एनसीसी बैंकको सबै शेयर उठाउन आवेदन दिएको नागरिक लगानी कोषले शेयर नै नपाउने सम्भावना

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 06, 2019 | 05:03:57 PM मा प्रकाशित

laxmi  sunrise bank

नागरिक लगानी कोष Citizen Investment Trust ले एनसीसी बैंक Nepal Credit & Commerce Bank Limited ले लिलामीमा राखेको सम्पूर्ण ७९ लाख १० हजार ९ सय ९३ कित्ता शेयर खरिद गर्ने इच्छा देखाएको छ । बैंकले पुस ११ गतेदेखि २० गतेसम्म शेयर लिलाम गरेको थियो । जस अनुसार लगानी कोषले सबैले शेयरको लागि आवेदन दिएको हो । बैंकले संस्थापक तर्फको ६५ लाख १६ हजार ७ सय ९५ कित्ता र सर्वसाधारण तर्फको १३ लाख ९४ हजार १ सय ९८ कित्ता शेयर लिलाममा राखेको थियो । 

सनराइज क्यापिटलले शिलबन्दी बोलपत्र खोल्ने काम गरिरहेको छ । जसमा लगानी कोषले संस्थापक तर्फको सम्पूर्ण शेयर प्रति कित्ता १०१ रुपैयाँका दरले र सर्वसाधारण तर्फको सम्पूर्ण शेयर प्रति कित्ता १९१ रुपैयाँमा खरिद गर्नको लागि आवेदन दिएको हो । क्यापिटलका अनुसार संस्थापक समूहतर्फ ११९ वटा र सर्वसाधारणको लागि ४ हजार ९२२ वटा आवेदन परेको छ । जस अनुसार संस्थापक तर्फ अधिकतम १४५ रुपैयाँसम्मको आवेदन परेको छ  ।  

 संस्थापक समूहतर्फ १०१ रूपैयाँ प्रारम्भिक कटअफ भएको तर सर्वसाधारण तर्फ अझै धेरै बोलपत्र खोल्ने क्रम जारि रहेको क्यापिटलले जनाएको छ ।  सर्वसाधारण तर्फ धेरैले २०० भन्दा बढीको मूल्य कबोल गरेर आवेदन दिएकोले नागरिक लगानी कोषले शेयर नपाउन पनि सक्ने क्यापिटलका मर्चेन्ट बैंकिंग प्रमुख बिजेन्द्र प्रधानले बताए  ।  उनले भने 'बोलपत्र खोल्ने क्रम जारी छ, नागरिक लगानी कोषले शेयर नपाउने सम्भावना पनि छ, सबै बोलपत्र खोलेपछि मात्र प्रारम्भिक कट अफ मूल्य तय हुन्छ'  ।   उनले अहिले नै कोषले शेयर पाउछ वा पाउदैन भन्ने यकिन हुन् नसकिने बताएका हुन् ।   

बैंकले यसअघि भदौ ४ देखि असोज २२ गतेसम्म २ः१ अनुपातमा २ करोड ३३ लाख ९५ हजार २९१ कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको थियो । त्यसबेला १ करोड ५४ लाख ८४ हजार २९० कित्ताका लागि मात्र आवेदन परेपछि नबिकेको ७९ लाख १० हजार ९९३ कित्ता सेयर लिलामीमा ल्याएको हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved