लकडाउनमा कसरी चल्दैछ फ्रान्समा रहेका नेपालीको दैनिकी ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 21, 2020 | 05:23:40 PM मा प्रकाशित

laxmi  sunrise bank

बुलेट ट्रेनको रफ्तारमा कुदिरहेको यूरोप अनि फ्रान्स । लाखौ पर्यटकले खचाखच हुने आभनुए सेंजेलिजे, आइफल टावर, लुभ्र संग्राहलय । ग्राहकले भरिएका बार, पब, रेस्टुरेन्ट, नाच घर, मेट्रो, ट्रेन । एकाएक सुन्यतामा परिणत भएको छ ।

राष्ट्रपतिको हतास सम्बोधन

भौतिक सुख अनि धन प्राप्तिको लागि कुदिरहेका अधिकांश नेपाली मध्यको एक पात्र म पनि  । रेस्टुरेन्ट व्यवसायी भएकोले पेशागत जिम्मेबारी बहन गरि रहेको अवस्थामा एकाएक रास्ट्रपतिको सम्बोधन त्यो पनि ५ घण्टा पछि सम्पूर्ण पब, क्लब, रेस्टुरेन्ट र मनोरञ्जन केन्द्रहरू बन्द गर्न आदेश । रेस्टुरेन्टमा काम गर्दागर्दै सुनेको समाचार पत्याउन गाह्रो भयो । राष्ट्रपति इमानुएल माख्रोले सम्बोधनमार्फत एकाएक रातको १२ बजेबाट लागुको सूचना दिनुको साथै देश र जनतालाई महामारीको खतराको संकेत दिए । 

२४ जनावरी २०२० मा नै सुरु भई सकेको महामारीलाई गलत आँकलन गरेको देख्दा अच्चमित बनायो । करिब ४५ दिनसम्म के हेरेर बसेका थियो फ्रेन्च सरकार ? स्वास्थ सेवामा दिने बजेट कटौती गरेर आलोचना खेपिरहेको फ्रेन्च सरकार आफ्नो निर्णय उल्टाउने प्रतिबद्दता गरेको हप्ता मात्र सार्बजनिक गरेको छ । 

मास्क, पन्जा, स्यानीटैजÞेरको पर्याप्त सञ्चय समेत नभएको देखिन्छ । यूरोपियन मुलुकहरु पनि चीनसँग  निर्भर छन् । जुन आफैमा अचम्मित समाचार हुन सक्छ । यसको निचोड भने महामारीमा सबै देशको ताल उस्तै उस्तै रहेछ । बिश्वको ६ औ आर्थिक पहुँचको स्थानमा रहेको मुलुकमा पनि यो सम्भव रहेछ । हाँस्यो उठ्यो । मातृभूमि सम्झिएँ । सही मार्गदर्शकको अभावको भान भयो पहिलोपटक १३ वर्षे विदेश बसाईँमा । मनमा अन्योल छायो । अब के हुन्छ भनेर ? १०० भन्दाबढी ग्राहकलाई सेवा दिदै आएको मेरो चमेना घरले ठुलो मात्रामा समान हतार हतारमा फोहोरको टोकरीमा फ्याक्नु पर्यो । मन कुडियो । 

भर्खरै फ्रान्स आएका नेपाली बढी मर्कामा

फ्रान्स आउने नेपाली विद्यार्थीको संख्या केहि बर्ष देखि बढिरहेको छ । एकिन तथांक नभए पनि बाक्लो संख्यामा फ्रान्स आउने क्रम जारी नै छ । फ्रान्सबाट नेपाल जानु भएकी एक नेपाली चेली संक्रमित देखिए पछि नेपालमा कोरोना बहस तातेको थियो । सबैभन्दा बढी समस्या भने केही महिना अघि यहाँ आइपुग्नु भएका बिद्यार्थीलाई परेको छ । भाषागत ज्ञान नहुनु त छँदै छ । आउने बित्तिक्कै काम पनि सबैले नपाएकोले महँगो कलेज शुल्क, कोठा भाडा, अनि अन्य खर्च जुटाउन गार्हो परेको छ । अन्य देशको बाटो हुँदै फ्रान्स आउनु भएका नब आगन्तुक नेपाली दाजुभाइलाई पनि यो समस्याले पिरोलेको छ । 

स्वास्थ समस्या परेको खण्डमा राज्यले उपचार गर्दछ । विभिन्न फ्रेन्च संघ संस्थाहरुले कम आय भएका व्यक्तिहरुलाई अति आबश्यक खाध्य सामग्री उपलब्ध गराईरहेका छन् । फ्रेन्च आर्मीमा पनि धेरै नेपाली दाजुभाई हरु हरु ७ सयदेखि ८ सयको हाराहारीमा कार्यरत हुनुहुन्छ । हालसम्म सबै जना सुरक्षित भएको खबर छ । 

फ्रान्समा लगातार ३ हप्तादेखि लकडाउन भएको कारणले अधिकांश नेपालीद्वारा संचालित व्यवसाय बन्द छ । यो बन्दले गर्दा धेरै नेपाली दाजुभाईहरु बेरोजगार बन्नु परेको छ । सरकारले साबिक तलबको ८४ प्रतिशत ब्यहोर्ने जानकारी गराएपनि ढुक्क हुने स्थिती छैन । पेरिस वरपर झन्डै ३५ अनि पेरिस बाहिर १० गरि ४५ भन्दा बढी रेस्टुरेन्ट बन्द छन् । नेपालीद्वारा संचालित बुटी पार्लर, सैलुन, नेपाली हस्तकलाका पसल, तथा अन्य व्यवसायहरु पूर्ण रुपमा बन्द छन् । 

सरकारले निब्र्याजी ऋणको व्यवस्था गर्ने, सरकारी कर छुट दिने अथवा पछि तिर्ने प्रवन्ध गर्ने, महामारीकै कारण कुनैपनि व्यवसाय बन्द हुन नदिने रास्ट्रपतिले सम्बोधनमार्फत बताएका छन् । घरभाडा, बिजुली, बिमा, तलब, कर अनि ब्यापारिक घाटाको जिम्मा कस्ले लिन्छ भन्ने कुरामा सबै नेपालीहरु चिन्तित छन् ।

फ्रान्स सरकारको कदम

कोरोनाको संक्रमण सुरु भएपछि पेरिस स्टक एक्सचेन्जमा पतन जारी छ । गत हप्त देखि पेरिस स्टक २०५ ले पहिले नै ध्वस्त पारेको थियो । मन्दीको खतरा बढी छ । 

लकडाउनका कारण नेपालका विभिन्न स्थानमा फसेका फ्रेन्च पर्यटकको उद्वार शुरु गरिएको छ । फ्रान्सले केहि दिन अघि मात्र नेपालमा अलपत्र आफ्ना नागरिक फिर्ता ल्याएको छ । यसका लागि देशका विभिन्न भागबाट फ्रान्सेली तथा अन्य युरोपियन पर्यटकहरुलाई काठमाडौं ल्याइएको थियो । पोखरा, लुक्लाबाट जहाज चार्टर्ड गरि उनीहरुलाई काठमाडौं ल्याइएको थियो । नेपालस्थित फ्रेन्च दूतावासको पहलमा काठमाडौं जम्मा भएका उनीहरुलाई लिन फ्रान्स सरकारले विमान पठाएको थियो । नेपालले अन्तर्रा्ष्ट्रिय उडान बन्द गरेको भएपनि उद्वार र एयर एम्बुलेन्सलाई भने जतिसुकै बेला पनि अवतरणको अनुमति दिनुपर्छ । सोही अनुसार फ्रेन्च दूतावासले नागरिक उड्ययन प्राधिकरणसँग समन्वय गरी कतार एयरको बिमानमा आफ्ना नागरिक ल्याएको हो । 

फ्रेन्च नागरिक नेपालबाट फ्रान्स फर्किएपछि परिवारका सदस्यबाट धन्यबाद ज्ञापन गरि खुसि साटिरहेको जानकारी नेपाल फ्रान्स मैत्री संघका अध्यक्ष बिनोद खकुरेलबाट प्राप्त भएको छ । यसले नेपाल फ्रान्सको सम्बधलाई अझ बलियो बनाउन मद्दत गरेको छ । 

३ हप्ताभन्दा बढी समयदेखि लकडाउनको पूर्ण पालना गरेकोले नै अहिलेसम्म नेपाली समुदाय पेरिसमा कोरोना संक्रमण देखिएको छैन । कोरोना भाइरसबाट तेस्रो बढी प्रभावित बनेको मुलुक हो, फ्रान्स । यहाँ कोरोनाका कारण २० हजार बढीको मृत्यु भईसकेको छ भने १ लाख ५५ हजार भन्दा बढी संक्रमित छन् । यीमध्ये ३७ हजार ४ सयभन्दा धेरै नागरिक स्वास्थ्यलाभ गरेर घर फर्केका छन् । 

के गर्दैछन् नेपाली ?

फुर्सदको समयलाई सदुपयोग गर्दै फ्रान्समा रहेका नेपाली समुदाय विभिन्न सृजनात्मक काममा लागेका छन् । साहित्य सिर्जना, गायन, हस्तकला सामग्री निर्माण जस्ता रचनात्मक कार्यले झन् बढी तिखारिन अनि घर भित्रै बस्न मद्दत गरिरहेको बताउँछन् साहित्य सर्जक युवा राजु खप्तडी बस्नेत । 

दैनिक उपभोग्य समान बेच्ने सुपर मार्केट, फार्मेसी, पेट्रोल पम्प, मासु पसलबाहेक अन्य व्यवसाय बन्द छ । अत्यावश्यक कामका लागि स्वीकृति लिएर मात्रै बाहिर जान पाइन्छ । अधिकांश हुलाक बन्द छन् । बैंकहरुले अनलाइन सुबिधा दिइरहेका छन् । बिद्यार्थीको पढाई पनि अनलाइन मार्फत नै सुचारु छ । बच्चा केटाकेटिहरुको स्कुल भने घरमा नै बिबिध रचनात्मक क्रियाकलाप गर्दै चलेको छ । 

फ्रान्समा रहेका नेपालीहरुको अवस्था सामान्य रहेको गैरआवासीय नेपाली संघ फ्रान्सका अध्यक्ष नरेन्द्र शाही बताउँछन् । संघले नेपालीहरुलाई राहत स्वरूप खाद्यान्न सामग्री प्रदान गरेको छ । नेपाल सरकारको ‘कोरोना राहत कोष’ मा आर्थिक सहयोग गर्न प्रवासी नेपाली एकता मञ्च, फ्रान्सले रकम संकलन गर्न सुरुवात गरेको छ । हालसम्म ३ लाख संकलन भएको र संकलन हुने क्रम जारी रहेको संस्थाका अध्यक्ष भक्त बहादुर वाग्ले बताउँछन् । नेपाली एकता समाज फ्रान्स, जन सम्पर्क समिति फ्रान्सले पनि राहतका कार्यक्रम सुरु गरेका छन् 

फ्रान्समा करिब पाँच देखि ६ हजारको हाराहारीमा नेपालीहरुको बसोबास छ । फ्रान्सका लागि नेपाली राजदूत महामहिम दीपक अधिकारी नेपालीहरुलाई पर्ने समस्यामा सहयोग गर्न फ्रान्स सरकारलाई आग्रह गरिएको बताउँछन् । 

नेपालबारे पंक्तिकारको बुझाई

संकटको घडीमा प्रभाबकारी सरकार, नेता, मन्त्रिहरु जनताप्रति जवाफदेही हुनुपर्ने रहेछ भन्ने कुराको अनुभव लेखकले गरेका छन् । राज्य जनताको अभिभावक बन्नुको सट्टा महामारी रोकथामका लागि चाहिने अत्यावश्यक स्वास्थ सामग्री दोब्बरभन्दा बढी मुल्यमा खरिद गर्नु आफैँमा लज्जित छ । पंक्तिकारको उद्देश्य आरोप लगाउनु होइन । मात्र मातृभूमिको प्रणाली, मानसिकता र पुर्खेउली रोगको प्रसङ्ग उल्लेख गर्नु हो ।

सस्तो लोकप्रियताको लागि हो अथवा सरकारको राम्रो काम मध्यको एक, छिमेकि मुलुक चीनबाट नेपाली बिद्यार्थीलाई झन्डावाल विमानले स्वदेश फर्काएको खबर सुन्दा पंक्तिकार हर्षित थिए । तर सुदूरपश्चिमेली जनता दैनिक जोहो गर्न भारतमा रोजगारी गर्न गएकालाई भने सिमामा अलपत्र छोड्नु भनेको कसैलाई काखा कसैलाई पाखा गरेको बुझाई छ लेखकको । सामाजिक संजालमा ज्यान जोखिममा राखेर सिमामा अलपत्र परेका नागरिक महाकाली नदि तरेर आफ्ना मुलुक फर्किनु राज्यको कमजोरी अनि गरिब जनतालाई बेवास्ता गर्ने पुरानो रोगले गाँजेको समाज जस्ताको त्यस्तै रहेको पंक्तिकार को बुझाई छ । 

प्रसान्त उप्रेती पेरिस, फ्रान्स 

नेपाली साहित्य तथा विविध विधामा कलम चलाउने लेखक उप्रेती रक्तदान अभियन्ता समेत हुन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved