सहारा विकास बैंकको ९ लाख कित्ता बढी शेयर लिलाममा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 18, 2020 | 10:06:04 AM मा प्रकाशित

laxmi  sunrise bank

सहारा विकास बैंक लिमिटेड Sahara Bikas Bank Limited ले ९ लाख कित्ता बढी संस्थापक शेयर लिलाम गर्ने भएको छ । कम्पनीले अवितरित संस्थापक तर्फको ९ लाख २१ हजार १ सय ४८ दशमलव ७० कित्ता सेयर बोलकबोल मार्फत विक्री गर्न लागेको  छ ।

बैंकले चैत १२ गतेदेखि १९ गतेसम्म शेयरमा आवेदन माग गरेको हो । बैंकले गत वर्ष २०७५ साल जेठ ६ गतेदेखि असार २४ गतेसम्म हकप्रद सेयर निष्कासन गरेको थियो । सो अवधीमा बैंकको संस्थापक तर्फको उक्त कित्तामा आवेदन नपरेपछि लिलामीमा ल्याएको हो । धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका २०७४ को प्रावधानलाई आधार मानी बैंकले बोलकबोल मार्फत अवितरित हकप्रद विक्री गर्न लागेको जनाएको छ । 

बैंकले सेयरको न्युनतम मुल्य १ सय तोकेको हुँदा सो भन्दा बढीको मुल्य अंकित गरी बोलकबोल गर्नुपर्ने हुन्छ । सेयर खरीदको लागि आवेदकहरुले न्युनतम १ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन् । 

बैंकले प्राथमिकतामा परेका विद्यमान संस्थापकहरुलई शेयर विक्री गरेपछि बाँकी रहन आएको सेयर मात्र अन्य सर्वसाधारणलाई विक्री गर्ने जनाएको छ ।   बैंकको विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved