प्रोग्रेशिभ फाइनान्सको सेयर लिलाममा, कहाँबाट दिने आबेदन ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 24, 2018 | 09:51:10 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रोग्रेशिभ फाइनान्स लिमिटेड Progressive Finance Limited ले हकप्रदमा अवितरित संस्थापक तथा साधारण सेयर लिलाम बढाबढ मार्फत बिक्रि गर्ने भएको छ। फाइनान्सले मङ्सिर १० देखि मङ्सिर २४ गतेसम्मका लागि २१ लाख २० हजार ६०४ कित्ता सेयर लिलाम मार्फत बिक्रि गर्न लागेको हो।   

फाइनान्सले गत भदौ ५ देखि असोज २३ सम्मका लागि हकप्रद खुला गर्दा संस्थापक तथा साधारण समुहतर्फको अवितरित सेयर लिलाम मार्फत बिक्रि गर्न लागेको हो। लिलाममा राखिएको सेयरमा संस्थापकतर्फ ४ लाख ४८ हजार ३४९ कित्ता र साधारणतर्फ १६ लाख ७१ हजार ९५५ कित्ता सेयर रहेको छ। 

इच्छुक बोलकबोल दाताले प्रति कित्ता न्युनतम १०० रुपैयाँका दरले १० ले भाग जाने गरि न्युनतम १०० कित्ताका लागि मङ्सिर २४ सम्म आबेदन दिनुपर्नेछ। सबै भन्दा बढी मूल्यमा आबेदन दिनेले लिलाममा राखेको साधारण शेयर पाउने छन।

प्रत्येक व्यक्ति वा संघसंस्थाले फाइनान्सले लिलाममा राखेको शेयरका लागि बोलपत्र पेश गर्न सक्नेछन। तर संस्थापक सेयरमा संस्थापक सेयरधनीहरुले मात्र बोलपत्र पेश गर्न सक्नेछन। फाइनान्सको शेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ।     

आबेदन फारम लिन र बुझाउन सनराइज क्यापिटलको कार्यालय कमलपोखरी काठमाडौको कार्यालय तोकिएको छ। त्यस्तै बोलकबोल दाताले लिलाम प्रक्रियामा सहभागी हुनका लागि आवश्यक रकम सनराइज क्यापिटलको नाममा सनराइज बैंकमा रहेको खाता नम्बर ०६९०३७१११४४०१००५  मा जम्मा गर्न सक्नेछन। साथै बोलकबोल दाताले गुड फोर पेमेन्ट मार्फत समेत बोलपत्र पेश गर्न सक्नेछन।

२८१ प्रतिशतका दरले हकप्रद बिक्रि तथा वितरण पश्चात फाइनान्सको चुक्तापुंजी २१ करोडबाट ८० करोड १ लाख पुग्नेछ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved