मेट्रोखेती: काठमाडौँको हरेक घरलाई तरकारीमा आत्मनिर्भर बनाउने संकल्प

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 16, 2020 | 01:49:21 PM मा प्रकाशित

laxmi  sunrise bank

विवेक धिताल

कुनै समय काठमाडौँलाई अन्नको भण्डार भनिन्थ्यो। ठुला घर र भवन ठडिनु अगाडी यहाँको फाँट अन्न तरकारी फुल बगैंचाले ढकमक्क ढाकिएको थियो रे । तर आहिलेको हाम्रो पुस्तालाई त्यो एक सपना जस्तै भएको छ। त्यो समय इतिहासमा सिमित किम्बदन्ती बनेको छ ।

के अब यो शहरलाई फेरी जीवन्त बनाउन सकिन्छ  ? जीवन्त शहरको लक्ष्य साकार बनाउन कृषिमा चासो देखाउने र देश मै केहि गर्न सकिन्छ भन्ने युवाहरु मिलेर मेट्रोखेती सुरु भएको छ । उर्बर जमिनमा ठुल ठुला भवन बनेता पनि ति घरको कौसी र बरण्डालाई उस्तै उर्बर बनाएर तरकारी, जडिबुटी फलफुल, लगायत थुप्रै कृषि उब्जनी गर्न सकिन्छ । यहि संदेश फैलाउन यो युवा जोश शहरी खेति प्रबर्धनमा लागि परेको छ ।

आहिलेको समस्या

काठमाडौँको कालिमाटी तरकारी बजारमा सामान्य अवस्थामा दैनिक ९ सय मेट्रिक टन तरकारी भित्रिन्छ । त्यस मध्ये ठुलो हिस्सा भारतबाट आउँछ। तर ग्रामिण भेगका थुप्रै किसानले उत्पादन गरेको तरकारी बिक्रि गर्न पाएका छैनन् । गाउँमा उत्पादन भएको तरकारी कुहिएर गएको छ र भारत लगायत अन्य ठाउबाट आयातित तरकारी खान हामी बाध्य छौ । 

ति उपजलाई विषादी परिक्षण गरेर मात्र आयात गर्ने कुरा त थियो तर हाम्रो संरचनाले यो कुरा पनि सपना नै भयो । अब हाम्रो पुस्तासामु त्यहि विषादीयुक्त तरकारी खाने वा आफै आत्मनिर्भर बन्ने  भन्ने विकल्प छ । विषादीयुक्त युक्त तरकारीले हाम्रो बालबालिकाको वृद्धि विकासमा असर त पक्कै गर्छ नै  । यसले हाम्रो स्वास्थ्यमा पनि गम्भीर असर पर्छ । अर्को तिर हाम्रो भान्साबाट निस्किने कुहिने बस्तुले हाम्रो सडक, खोलानाला दुर्गन्धित गर्दै आएका छन् ।

यिनै समस्यालाई न्यूनीकरण गर्ने लक्ष्यका साथ मेट्रोखेतीको जन्म भएको हो । मेट्रोखेती एक जादुको छडी हो, यसले एकै झटारोमा शुद्ध उत्पादन, वातावारण संरक्षण, आर्थिक सम्बृद्धि र बालबालिकाको वृद्धि विकासमा योगदान पुर्याउछ  । एकपटक भारतकै उदाहरण हेर्ने हो भने थुप्रै शहरले कौसिखेतीमा उल्लेखनीय फड्को मारी सकेका छन्, तर हामी आझै फड्को मार्न सकेका छैनौ । तसर्थ अब  कृषि क्रान्तिमा शहरी क्षेत्रले पनि उत्तिकै मद्दत गर्न सक्नु पर्छ र सक्छ नै । 

उदेश्य

भारतको स्वतन्त्रताको लडाई महात्मा गान्धीले चर्खाबाट सुरु गरेका थिए। अहिले चर्खाले त्यहाँको आत्मनिर्भरताको प्रतिक बोकेको छ । हामीले पनिअब आत्मनिर्भरताको आभियाँन सानो परिवर्तन बाट सुरु गर्न सक्छौ । कृषिमा आत्मनिर्भरताको सुरुवात आफ्नै कौसीमा र घर घरमा खुर्सानी तथा धनियाबाट गर्न सक्छौ ।अहिले हामीलाई चाहिएको भनेको हाम्रो सोचमा एउटा सानो परिवर्तन मात्र हो।

यदि काठमाडौँमा रहेका घरका कौसी, बरण्डा, र घर अगाडी सानो सानो बाकी रहेका जमिनको प्रयोग गर्ने हो भने हामीले थुप्रै खाध्य बस्तु उत्पादन गर्न सक्दछौ । साग, धनिया, लसुन, प्यान, गोलभेडा, चम्सुर, पालुंगो, काक्रो फर्सी खुर्सानी, भन्टा, भिंडी लगायत स्याउ सुन्तला जस्ता फलफुल पनि अब कौसिमै उत्पादन गर्न सकिन्छ । यदि २ आना कौसीको क्षेत्र प्रयोगमा ल्याएर कौसी खेति गर्ने हो भने, हप्तामा कम से कम ३ देखि ६ छाक तरकारी आफ्नै कौसीबाट उत्पादन गर्न सकिन्छ । ब्यबस्थित तरिकाबाट गर्ने हो भने त छिमेकीलाई कोसेली पठाउने गरि उत्पादन गर्न पनि सकिन्छ ।

 मेट्रोखेती

मेट्रोखेती एक युवा जमाथको आभियान हो । मेट्रोखेतीले कौसी/ शहरी खेतीका लागि चाहिने सम्पूर्ण औजार र उपकरण लगायत प्राबिधिक ज्ञान र सिप पनि उपलब्ध गराउछ । अबको यस डिजिटल दुनियामा कृषि आभियानलाई पनि हाम्रो खल्तीमा बस्ने सानो मोबाइलसंग जोड्ने र सहरमा रहनुभएका ब्यस्त परिवारलाई पनि सहज हुने गरि घर घरमै समान उपलब्ध गराउने प्रतिबद्दता देखाएको छ । खेति गर्दै गर्दा आउने थुप्रै समस्यालाइ सुल्झाउन र मद्दत गर्न तालिम, घरदैलो भ्रमण, फोनबाट परामर्श लगायतका थुप्रै योजना बोकेर अगाडी बढेको छ मेट्रो खेति । सानो लगानी बाट नै आफ्नो छत, बरन्डामा खेति गर्न सकिने भएका कारण यो आम मानिसका लागि सहजै लागु गर्न सकिने छ ।

अबको २ वर्षमा हप्ताको कम से कम ७ छाक तरकारी आफ्नै सानो क्षेत्रफ़ल् मा उत्पादन गर्न सक्ने १००० वटा शहरी फर्महरू संचालनमा ल्याउने सोचमा हामी छौ । मेट्रोखेतिले आहिले नै कृषिमा चासो राख्ने थुप्रै परिवारलाई उत्पादन सामग्री र परामर्श दिदै आएको छ । 

मेट्रोखेती सफलताको कहानीको एक सुरुवात हो । प्रत्यक महिना तरकारी किन्नका लागि खर्च गरिने हजारौ रुपैयाको सानो हिस्सा प्रयोग गर्ने हो भने नसोचेको परिवर्तन हाम्रै ढोकाबाट सुरु गर्न सकिन्छ । हामीले सधै भन्दै आएका छौ 'परिवर्तन आफै बाट सुरु गर्नु पर्दछ।' अब यो परिवर्तनको संवाहक तपाई बन्नु पर्ने बेला आएको छ । दिनभर कार्यालयमा ब्यस्त हुने व्यक्ति होस् वा घर मै बस्ने गृहिणी होस्, कलेज जाने उमेरका युवा होस् वा रिटायर्ड जीवन बिताईरहेका जो कोहि होस्, मेट्रोखेतीले सबैलाई समेट्ने लक्ष्य लिएको छ । मेट्रोखेतिले थोरै समय खर्चेर कसरी आफ्नो छत, बरन्डा र बाँकि रहेको क्षेत्रलाई सदुपयोग गरी आफै उत्पादन गरि कृषि क्रान्तिमा सहभागी हुने भन्ने सिकाउँछ । 

हामी ११ जना युवाको समुहलाई अब तपाईको पनि साथ चाहिएको छ। यो परिवर्तनको लागि तपाई तयार हुनु हुन्छ? यदि हुनु हुन्छ भने मेट्रोखेती हरदम तपाइको साथमा छ ।

लेखक मेट्रोखेतीका सहसंस्थापक तथा प्रांगारिक कृषि अभियन्ता हुन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved