हजार सिसीको फक्सवागन पोलो सार्वजनिक

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 10, 2018 | 08:33:18 AM मा प्रकाशित

laxmi  sunrise bank

फक्सवागनको ‘पोलो १.०’ नेपाली बजारमा आएको छ। नेपालको लागि आधिकारिक विक्रेता पूजा इन्टरनेशनल प्रालिले गाडी बजारमा ल्याएको हो।

९९९ सिसी इन्जिन क्षमताको पोलो १.० ले ६ हजार २ सय आरपिएममा ७६ पिएस उच्च पावर दिन्छ भने ४ हजार ३ सय आरपिएममा ९५ एनएम टर्क उत्सर्जन गर्छ।

गाडीको बजार मूल्य २६ लाख ९५ हजार रहे पनि बुक गर्ने प्रथम सय ग्राहकले २५ लाख ५० हजारमै पाउने कम्पनीले जनाएको छ। गाडीमा एन्टिलक ब्रेकिङ सिस्टम, एयर ब्याग, गाल्भनाइज्ड बडी, पावर विन्डो, रियर भ्यू, क्यामेरा, पावर स्ट्यरिङ लगायतका फिचर्स समावेश छन्।

यसअघि फक्सवागनको पोलो गाडी १६०० र १२०० सिसीमा उपलब्ध थियो। आर्थिक वर्ष ०७५/७६ को बजेट व्यवस्थाले १००० सिसी भन्दा मााथिका गाडीमा कर बृद्धि गरेको थियो। यसमा भने कर बृद्धिको कुनै असर नपर्ने कम्पनीले दाबी गरेको छ।

यो गाडीको सर्भिसिङ शुल्क अन्य गाडीको तुलनामा कम लाग्ने पुजा इन्टरनेशनलका कार्यकारी अधिकृत विबेक बिजुक्छेले दावी गरे।‘अरु गाडी ५ हजार किलोमिटरमा सर्भिसिङ गर्नुपर्छ, तर फक्सवागन १५ हजार किमीसम्म पनि निर्धक्क चलाउन सकिन्छ’ उनले भने। फक्सवागनको नेपालभर ९ वटा सर्भिस सेन्टर रहेको छ, जसमा ३ वटा काठमाडौंमै अवस्थित छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved