'सरकाले उठाउने सम्पूर्ण करमध्ये ३५ प्रतिशत नाडाले तिर्छ'

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 10, 2018 | 07:03:24 PM मा प्रकाशित

laxmi  sunrise bank

भदौ २६ गतेदेखि सूरु हुने अटोमाबाईल्स एसोसिएन अफ नेपाल (नाडा) को मेलाको तयारी पूरा भएको जानकारी दिएको छ । राजधानीमा पत्रकार सम्मेलन गरेर नाडाका उपाध्यक्ष कृष्णप्रसाद दुलालले ६ दिनसम्म चल्ने उक्त मेलाको सम्पूर्ण तयारी पूरा भएको बताएका हुन्। 

अर्थमन्त्री डा.यूवराज खतिवडाले उद्घाटन गर्ने मेलामा ६२ हजारले अवलोकन गर्ने बताउँदै उपाध्यक्ष दुलालले भने,‘४ महिनामा हुने कारोबार ६ दिनभित्र हुने ५ सय करोडको कारोबार हुने हामीले अनुमान गरेका छौं, ७१ वटा संस्थाहरुको उपस्थितिमा १३५ वटा स्टल रहेनछन् ।’

नेपालमा गाडीहरुको संख्या सडकको क्षमताभन्दा धेरै भयो भन्ने तर्क नै ठिक नभएको उनको स्पष्टोक्ति छ । दुलालले भने,‘आजको दिनमा पनि १ प्रतिशत नेपाली जनतामा मात्रै आफ्नै गाडीको पहुँच छ। त्यसैले गाडीको संख्या धेरै भएको होइन, सडक कम भएको हो।’

उनले सडक पूर्वाधारको विकासमा लाग्नको लागि सरकारलाई सुझाव समेत दिएका छन् । उनले भने,‘हाम्रो देशमा स्तरीय र राम्रा सडक नै छैनन्। अहिले भएका सडकको पनि समयमै मर्मतसम्भार हुँदैन। सरकारले काठमाण्डौ उपत्यकामा गाडीको जाम देखेर क्षमताभन्दा बढी गाडी भयो भनिरहेको छ। आयात कम गर्नुपर्छ भनिरहेको छ। त्यो सरकारले जनताप्रति सकरात्मक सोच राखेको होइन। आफूले चाहेको गाडी खरिद गरेर चढ्न पाउनु जनताको अधिकारको कुरा हो।’

उनले अघि थपे,‘सरकारले उद्योगमैत्री वातावरण सिर्जना गर्नुपर्छ, सडकको स्तरोन्नति गर्नुपर्छ, गाडी बेच्ने र किन्ने मात्रै हाम्रो लक्ष्य होईन, सडकको वातावरण पनि स्वच्छ हुनुपर्छ भन्ने हो, गत वर्ष मेलामामात्रै झन्डै साढे तीन अर्ब रुपैयाँको कारोबार भएको थियो । सवारी साधनसम्बन्धि सम्पूर्ण जानकारी दिने उद्देश्यले प्रत्येक बर्ष आयोजना हुने यस मेलालाई गाडीहरुको ‘कुम्भ मेला’ को रुपमा समेत लिने गरिन्छ, यसै फोरमबाट सबैलाई मेलाको अवलोकन गर्न आग्रह समेत गर्दछु ।’

सरकाले उठाउने सम्पूर्ण करमध्ये ३५ प्रतिशत नाडाले तिर्ने गरेको बताउँदै उपाध्यक्ष दुलालले भने,‘आजको दिनमा पनि १ प्रतिशत नेपाली जनतामा मात्रै आफ्नै गाडीको पहुँच छ । त्यसैले गाडीको संख्या धेरै भएको होईन, सडक कम भएको हो, वातावरण छैन्, कर र भन्सारको कारणले गर्दा जनताहरुको पहुँचभन्दा बाहिर छ, १० लाखमा राम्रो गाढि किन्न सकिने स्थिति आयो भने ५० प्रतिशत जनताले गाढि चढ्नेछन ।’ 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved