मेरो माइक्रोफाइनान्सले २ लाख कित्ता बढी शेयर लिलाम गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 06, 2019 | 01:06:43 PM मा प्रकाशित

laxmi  sunrise bank

मेरो माइक्रोफाइनान्स  Mero Microfinance Bittiya Sanstha Limited ले २ लाख कित्ता बढी शेयर लिलाम गर्ने भएको छ । कम्पनीले १:१ को अनुपातमा शतप्रतिशत हकप्रद निष्काशन गर्दा बिक्रि नभएको २ लाख ९ हजार ६ सय ४९ कित्ता लिलाम गर्ने भएको हो ।

कमपनीले फागुन १९ गतेदेखि  ३२ लाख ८९ हजार कित्ता हकप्रद बिक्रि खुला गरेको थियो। जस मध्ये कुल ३० लाख ७९ हजार ३ सय ५१ कित्ताको लागि मात्र आवेदन परेको र बाँकि शेयर लिलाम गरिने बिक्रि बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको हो ।  

हाल कम्पनीको चुक्ता पुंजी ३२ करोड ८९ लाख रहेकोमा हकप्रदपछि लघुवित्तको चुक्ता पूँजी ६५ करोड ७८ लाख रुपैयाँ पुग्नेछ । कम्पनीको गत कार्तिकमा सम्पन्न साधारणसभाले १५ प्रतिशत बोनस र ११.३२ प्रतिशत नगद लाभांश पारित गर्दै सो पछि कायम पुंजीको शतप्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved