्छ । ‘चले काडमाण्डु उसकेबाद सगरमाथा माउन्ट एभरेष्ट बहुत सुन्दर और सहज रास्ता हे’ भन्दै सगरमाथा हेर्न आउछन ।

अवधारणा

मैले केही फिल्ड रिसर्च गरेँ । त्यसपछि अवधारणाहरु बिकास भए । अवधारणा पछि मास्टर प्लान बन्यो जस्लाई लेखेर डकुमेन्टेड गरे । एउटा कपी पर्याटन मन्त्रीज्युलाई दिएको छु । उहाँले बुझ्नु भो भएन पढ्नु भो भएन सोच्नु भो भएन थाहा भएन । उहाँलाई चिठी समेत लेखेर दिएको छु र उहाँले फेरी भेटेर कुरा गर्ने प्रतिबद्यता समेत गर्नु भएको छ । अब हामी चाडै बिस्तृत छलफल गर्न मन्त्रालय जाँदै छौँ । 

त्यति गर्दा पनि सम्भव भएन भने प्रधानमन्त्रीलाई समेत भेटेर योजना अघि बढाउन पहल गर्ने योजनामा छौँ । प्रदेश सरकारसँग कुनै कुरा भएको छैन नितिगत रुपमा प्रदेश सरकारले गर्न मिल्ने रहेछ भने चाडै प्रदेश सरकारका जिम्मेवार व्यक्तिसँग पुगेर छलफल गर्ने नै छौँ ।

अन्त्यमा, सगरमाथा बेस क्याम्पसम्म काठमाडौँबाट करिब ३ सय ५० किलोमिटरको दूरीमा पुग्न सकिने अवस्था आउँछ भन्ने पनि अवगत गराउँदछु ।

सगरमाथा बेस क्याम्पसम्म पहाडको फेदी नै फेदी सहज मोटरबाटो, प्रकृतिको विनास नहुने गरी बनाउने, मूलुकलाई आर्थिक रुप्मा कायापलट गर्न सक्ने र कुनै स्वार्थ रहित, केवल मूलुक बनाउने मात्रै पवित्र भावनाले भनिएको, सुझाईएको यो आयोजना बनाईन्न भने पर्यटनको कुरा नगरौँ, पर्यटन मन्त्रालय नै खारेज गरौँ । 

यो पनि:

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका










Close in 7