बैंक अफ काठमाण्डूको ३ लाख कित्ता बढी शेयर लिलामीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 11, 2020 | 03:52:03 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंक अफ काठमान्डूले तीन लाख १६ हजार १५६ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गर्ने भएको छ । बैंकले भदौ १ गतेदेखि संस्थापक सेयरधनीको नाममा रहेको सेयर बिक्री गर्न लागेको जानकारी दिएको छ । 

यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १४० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । 

लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । भदौ ८ गतेसम्म आवेदन दिन सकिनेछ । बिक्री एनएमबि क्यापिटल नागपोखरी, काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ । लिलामी सेयरको आवेदन भदौ ९ गते बिहान १० बजे एनएमबि क्यापिटलको कार्यालय नागपोखरीमा खोलिनेछ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved