सिभिल बैंकले दिन थाल्यो आधार दरमै गाडी कर्जा, ब्याजदर कति ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 11, 2018 | 02:54:35 PM मा प्रकाशित

laxmi  sunrise bank

नाडा अटो शो लाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थाहरुले नयाँ गाडी कर्जा योजना सार्वजनिक गरेका छन। यसै क्रममा सिभिल बैकले आधार दरको ब्याजदरमै गाडी कर्जा दिने योजना सार्वजनिक गरेको छ।

बैंकले नाडा अटो शो का लागि आधार दरमा शुन्य प्रतिशत प्रिमियम राखेर गाडी कर्जा दिने योजना ल्याएको हो। प्रत्येक बर्ष आधार दर अनुसार नै बैकले लिने ब्याजदरमा परिवर्तन हुनेछ। साउन मसान्तमा बैंकको आधार दर ११.२८ प्रतिशत छ।  

त्यस्तै बैंकले ०.७५ प्रतिशत व्यवस्थापन शुल्क लिने जनाएको छ। पछिल्लो समय बैंकिङ प्रणालीमा लगानी योग्य रकम बढ्दै गएपछि बैंकहरुले कर्जाका नयाँ प्रोडक्टहरु ल्याउन थालेका छन। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved