गुराँस लाइफको ३ लाख कित्ता बढी शेयर आजदेखि लिलाममा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 20, 2019 | 07:57:33 AM मा प्रकाशित

laxmi  sunrise bank

गुराँस लाइफ इन्स्योरेन्स Gurans Life Insurance Company Limited ले आज असार ५ गतेदेखि ३ लाख कित्ता बढी शेयर लिलाम गर्दै छ । कम्पनीले हकप्रद निष्काशन गर्दा बिक्रि नभएको ३ लाख २२ हजार ५ सय ७६ कित्ता शेयर लिलाम गर्ने भएको हो । जस मध्ये २ लाख ४० हजार ५ सय ७१ कित्ता संस्थापक शेयर र ८२ हजार ५ कित्ता संस्थापक शेयर रहेको छ ।

उक्त लिलामीको शेयरमा इच्छुक लगानीकर्ताले असार १२ गते सम्म आवेदन दिन सक्ने छन् । लिलामी प्रक्रियाको लागि लक्ष्मी क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । इच्छुक लगानीकर्ताले लक्ष्मी क्यापिटलको कार्यालय नयाँ बानेश्वर, तथा लक्ष्मी बैंकको शाखा कार्यालयहरु बिर्तामोड, जनकपुर, विराटनगर, हेटौडा, नारायणगढ, पोखरा, बुटवल मिलनचोक, बिरगंज, बाग्लुंग, दांङ, सुर्खेत, नेपालगंज त्रिभुवन चोक, धनगढी र महेन्द्रनगरबाट पनि आवेदन दिन सक्ने छन् । सर्वसाधारण समुहको लागि न्युनतम १०० कित्ता र संस्थापक समुहको लागि न्यूनतंम हजार हजार कित्ताको लागि आवेदन दिनु पर्ने छ । आवेदन दिंदा न्यूनतम मूल्य १०० भन्दा कम नहुने गरी आवेदन दिनु पर्ने छ ।

कम्पनीले चैत २८ देखि २:१ को अनुपातमा ५० प्रतिशतको दरले २९ लाख ७० हजार कित्ता हकप्रद निष्काशन गरेको थियो ।  

हकप्रदपछि कम्पनीको चुक्ता पुंजी ९३ करोड ८५ लाख पुग्ने छ ।   इन्स्योरेन्सले शतप्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको छ ।  शतप्रतिशत हकप्रद निष्काशन पश्चात चुक्ता पुंजी १ अर्ब ८७ करोड पुग्ने छ । 





Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved