अब यसरी खुला गरौँ लकडाउन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 01, 2020 | 08:47:30 PM मा प्रकाशित

laxmi  sunrise bank

हरि खड्का 

महामारी कोभिड १९ संग जुध्नको लागि नेपालले चैत्र ११ गतेबाट शुरु गरेको बन्दाबन्दी तेस्रो महिनामा प्रवेश गरिसकेको छ  । यद्यपि यस रोगबाट संक्रमित हुनेको सङख्या दिन प्रतिदिन बढिरहेको छ । चिनमा लकडाउन शुरु भएको  ७६ औँ दिन पछि जनजिवन सामान्य भएको  थियो । जस अनुसार नेपालको जनजिबन सामान्य हुनुपर्नेमा कोरोना संक्रमण मिटर उल्टोदिन प्रतिदिन बढिरहेको छ ।

सरकार कोरनाको पहिचान, रोकथाम, उपचार र नियन्त्रणमा संवेदनशिल नदेखिएको आरोप स्वास्थ्यसंग सम्बन्धित जानकारहरु लगायत बिपक्षी राजनितिक दलहरुले समेत लगाएका छन् । मापदण्ड अनुसारका क्वारेन्टाईनहरु नभएको, क्वारेन्टाइनहरुमा अत्याधिक चाप, परीक्षण किटको अभावमा समयमा परीक्षण नभएको, उपचारको लागि प्रयास र आइसोलेसन बेडहरुको व्यवस्थापन नभएको लगायतका यावत समस्याहरु देखिन्छन् । पछिल्ला दिनहरुमा परीक्षण गर्ने किटको अभावले परिक्षण गर्न नपाउदै मृत्यु भएको, क्वारेन्टाइनबाट भागेका, भाग्न खोजेका, बस्न नमान्ने जस्ता  तिता घटनाहरु पनि देखिए । यी यावत समस्यालाई ३ तहका सरकारहरुबाट समाधान गर्दै महामारीको विरुद्ध युद्धस्तरमा लाग्नु पर्ने देखिन्छ ।

नेपालको सन्दर्भमा कोभिड १९ को  प्रभाव कहिलेसम्म रहने भन्ने यकिन गर्न सक्ने अवस्था छैन । छिमेकी राष्ट्र भारतमा सङ्क्रमणको सङख्या करिब दुई लाख पुग्न थालेको देखिन्छ । भारतमा रोजगारका लागि गएका नेपाली दाजुभाईहरु फर्कने  क्रम बन्द नहुदासम्म सङ्क्रमितको सङख्या कम हुने संभावना देखिदैन । पछिल्ला दिनहरुमा भारतसंग सिमा जोडिएका जिल्लाहरुको  क्वारेन्टाईनहरुमा अत्याधिक चाप बढिरहेको देखिन्छ । बढ्दो चापलाई न्युनिकरण गर्ने एकमात्र उपाय भनेको  क्वारेन्टाइनमा ल्याउना साथ  सबैको पिसिआर चेक गर्ने, नतिजाको आधारमा पोजेटिभ भएमा उपचारको लागि तुरुन्त पठाउने, नेगेटिभ छ भने सम्बन्धित ब्याक्तिहरुलाई सम्बन्धित पालिकाहरुले घरमा पुराउने ब्यबस्था गर्ने । समयमा परिक्षण नभएको कारणले भारतबाट आउने नेपालीहरु नेपालको सिमा नजिकका क्वारेन्टाइनहरुमा केहि समय बस्नुपर्ने त्यसपछि सम्बन्धित ब्याक्तिको पालिकाका क्वारेन्टाइनमा बस्नु पर्ने पीडा पनि भोग्नुपरेको अवस्था छ । 

नेपाल सरकारले जेष्ठ २० गते सम्म गरेको बन्दाबन्दीको  समय  पुन जेष्ठ ३२ गते सम्मलाई  थपेको छ । बन्दाबन्दीको समय बढ्दा स साना उद्यमीहरु, दैनिक ज्यालादारी गर्ने मजदुरहरु, बिपन्न वर्गहरु आक्रान्त भएका छन् ।  उद्योग व्यवसायहरु, होटल ,पर्यटन लगायत आर्थिक उपार्जनका सबै क्षेत्रहरु ठप्प छन् । जसको प्रभाव नेपालको अर्थतन्त्रमा नराम्रो संग परेको छ । कोरोना महामारीको प्रभाव ६ महिनासम्म रह्यो भने नेपालको कुल गार्हस्थ्य उत्पादनको १३ दशमलव ६ प्रतिशत (अर्थात् ४ खर्ब ५० अर्ब २४ करोड रुपैयाँ) बराबरको आर्थिक क्षति हुने एडिबीको अनुमान छ । राष्ट्र बैङ्कले पनि बन्दाबन्दीबाट नेपालको अर्थतन्त्रमा एक खर्बभन्दा बढी रकमको क्षति भइसकैको तथ्याङक सार्वजनिक गरेको छ । लकडाउनका कारण अस्त व्यस्त, उकुसमुकुस अवस्थालाइ सहज र खुकुलो पार्न लकडाउनका स्वरुपहरुमा परिवर्तन गर्नुपर्छ भन्ने धारणाहरु पनि ब्यक्त भएका छन् । यद्यपि सरकार स्वयमं पनि लकडाउन खुकुलो बनाउनेमा सकारात्मक देखिएको छ । छिमेकी राष्ट्र भारतले पनि श्रमिकहरुलाई पठाउन रेल्बे सेवा, लामो दुरीका बससेवा खोलेको अवस्था छ  भने आन्तरिक हवाई उडान पनि खोलिएको छ । भारतले  जुन ८ देखि धार्मिक स्थल, होटेल, रेष्टुरेन्ट तथा सपिङ मलहरु खोल्न अनुमति दिइसकेको छ । विश्व स्वास्थ्य संगठनले कोभिड १९ को प्रभाव नौ महिना देखि ३६ महिना सम्म रहनसक्ने जानकारी दिइसकेको छ । नेपालको परिपेक्ष्यमा यो महामारी कहिलेसम्म रहन्छ भन्न सकिने अवस्था छैन ।अत बिषम परिस्थितसंग जुध्न  लकडाउन अनिवार्य छ ।

यस  संगसंगै  यसका स्वरुपहरुमा निम्न अनुसार परिवर्तन गर्ने कि ?

१) हालसम्म कोरोना सङ्क्रमण नदेखिएका जिल्लाहरुलाई ग्रिन, थोरै संक्रमण देखिएका जिल्लाहरुलाई एल्लो र संक्रमितको सङख्या धेरै देखिएका तथा भारतसंग सिमा जोडिएका जिल्लाहरुलाई रेड एरियामा राख्ने ।यदि कुनै ठाउमा सङक्रमणको सङख्या जस्तै उदयपुरको भुल्के, बाकेको नरेनापुरमा जस्तै अत्याधिक बढ्न गएमात्यो एरियालाई हटस्पट एरिया तोक्ने ।सरकारले एरिया अनुसार कुन कुन सेवा सन्चालन गर्ने, नगर्ने सम्बन्धमा निर्देशन जारी गर्ने । कोरोनासंक्रमितको सङख्याको आधारमा एरियाहरुमा थपघट गर्दै जाने ।

२) निजि सामुदायिक स्कुल, कलेज, फिल्महल, फिटनेश सेन्टर, स्विमिङ्पुल, सैलुन, स्पा सेन्टर, होटलहरु सबै जोनहरु पुर्णरुपमा बन्द गर्ने । तर ग्रिन एरियामा स्वास्थ्य सतर्कता तथा सामाजिक दुरि कायम गरि स-साना चमेनागृह, होटलहरु सन्चालन गर्न सकिने ।

३) लामो दुरीका सवारी साधनहरु जनजिवन सामान्य नहुन्जेलसम्म सबै  एरियाहरुमा बन्द गर्ने । तर उद्योग ब्यवसायमा काम गर्ने मजदुरहरु ओसार पोसार गर्नुपर्ने भएमा आवश्यक सतर्कता अपनाई, दुरी कायम गरि सेवा प्रयोग गर्न सकिने ।

४) कृर्षि कार्यसंग सम्बन्धित प्रयोग हुने यातायातका साधनहरु, एग्रो सेन्टर,कृर्षि सामाग्री बिक्री गर्ने ब्यबसायहरु जुनसुकै एरियामा पनि आवश्यक स्वास्थ्य सुरक्षातथा सतर्कता अपनाई सुचारु राख्ने ।

५) मालबाहक सवारी साधनहरुलाई सवारी चालक र सहयोगीलाई आवश्यक सुरक्षा सतर्कता अपनाई सबै एरियाहरुमा सन्चालन गर्न दिने ।

६) बैक तथा वित्तीय सस्थाहरुको सम्बन्धमा ग्रिन जोनमा पुर्ण रुपमा सन्चालन गर्ने अन्य जोनमा भने हप्तामा निश्चित दिन तोकि सन्चालनमा ल्याउने ।

७) ग्रिन एरिया भित्र मात्रै  सवारी साधानहरु, उद्योग ब्यवासायहरु निर्वाध रुपमा आवश्यक सुरक्षा सतर्कता अपनाई सन्चालन गर्न दिने ।

८) चालु वर्षको अन्त्यमा बजेट कार्यान्वयन लगायतका कामहरु गर्नुपर्ने भएकोले ग्रिन तथा एल्लो एरियाका सबै सरकारी कार्यलयहरु पूर्ण रुपमा खोल्ने । रेड एरियाको लागि कुल कर्मचारीको ५० प्रतिशतमा नबढ्ने गरि कर्मचारीहरुको रोटेशन मिलाइ कार्यलय सन्चालन गर्ने ।

९) निजि सवारी साधनहरु (मोटरवाईकमा एकजना मात्रै)  जिप तथा कारहरुमा आवश्यक दुरि तथा सुरक्षा सतर्कता अपनाई ग्रिन तथा एल्लो एरियामा चलाउन दिने । रेड एरियामा सुरक्षा सतर्कता अपनाई जोर बिजोर प्रणाली लागु गर्ने ।

१०) उद्योग ब्यवसायहरुलाई आबश्यक सुरक्षा सावधानी अपनाई दुरी कायम राखि निर्वाध रुपमा सन्चालनमा ल्याउने । यस्ता उद्योगहरुमा काम गर्ने मजदुरहरु घरमा गएको अवस्थामा  सम्बन्धित जिप्रकाको समन्वयमा  ल्याउन पहल गर्ने ब्यबस्था मिलाउने ।

११) जुनसुकै एरियाका सपिङ मल, डिपार्टमेन्टल स्टोरहरु भिडभाड नहुने गरि आवश्यक सुरक्षा सतर्कता अपनाई सन्चालन गर्ने दिने । 

१२) सङ्क्रमणीतको सङख्या नघटुन्जेल आन्तरिक हवाइ उडान बन्द गर्ने तर परिस्थितिको सहि आंकलन गरेर अवस्था हेरि आन्तरिक उडान सेवा सुचारु गर्न सकिने ।

१३) बाह्य हवाई उडानहरु तत्काललाई पुर्णरुपमा बन्द गर्नुपर्ने ।

१४) काठमाण्डौ उपत्यकालाई हाललाई पहेलो एरियामा राख्ने । उपत्यकाका सम्पुर्ण नाकाहरुलाई सिल गर्नुपर्ने, प्रत्येक नाकामा चेकजांच,  क्वारेन्टिनको ब्यवस्था हुनु पर्ने । काठमाण्डौ जानको लागि दिइने पासमा कडाइ गर्ने ।

१५) काठमाण्डौमा सवारी साधनको हकमा ठूला बसहरुमात्र आवश्यक सतर्कता तथा दुरि कायम राखि सन्चालन गर्ने । स-साना सवारी अटो, टेम्पो, टेक्सी, पुर्ण रुपमा बन्द गर्ने, निजि सवारी साधनहरुलाई (मोटरवाईकमा एकजना मात्रै ) जोर बिजोर प्रणालि मार्फत सन्चालन गर्न दिने ।

१६) विकास पुर्वाधारसम्बन्धि निर्माणका कार्यहरु जस्तै  बाटो, पुल, ढल, खानेपानी आयोजनाहरु,नहर आदि जुनुसुकै एरियाहरुमा पनि निर्वाद रुपमा आवश्यक सतर्कता अपनाइ सन्चालन गर्ने ।

१७) पहेलो तथा रेड एरियाहरुमा भिडभाड नहुने गरि निश्चित रोटेशन मिलाएर ब्यापार, ब्यवसायहरु सन्चालन गर्नेको लगि सम्बन्धितउद्योग ब्यापार संघ, संगठनलाई जिम्मा दिने ।

१८) भिडभाड गराए, नगराएको आवश्यक सतर्कता अपनाएनअपनाएको अनुगमन तथा नियन्त्रण, कारवाही गर्नको अनुगमन टोलि गठन गरिनु पर्ने ।

 सङ्क्रमण बढीरहेको अवस्थामा लकडाउन नथप्नुको बिकल्प छैन तर यसलाई कसरी प्रभावकारी गराउन सकिन्छ जसले गर्दा अर्थतन्त्र पनि विस्तारै चलायमान होस् । यद्यपि सरकारले पनि गृहकार्य गरिरहेको छ । कोभिड-१९ पहिचान, उपचार, नियन्त्रणका सम्बन्धमा हालसम्म भए गरेका कार्यहरुबाट तिनवटै सरकारहरुले पृष्ठ पोषण लिनुपर्ने देखिन्छ ।

पछिल्ला दिनहरुमा सिमा क्षेत्रसंग जोडीएका जिल्लाहरुका क्वारेन्टाइनहरुमा अत्याधिक चाप देखिएको छ । यो क्रम कहिले सम्म चलिरहन्छ भन्न सक्ने अवस्था छैन । समयमा परिक्षण नभएर परिक्षण अगाबै मृत्यु भएका तिता उदाहरण छन् । राज्यले परिक्षणको दायरा ठुलो बनाउनु पर्छ । क्वारेन्टाइनमा बसेका सबैलाई  पिसिआर  प्रविधिबाट नै परिक्षण गर्ने ब्यबवस्था अबलम्वन गर्नु पर्छ । होइन भने बिरामी पहिचान नहुदै मृत्यु  हुनुपर्ने अर्को लज्जित अवस्था देखिन सक्छ । यद्यपि सरकारले आरडीटी परिक्षणमा  होईन पिसिआर परिक्षणमा मात्रै जोड दिनुपर्नेमा  जनस्वास्थ्यविदहरु पनि भनिरहेको अवस्था छ ।

वर्षायामको समय शुरु हुन लागेको छ ।  क्वारेन्टाइनलाइ अझै ब्यवस्थित बनाउन, गराउन तिनवटै सरकारहरु सक्रियहुनुपर्ने देखिन्छ । सङक्रमित बिरामीको सङख्या बढेसंगै उपचारको लागि बेडहरुको सङख्या थप्ने तर्फ पनि ध्यान जानु जरुरी छ । अर्को ठुलो समस्या कोरोना भन्दा अन्य रोगबाट धेरै मानिसहरु मर्नसक्ने संभावना रहेको जानकारहरु बताउछन । जसको लागि सहज उपचारको ब्यवस्था गराउनु पर्ने देखिन्छ । बाल बच्चा, बृद्ध बृद्धा, दिर्घ रोगी, गर्ववति सुत्केरी महिलाहरुको उपचारमा पनि बिशेष ख्याल गर्नुपर्ने देखिन्छ । आम नागरिक पनि सजक र संयमित हुन जरुरि छ ।

भारतबाट आउदा तोकिएको सिमा नाका मात्र प्रयोग गर्ने, परिक्षणको नतिजा नआउन्जेल क्वारेन्टाइनमा अनुशासित भएर बस्ने, आवश्यक कामको लागि मात्र घरबाट एकजना मात्रै निस्कने, अनावश्यक काममा बाहिर ननिस्कने, दैनिक प्रयोगको लागि चाहिने सामान कम्तिमा एक हप्ताको लागि व्यवस्थापन गर्ने, बाहिर निस्कदा मास्क अनिबार्य लगाउने,भिडभाडमा नजाने नगराउने,महामारी पहिचान, रोकथाम, उपचारमा प्रत्यक्ष संलग्न हुने सबैलाई सहयोग, उत्प्रेरणा दिने आदि । अन्तमा बैश्विक रोगबाट आफु पनि बाचौँ, अरुलाई पनि बचाऔँ । 

लेखक व्यवस्थापन बिषय संग सम्बन्धित छन् ।



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved