असार ७ मा सुर्य ग्रहण, कालापानीबाट सबैभन्दा प्रष्ट देखिने, कुन राशीलाई कस्तो फल ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 15, 2020 | 10:16:30 AM मा प्रकाशित

laxmi  sunrise bank

 जयन्त आचार्य 

नेपालबाट असार ७ गते सूर्यग्रहण देखिदै छ । यो ग्रहण वास्तबमा वलय सूर्यग्रहण भए  पनि नेपालबाट खण्डग्रास सूर्यग्रहण मात्र देख्न सकिन्छ । यस ग्रहणलाई कंगो, इथियोपिया, दक्षिणी सुडान, मस्कट, यमन, ओमान, पाकिस्तानको दक्षिणीभाग,भारतको देहरादून, कुरुक्षेत्र, चीनको तिब्बत, आदि ठाउहरुवाट वलय सूर्यग्रहण देख्न सकिन्छ भने नेपालबाट खण्डग्रास सूर्यग्रहण देखिने छ ।  नेपालकै भूभाग लिम्पियाधुरा, लिपुलेक तथा कालापानी क्षेत्रबाट भने सबैभन्दा धेरै ९८ प्रतिशत सम्म सूर्य ढाकिएको देखिन्छ भने काठमाडौबाट ८८ प्रतिशत सम्म सूर्य ढाकिने छ । 

चन्द्रग्रहण हेर्दा हाम्रो आखामा कुनै असर गर्दैन भने सूर्य ग्रहण हेर्दा अत्यन्तै सावधानी अपनाउनु पर्ने हुन्छ । मानिसको आखा अत्यन्तै संवेदनशील हुन्छ । यदि मानिसको आखा भित्रको रेटिनामा सूर्यबाट आएको प्रकाश परेमा रेटिनाको एउटा भाग स्थाइरुपमा नै नष्ट हुन गई मानिस सदाको लागि अन्धो समेत हुन सक्दछ । त्यसैले सूर्यग्रहणका बेलामा नाङ्गो आखाले कदापि हेर्न हुदैन । सूर्यग्रहण हेर्दा अत्यन्त सावधानी अपनाउनु पर्दछ । ग्रहण हेर्नलाई बनाइएको बिशेष चस्मा को प्रयोगगरी ग्रहण हेरेमा कुनै नोक्सानी हुदैन भने सूर्यग्रहण हेर्ने अत्यन्त सुरक्षित तरिका सूर्यविम्बको प्रतिविम्बबनाइ छाया हेर्नु नै हो ।  

धार्मिक समुदायका मानिसहरु ग्रहणका वेला दान दक्षिण गर्दा विशेष फलमिल्ने विश्वास गरी दान दिने नदि तट वा गङ्गामा गई ग्रहणको स्नान गरी शुद्घहुने गर्दछन् भने तान्त्रिकहरु आफ्नो मन्त्र सिद्घगराउनका निमित्त ग्रहणलागेका वेला अत्यन्तै उपयुक्तमान्दछन् र मन्त्रको साधना समेत गर्दछन् । ग्रहण सम्बन्धि अन्धविश्वास संसारभरी नै रहेका पाउन सकिन्छ । रोमनहरु ग्रहणका वेला चिच्याउने गर्दछन् भने चीनमा ग्रहण र ड्र्यागन सगको सम्बन्धमा विश्वास गर्ने गर्दछन् । प्राचीन मिश्रका राजा आफै सूर्यवंशी थिए उनी सूर्यग्रहणका वेलामा आफ्नै शहरको मुख्य मन्दिरमा गएर मन्दिरको परिक्रमा गरिरहन्थे भन्ने कुराको इतिहास भेट्न सकिन्छ । 

असार ७ गते लाग्ने सूर्यग्रहण नेपालबाट विहान १० बजेर ५५ मिनेटबाट सुरु भई अपरान्ह दुइ  वजेर २४  मिनेटमा समाप्त हुदैछ । विहानको बाह्र वजेर ४१ मिनेट जादा सूर्यलाइ हामीहरुले करीव ८८ प्रतिशत ढाकेको देख्दछौ भने उक्त समयमा वातावरणीय तापव्रmम घटेर चीसो अनुभव सबैले महशुस गर्नेछन् । त्यसदिन दुइ पटक विहान भएको पो हि कि भन्ने अनुभव सवैले गर्ने छन् ।  यदि धर्मशास्त्रमा विश्वास गर्ने हो भने यो सूर्यग्रहण मेषराशि, सिंहराशि, कन्याराशि तथा मकर राशीभएका मानिसले मात्र हेर्न हुन्छ । तथापि वैज्ञानीकहरm भने सूर्यग्रहण जो कोहिले सुरक्षित तरिका अपनाएर हेर्न हुने मान्दछन् । 

साधारण मानिसका लागि ग्रहण एउटा अनौठो तथा असाधारण घटना हो भने खगोलविद्हरुका लागि यस्तो घटना आफ्नो गणितजाच्ने सुनौलो अवसर हो ।  वैज्ञानीक तथा खगोलविद्हरु सूर्य चन्द्र तथा पृथ्वीको सहीदूरी मापन गर्न ग्रहणको उपयोग गर्दछन् भने हाम्रा साना नानीवाबुहरुका लागि भने विज्ञानमा रुचीपैदा गराउन यस्ता घटनाहरु उपयोगि हुने गर्दछन्  । 

सूर्यग्रहण हेर्नचाहने सर्वसाधारण तथा विद्यार्थी जो कोहिलाई   तक्ष्ँशिला एष्ट्रोनोमिकल क्लवले सामाखुशी स्थित तक्षशिला कलेजको छतबाट निः शुल्क तथा सुरक्षित तरिकाबाट भौतिकदूरी कायम गरी  ग्रहण हेर्ने व्यवस्था मिलाएको छ ।

सारांश

-यहि असार सात गते आइतवार नेपालबाट खण्डग्रास सूर्यग्रहण देखिने छ 

-नेपालबाट अव करीव ४४ वर्ष पछि मात्र अर्को सूर्यग्रहण देखिने 

-काठमाण्डौमा सूर्यग्रहण विहान १०ः५५ मा सुरु भइ  अपरान्ह २ः २४ मा समाप्त हुने छ 

-लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्रबाट सबैभन्दा धेरै ढाकिएको दृश्य देखिने छ 

-काठमाण्डौमा ८८ प्रतिशत सूर्य ढाकिने छ 

-धर्मशास्त्र अनुसार मेषराशि, सिंहराशि, कन्याराशि तथा मकर राशिले मात्र ग्रहण हेर्न हुने

-धर्मशास्त्र अनुसार ६ गते राति १० बजे पछि भोजन निषेद गरिएको छ ।

-विज्ञानले सबैले ग्रहण हेर्न हुने वताएको छ भने सावधानी अपनाउन सवैमा विशेष अनुरोध छ ।

-विज्ञानले ग्रहणका वेलामा खाना खान निषेध गरेको छैन  

-इच्छुक सर्वसाधारणको लागि तक्षशिला खगोल समाजले सामाखुशीमा भौतिक दूरी निर्धारण गरी हेर्ने व्यवस्था मिलाएको छ ।   

लेखक सहप्राध्यापक तथा बरिष्ट खगोलविद हुन्  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved