सुन शब्द सुन्दा बन्द भएको कान !

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 21, 2020 | 03:24:35 PM मा प्रकाशित

laxmi  sunrise bank

पुष्प भट्ट

‘सुन’ शब्दले सबैका कान ठाडा हुन्छन् । नरदेखि नारीसम्म, सचेतन मानवदेखी अवचेतन मुुर्तीसम्म, घरभित्रको गुप्तबासदेखी मन्दिरका छाना सम्म । सुन संसारमा जहाँ पनि र जो–कोहीलाई सजिलै आकर्षित गर्ने पहेलो वस्तु हो । 

संसारमा सुनसँग अपरिचित कोही छैन भन्दा फरक नपर्ला । सुन एक बहुमूल्य धातु भएकाले यसको महत्व संसारभरि नै छ । सुनको विश्वव्यापी मान्यताको कारणले यो एक बहुमुल्य धातु हो । 

दुनियाँभर नै धनको सर्वमान्य प्रतीकका रूपमा सुनलाई स्वीकार गरिएको छ । संसारभर व्यापार विनिमयका रूपमा सर्वमान्य रूपमा स्वीकार गरिएको पहिलो वस्तु सुन नै हो । आफूले कमाएको सम्पत्ति सुनको रूपमा राख्ने, सञ्चय गर्ने क्रम अहिले संसारभर बढेको छ । 

हेर्दैमा आकर्षक धातु सुनको सांस्कृतिक महत्व पनि ठूलो छ । नेपाली धर्म संस्कृतिसँग गाँसिएको सुनलाई एक पवित्र धातुका रुपमा लिने गरिन्छ । हिन्दु धर्ममा जन्मदेखि मृत्यु संस्कारसम्म सुनको महत्व रहेको छ । मानिसको जन्मसँगै शुरु हुने १६ संस्कारमा नवबालबालिकाहरुलाई सुन तथा चाँदीका गर–गहना लगाउने प्रचलन रहेको छ भने मृत्यु संस्कारमा पनि सुन दान गर्ने प्रचलन रहि आएको छ ।

विभिन्न देवी देवताको आभुषणको रुपमा सुनलाई लिने गरिएको छ अर्थात देवी देवताहरुले सुनलाई नै पहिरिने गरेको पाइन्छ । यसका साथै विभिन्न मठ मन्दिरहरुमा सुनको गजुर बनाउने प्रचलन नेपालमा परम्परादेखि हुदै आएको छ । हिन्दुहरुको आरध्यदेव भगवान पशुपतिनाथको मन्दिरको गजुर सुनको नै रहेको छ । त्यसै सबै देवीदेवताको मन्दिरमा सुन तथा सुनका गर–गहना रहेका हुन्छन् ।

हिन्दू संस्कारमा सुन बेगर बिहेबारीलगायतका सांस्कृतिक कार्य अघि बढाउन असम्भव प्रायः छ । बिहेबारीमा सुनको स्थान गैर–हिन्दू समाजमा समेत उस्तै छ । नारी सौन्दर्य प्रसाधनको रूपमा सुन प्रयोग हुने दक्षिण एशिया, दक्षिण पूर्वी तथा पूर्वी एशियामा यो पहेंलो धातुको खपत धेरै हुन्छ । बढ्दो उपभोग संस्कृति र बजारको दबदबाले सुनको खपत अझ् बढाएको छ ।

अन्य धातुहरुको तुलनामा सुनलाई बहुमुल्य धातुको रुपमा लिने गरिएको छ । नगद सम्पत्तिको रुपमा लिइने सुनलाई नगद धनको रुपमा पनि लिने गरिन्छ । त्यसैले सुनको महत्व हिन्दु समाजमा मात्र नभएर संसारभरि उक्तिकै रहेको पाइन्छ । कसैले सुनलाई गर–गहनाको रुपमा प्रयोग गर्छन भने कसैले नगद धनको रुपमा, यतिमात्र भिन्नता हो ।

स्वर्णिम युग, सुनौलो दिन, सुनौला अक्षर यी शब्दको सिधा नाता सुनसँग जोडिएको छ । संसारभर सुन्दर वा सम्भावनापूर्ण भनेर बुझाउन सुनौलो, स्वर्णिम, (गोल्डेन) आदि अनेक विम्ब प्रयोग गरिन्छ । 

यदी सुनलाई धन मान्ने हो भने सृष्टिका श्रिगणेश महादेशको समेत तेस्रो नेत्र खुल्ने एकमात्र बस्तु धन अर्थात सुन नै हो । बह्माडको धन सम्पति त्यागि समुद्रमुनि बसेका विष्नुलाई धनको के आवश्यकता ? धनकि देवि लक्ष्मीसँग विवाह वन्धनमा बाधिए । उनै लक्ष्मिका हातबाट अविरल रुपमा वर्षीन्छ धनको वर्षा ।  

सुनको चर्चा नेपालमा अहिले मात्रै होइन । परापुर्व कालदेखि भएको भन्ने विभिन्न कुराले प्रष्ट्याउन्छ । रामायणमा सुनको लङ्गा छोड्ने सिता हुन् कि मुनामदनमा धन कामाई, मुनालाई गहनाले सुसजित बनाउन मदन भोट गएको कुराले बताउन्छ । उ बेला देखि मदनको समय र अहिलेसम्म नै सुनको महत्व वढ्दै गइरहेको छ । 

रामायण र मुनामदनकाल देखि नेपालमा सुन भनेर समुद्र पारीको लङ्का र हिमाल पारीको भोटमात्रै चिनिने गरिन्थ्यो । जुन सामान्य मान्छेकालागि सपना भन्दाको पनि बाहिरको कुरा थियो । त्यति कष्ट गरेर पुगिने ठाउँमा सजिलै पुगेर सघर्षबाट स्वदेश फर्कनु सिताको कथा र सर्घषपुर्ण यात्रा र प्रदेशमा घरपरिवारको सम्झनामा पोलिदै धन कमाई गहना घरसम्म पु¥याउदा समेत परिवार गुमाउदाको कथा र व्याथा नेपाली समाजमा सुन सम्बन्धिका स्मरण योग्ज्ञ कथा हुन् ।

‘सुन’ शब्द एउटै हो तर सुन शब्द शुन्दा मान्छेको अनुसार उसको अनुहारको भाव फरक हुन्छ । सुनको सबैभन्दा ठूलो विशेषता यहि हो । श्रीमानले सुन्दा शिर निहुराउनुपर्ने सुन शब्द श्रीमति फकाउने अन्तिम अश्र हो । यस्तै, रिसायका पुरोहित हुन् वा परलोग भइसके पछि पनि पिचासको रुपमा आइ दुखदिइ रहेका पृतहरु नै किन नहोस् तिनीहरुलाई मनाउन सुन नै चढाउनु पर्ने हुन्छ । 

सुनलाई सुखको गहना र दुःखको खजना भन्ने भनाई पनि हाम्रो समाजमा प्रचलित छ जसले सुनको महत्वलाई टेको दिन सकेको छ । व्यक्तिका लागि आकर्षक धातु सुनको सबभन्दा बढी महत्व सरकारहरूलाई हुन्छ, अर्थतन्त्रको सुरक्षाकवचका रूपमा यसलाई लिने गरिन्छ । जुनसुकै मुलुकका केन्द्रीय ब्यांकहरूले मुद्रा निष्काशन (नोट छपाइ) का निम्ति निश्चित परिमाणको सुन सञ्चित राख्नैपर्ने हुन्छ । 

सुन र डलरको सम्बन्ध अनौठो रहेको छ । अमेरिकी डलर बलियो हुँदा सुन कमजोर हुन्छ, डलर कमजोर हुँदा सुन बलियो हुन्छ । यसको मुख्य कारण संसारभर अमेरिकी डलरको स्वीकारोक्ति र अन्य मुद्राहरूको मूल्यको आधार मूलतः अमेरिकी डलर हुनु हो । डलरलाई सम्पत्तिको रूपमा बुझ्दा यो महँगो र सुन कमजोर हुन्छ भने सुनलाई सम्पत्तिको रूपमा बुझ्दा डलर कमजोर हुन्छ ।

जग्गामा लाग्ने हदबन्दीबाट जोगिन, छोराछोरीको पढाइ र बिहेबारीका लागि सम्पत्ति सञ्चय गर्न तथा गरगहनाका लागि सुन जम्मा गर्ने प्रवृत्ति नेपालमा बढि देखिन्छ । सुनको माग बढिरहेको समाजमा यो नाफाको व्यापार समेत बन्न थाल्यो । छिटो नाफा कमाउन घरजग्गा कारोबारमा हात हालेकाहरूले त्यसमा आएको मन्दीसँगै सुनमा लगानी गरेको देखिन्छ ।

अर्थशास्त्रीहरुका अनुसार, मुलुकमा कालो धनको परिमाण बढेको बेला पहेंलो सुनको तस्करी बढ्छ । सुन छिट्टै र धेरै नाफा कमाउने आकर्षक व्यापारको साधन बनेको छ । पछिल्लो दुई दशकयता नेपाली समाजमा चुलिएको धन सम्पत्ति बढाउने मनोविज्ञान यसबाट आकर्षित भएको छ । सुनको तस्करी बढ्नु भनेको त्यो मुलुकको सुशासनको असफलताको रुपमा पनि लिने गरिन्छ । तस्करी रहेसम्म अर्थतन्त्रमा उत्पादनशील उद्योगहरूको विकास हुनसक्दैन । 

झन पछिल्लो समय त नेपालको बाटो भएर भारत अथवा तेस्रो मुलुक सुनको तस्करी हुने क्रम वढ्दो । समाचारबाट बाहिर सुनिएका केही नमुना उदाहरणले मात्रै सुनको तस्करीको अवस्था लाई वाहिर ल्याएपनि भित्रि रुपमा चोरी तथा तस्करीको अवस्था कस्तो होला ?

सुनको यति महत्व हुदाँ हुदै केहि दिन यता सुनको मुल्य सुन्दा कान थुन्नु पर्ने अवस्थाको सृजना भएको छ । आम रुपमा बजारमा वस्तुको भाउ वढ्दा व्यापारी खुसि देखिन्छन् । तर पछिल्लो समय सुनको मुल्य सुन्दा व्यापारीहरु मुटु च्याप्नु पर्ने अवस्थाको सृजना भएको छ । 

विगतका वर्षहरु तिज तथा चाँडपर्वका समय सुन व्यापारकालागि स्वर्णिम काल मानिन्थ्यो । यो वर्ष व्यापार ठप्प भएको सबैका अगाडी घाम झै प्रष्ट देखिएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved