मिथिला लघुवित्तले लिलाममा राखेको शेयरमा २०३ वटा आवेदन, कट अफ मूल्य कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 21, 2019 | 10:16:46 AM मा प्रकाशित

laxmi  sunrise bank

मिथिला लघुवित्त Mithila Laghubitta Bittiya Sanstha Limited ले लिलाममा राखेको सर्वसाधारणतर्फको शेयरमा ४ सय ६५ रुपैयाँ भन्दा माथिको लागि आवेदन दिनेले शेयर पाएका छन् । शेयर लिलाम गर्ने कार्यको लागि बिक्रि प्रबन्धक रहेको बिओके क्यापिटलले सर्वसाधारणतर्फको कट अफ मूल्य ४ सय ६५ र संस्थापक तर्फको कट अफ मूल्य १०८.९९ कायम भएको जानकारी दिएको हो 

क्यापिटलका अनुसार सर्वसाधारणतर्फ १८८ र संस्थापकतर्फ १५ जनाको आवेदन परेको थियो 

कम्पनीले हकप्रदमा नबिकेको २१ हजार ६४२ दशमलव ६९ कित्ता शेयर बैशाख २० गते देखि लिलामीमा राखेको थियो । जस मध्ये संस्थापक समुहको १३ हजार ९७७ दशमलव ७९ र सर्वसाधारण समुहको ७ हजार ६६४ दशमलव ९१ कित्ता शेयर रहेको थियो  । कम्पनीले जारी गरेको ५० प्रतिशत हकप्रदमा सो परिमाणमा हकप्रद बिक्री नभएपश्चात लिलाम बढाबढमा आएको हो ।

हकप्रदपछि कम्पनीको चुक्ता पूँजी १० करोड ५९ लाख रुपैयाँ पुगेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved