लकडाउनमा हाम्रो अवस्था: ढोका लगायौं, झ्याल बिर्सीयौं, बैंकर सीमा बनको लेख

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 17, 2020 | 05:30:20 AM मा प्रकाशित

laxmi  sunrise bank

सीमा बन

गत डिसेम्बरबाट चिनको वुहान शहरबाट शुरु भएको महामारीको रुपमा आएको यो भाईरस कोभिड–१९ को असर हाल विश्वभर मानव जिवनमा प्रत्यक्ष रुपमा परेको छ । विश्वमा आतङ्क मचाईरहंदा नेपालमा भने यसको प्रभाव धेरै समय पछि देखा पर्यो । तर अहिेले आएर यसले आफ्नो प्रभाव र अस्तित्वलाई विस्तार गरीरहेको छ ।

नेपालमा यसको प्रभाव न्युन नभई चेकजांचको दायरा न्युन भएको जस्तो देखिएको छ । अन्य प्रभावित देशहरुबाट यसको रोकथामकालागि नेपालले शिक्षा र अवसर नपाएको भने होईन र रोकथामको प्रयास गर्दे नगरेको पनि होईन तथापी खुला सिमानाका कारण मान्छेको आवत–जावतलाई पुर्ण रुपमा रोक्न नसक्दा र विदेशबाट आएकालाई समयमै व्यबस्थापन गर्न नसक्दा यसको संक्रमणबाट नेपाल पनि बच्न सकेन । यसबाट सामाजिक तथा आर्थिक क्षेत्रका हरेक चरहरु प्रभावित भएका छन ।

      विश्व अर्थतन्त्रलाई प्रभावित पारीरहेको कोरोनाले नेपाली अर्थतन्त्रलाई पनि नराम्ररी प्रभाव पार्ने निश्चित देखिन्छ । अर्थतन्त्रलाई गती दिने मुख्य ४ क्षेत्र पर्यटन, पुर्वाधार निर्माण, रेमिट्यान्स, र वैदेशिक व्यापारमा यसको गम्भीर संक्रमण शुरु भएको छ  भने अर्थतन्त्रका अवयवहरु थोक तथा खुद्रा व्यापार, यातायात, निर्माण, होटल तथा रेष्टुरा उधोगमा सोझै असर परेको छ । 

अर्थतन्त्रलाई गती दिने मुख्य ४ क्षेत्र पर्यटन, पुर्वाधार निर्माण, रेमिट्यान्स, र वैदेशिक व्यापारमा यसको गम्भीर संक्रमण शुरु

   नेपालको अर्थतन्त्रका सबै क्षेत्रमा पर्ने प्रभाव कसरी र कुन हदसम्म देखिन्छ तथा कति समय सम्म फैलिन्छ भन्ने ठ्याक्कै अनुमान गर्न गाह्रो छ । यो सामान्य अवस्था नभएकोले हामीले काम गर्ने परिपाटि र निर्णय प्रकृया पनि सामान्य अवस्थामा भन्दा फरक तरिकाले गर्नुपर्ने हुन्छ । नियमित रुपमा गरीने कामले विपदका समयमा काम नदिने भएकोले असाधारण निर्णय गर्न नेतृत्ववर्गले आंट गर्न सक्नुपर्छ ।

     एकातर्फ सरकारले लकडाउन गरी घर भित्रै बस्न आग्रह गरको छ भने अर्कोतर्फ अत्यावश्यक सेवाकालागि बैंक तथा वित्तीय संस्थाहरु र अन्य उधोगहरु खोल्न निर्देशन गरेको छ । यस्तो अवस्थामा कार्यस्थलसम्म आवतजावत गर्दा  प्रहरीले कर्मचारीहरुलाई बीच बाटोमा रोकी दुख दिने कार्य सम्म भएका छन । कर्मचारी र सेवाग्राही सहजरुपमा आउने व्यबस्था नहुंदा कार्यालय कसरी र कसकालागि सन्चालन गर्ने ? उधोग व्याबसाय कसरी चलाउने ? बैंक खोल, उधोग खोल भनेर मात्र हुंदैन । ढोका मात्र खोलेर व्यबसाय सन्चालन हुन सक्दैन ।

सेवाग्राही आउन नदिने हो भने सेवा दिने कार्यालय खोलेको के अर्थ ? 

सेवाग्राही आउन नदिने हो भने सेवा दिने कार्यालय खोलेको के अर्थ ? अर्कोतर्फ उधोग सन्चालनकालागि चाहीने कच्चा पदार्थ ल्याउने देखी उत्पादीत बस्तु तथा सेवा बजारसम्म पुर्याउन ढुवानी गर्ने मालबाहक सवारी साधनहरुलाई समेत बाटोमा सुरक्षाकर्मीले रोक्छ । एउटा उधोग खोल्दा त्यससंग सम्बन्धित अन्य उधोगहरु पनि सन्चालन हुनु जरुरी छ । जस्तो विस्कुट बनाउने उधोग खोलेर मात्रै भएन त्यसलाई चाहीने कच्चापदार्थदेखी प्याकेजीङ्ख र बजारसम्म पुर्याउंदा सम्मका सबै प्रकृया पुरा गर्ने वातावरण बन्नुपर्दछ । उत्पादीत बस्तु तथा सेवाले बजार पाउंदैन भने उत्पादनको के अर्थ ? कच्चा पदार्थ उधोगले पाउंदैन भने उधोग खोलेको के अर्थ ? 

   हुनत संक्रमितको संख्या बढेसंगै प्रशासनले कडाई गर्नु सव्भाविक हो तर बैंक तथा वित्तीय संस्थाका समस्या, उधोगी व्यावसायीका समस्या र कर्मचारी तथा सेवाग्राहीलाई पनि कार्यालयसम्म कसरी सावधानी अपनाएर आउन दिने भन्ने बारेमा प्रहरी प्रशासनले गृहकार्य गरेजस्तो देखिंदैन । 

   फेरी अर्कोतर्फ यती कडाई नगर्ने हो भने कतै खाधान्नको जोहो गर्ने निउंमा त कतै बैंक सम्म रुपैयां पैसा जम्मा गर्ने वा भिक्ने बहानामा मानिसहरुको चहलपहलमा पनि कमी हुंदैन । यतीसम्मकी ओषधीको खोस्टो वा एउटा चेक बोकेर सुरक्षाकर्मीलाई झुक्याउंदै आफन्त र साथीसंगीहरुसंग भेटघाट गर्ने काम पनि नभएका छैनन । केही व्यक्तिहरु आफै सचेत नभईदिदा सेवा दिन हिंड्ने कर्मचारी, आवश्यक्ताले हिडडुल गर्ने सर्वसाधारण र खाधान्न लगायत अत्यावश्यक बस्तु उत्पादन गर्ने क्षेत्र दोहोरो चेपुवामा परेका छन । तसर्थ सहज काम गर्ने बातावरणकालागि सम्बन्धीत निकायहरुबीच समन्वय गरी स्पष्ट कार्यदिशा बन्नु पर्दछ र सोको पालना हरेक तहले जिम्मेवारीपुर्वक गर्नुपर्ने जरुरी देखिएको छ ।

     बैंक वित्तीय संस्थाहरुले पुर्ण रुपमा सबै शाखाहरुबाट सेवा सुचारु गरीरहंदा सेवाग्राहीका बारेमा भने सरकारी निकाय मौन जस्तो देखिएको छ । सेवाग्राहीलाई निर्वादरुपमा बैंक शाखासम्म्म पुग्ने अवस्था छैन । हिंडडुलमा कडाई हुंदा खुलेका निकायले दिने सेवा कत्तीको प्रभावकारी होला । 

   एकातिर हिडडुलमा समस्या अर्कोतिर नगद कारोवारमा जोखिम यसको विकल्प रोजौं । डिजीटल माध्यमबाट घरमै बसी कारोवार गरौं । नगद कारोवार गर्नुभनेको एक मान्छेले अर्कोलाई भेटघाट गर्नु नै हो । तसर्थ यसबाट हुन सक्ने जोखीमलाई न्युनिकरण गर्न नेपालका बैंक तथा वित्तीय संस्थाहरुले भुक्तानी प्रणलीलाई सहज बनाउन मोवाइल बैंकिङ्, इन्टरनेट बैंकिङ्, आइपिएस तथा एटिएम बाट हुने कारोवारलाई निशुल्क गरेका छन यसलाई सदुपयोग गरौं । यस्तो बानीको विकास गर्न सकियो भने अहिलेलाई संक्रमणको जोखीम पनि न्युनिकरण गर्न सकिने र अर्कोतर्फ भविष्यमा राष्ट्र बैंकको नोट छाप्ने र व्यबस्थापन गर्ने खर्च समेत कम हुन्छ ।

नगद कारोवार गर्नुभनेको एक मान्छेले अर्कोलाई भेटघाट गर्नु नै हो, डिजीटल बैंकिङको सदुपयोग गरौं

     यस्तो परिस्थितीको बावजुदपनि केही बैकहरुमा अहिलेपनि मान्छेहरुको भिडभाड देखिन्छ । नेपालमा कोरोना संक्रमितहरुलाई अहिलेसम्म खासै लक्षण देखिएको छैन । लक्षण विनाका संक्रमित व्याक्तिले छोएको पैसा कती सुरक्षीत होला ? आलोपालो गरेर काम गरेपनि बैंक भौचर, चेक र पैसा समाउने व्यक्ति संक्रमित भएमा अबस्था के हुन सक्छ ? यस्ता स्थान कोरोना सर्ने राम्रो माध्यम हुन सक्छन । यसतर्फ हामी सबैले सजगता अपनाउनैपर्छ । नत्र यसको प्रकोपले सबैलाई क्षणभरमै बर्बादीतर्फ  धकेल्नेछ । 

      बैंकिङ् सेवा पनि स्वास्थ्यकर्मी र सुरक्षाकर्मी जस्तै अग्रपंक्तिमा रही ग्राहकहरुलाई पुर्यायने सेवा हो । ग्राहकको भिडभाडबाट संक्रमण फैलिने उच्च जोखिम रहेको छ । तसर्थ रेडजोनमा कार्यरत कर्मचारीहरुलाई पनि प्राथमिकताकासाथ कोरोना परिक्षण गर्नुपर्ने आवश्यक देखिएको छ । 

    अहिले बैंकहरुले जोखीम न्युनिकरणकालागि न्युनतम शाखा एवं कर्मचारी मार्फत सीमित बैंकिङ्ख सेवा उपलव्ध गराउंदै आएका छन । अझ घरबाटै काम गर्नसक्नेगरी कार्यवीधी बनाई व्यबस्थापन गर्न सक्ने हो भने अझ प्रभावकारी हुने थियो ।

    त्यसो त महामारीका कारण आर्थिक क्षेत्र नराम्ररी प्रभावीत भएको छ । यसलाई उठ्नै नसक्नेगरी थलापर्न दिनुपनि भएन । भोलिका दिनमा कोरोनाको कारण भन्दापनि उत्पादीत खाधान्नको कमी हूंदा भोकमरीले मर्ने दिन नआउला भन्न सकिन्न । भोली भोकमरीले विकराल रुप लियो भने स्थिति के होला ? भोली लुटपाट हुनसक्छ, समाजमा अराजक स्थिति आउनसक्छ । त्यो स्थिति आउनपनि दिनुभएन । समयमा सरकार तथा अन्य जिम्मेवार निकायले सोंच्नुपर्ने छ । अरु देशको सरकारले थेग्न नसकेको कुरा हामी हाम्रो सरकारबाट यतीधेरै अपेक्षा नगर्दापनि हुन्छ । भुकम्प र नाकाबन्दीबाट भर्खरमात्र गुज्रिएको  हाम्रो अर्थतन्त्र यो पटक फरक परिस्थितीमा छ । विश्वव्यापी महामारी भएको कारण दाता राष्ट्रहरुपनि थलिने हुंदा आफ्ना आँशु आफै पुछ्नुपर्ने अवस्था छ । 

विश्वव्यापी महामारी भएको कारण दाता राष्ट्रहरुपनि थलिने हुंदा आफ्ना आँशु आफै पुछ्नुपर्ने अवस्था छ

     यो कोरोनाको महामारी तत्कालै सकिने अवस्था देखिंदैन । विश्व स्वास्थ्य संगठनले नै यो महामारी कहिलेसम्म कायम रहन्छ अनुमान गर्न सकेको छैन । विश्वभर दैनिक काम गरेर गुजारा चलाउनेको संख्या धेरै छ उनीहरुलाई भोकै मार्ने प्रयासमा छ कोरोना, दुई दिनमै अस्पताल बनाउन सक्ने चिनको सडकमा मानिसको शव फेला पर्दछन भने सिटामोल पाउन पनि मुश्किल हाम्रो देशका नागरीक डराउनुको साटो सजक हुनु जरुरी छ । हाम्रो देशमा हुनेखाने भन्दा हुंदाखाने धेरै छन । जुनगतीको चेकजांच र जुनगतीमा फैलिएको छ कोरोना,  त्यही रुपमा संक्रमण फैलिदै जाने हो भने कामगर्न नपाई भोकै मर्न बाध्य नै हुनेछन नेपालीहरु ।

   अलिेसम्मको तथ्याङ्क हेर्दा संक्रमण फैलाउने श्रोत ढोकाबाट नभई झ्यालबाट छिरेको जस्तो देखिएको छ । अत्यावश्यक के–के हुन ? कसलाई ढोका खोलिदिने ? भन्ने विषय स्पष्ट हुनुपर्दछ । हिड्नुपर्नेलाई सहजरुपमा ढोका खोलिदिंउ झ्यालबाट लुकिछीपि पस्नेलाई ध्यान दिउं उनीहरुलाई कडाई गरौं । ढोकालाई समयमै बन्द गरेकै हौं तर सदीयौंदेखी खुला रहेका झ्यालका पल्लाहरु लगाउनेतिर ध्यान पुगेन र पुगेपनि पसाङ्खीएका झ्याल लगाउन त्यती सजिलो पनि छैन त्यसलाई फुर्सदमा मर्मत गरौंला हाल नाकामा अलपत्र परेकालाई व्यबस्थापनको बाटो खोजौं । घरको न घाटका हुन नदिउं । उनीहरुलाई सहज व्यबस्थापन गर्न नसक्दा लुकिछीपि आएकै छन जसले गर्दा संक्रमण फैलिने डर पनि बढी भयो । कम्तीमा तिनीहरुलाई नेपाली भुमीमा क्वारेन्टाईनमा राख्न सक्ने हो भने वैकल्पीक बाटो खोज्ने थिएनन की ? हाम्रो सिमा नाकाहरु शिल भएर मात्रै नपुगेको देखियो । 

कारोना भाइरसले हाम्रो समाजका आर्थिक सामाजिक क्षेत्रमा विविध नकारात्मक प्रभाव पार्ने निश्चित छ । त्यसैले यसको रोकथाम र यसले पार्ने प्रभावलाई न्युनीकरण गर्न हाम्रा सबै सार्वजनीक संस्थाहरु, नीजि क्षेत्र तिनमा कार्यरत कर्मचारी र सबै सचेत नागरीकहरुले आ–आफ्नो सामाजिक उत्तरदायित्व गम्भिरता पुर्वक पालना गर्नुपर्ने दखिन्छ । मुलुकलाई अहिलेको भयावह अवस्थाबाट उन्मुक्ति दिने हो भने आफु बांचौं र अरुलाई बचाऔं । देशको अवस्था र छिमेकी मुलुकको परिस्थितीलाई आंकलन गरेर लकडाउनलाई सबैले कडाईका साथ पालना गरौं । 

लेखक कृषि विकास बैंक बुटवल शाखाकी बरिष्ठ शाखा प्रवन्धक हुन्। 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved