नागरिक लगानी कोष Citizen Investment Trust को ५० हजार कित्ता संस्थापक शेयर आजदेखि लिलाममा आएको छ । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले आफ्नो स्वमित्वमा रहेको कोषको शेयर लिलाम बढाबढ मार्फत बिक्रि गर्न लागेको हो ।
कम्पनीले ति शेयरको न्युनतम मूल्य प्रति कित्ता १८ सय कायम गरेको छ । इच्छुक बैंक वित्तीय संस्था र बीमा कम्पनीले मात्र यस लिलाममा आवेदन दिन सक्ने छन् । उनीहरुले साउन १९ गतेसम्म आवेदन दिन सक्ने बिक्रि प्रबन्धक नेपाल एसबिआई मर्चेन्टले जनाएको छ । आवेदन दिंदा न्युनतम १०० कित्ता देखि पुरै ५० हजार कित्ताको लागि दिन सकिने छ । तर माग गरिएको शेयर संख्या १० ले भाग जाने हुनु पर्ने छ ।