मल्टीपर्पोज फिनान्सको २४ लाख कित्ता बढी शेयर लिलाममा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 16, 2019 | 08:36:01 AM मा प्रकाशित

laxmi  sunrise bank

मल्टीपर्पोज फिनान्स Multipurpose Finance Company Limited  ले साहे २४ लाख कित्ता बढी शेयर लिलाम गर्ने भएको छ ।  कम्पनीले हकप्रदमा अवितरित २४ लाख ८७ हजार २ सय ७८ कित्ता शेयर लिलाम गर्न लागेको हो । 

जस मध्ये १८ लाख ६० हजार ७ सय २१ कित्ता संस्थापक समुहको र बाँकि ६ लाख २६ हजार ५ सय ५७ कित्ता सर्बसाधारण समुहको रहेको छ । इच्छुक बोलकबोलदाताले असोज ३० गतेदेखि कार्तिक ७ गतेसम्म आवेदन दिन सक्ने छन् । शेयर लिलाम प्रक्रियाको लागि सिभिल क्यापिटल बिक्रि प्रबन्धक रहेको छ  ।

कम्पनीले गत असार २३ देखि १ः८.६४ को अनुपातले हुन आउने  ३५ लाख ८५ हजार २ सय ६४ कित्ता हकप्रद निष्काशन गरेको थियो ।  हाल कम्पनीको चुक्ता पुँजी ४ करोड १४ लाख रहेकोमा हकप्रद निष्काशनपछि कम्पनीको चुक्ता पुँजी ४० करोड पुग्ने छ ।



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved