दशैंको मुखमा सार्वजनिक यातायातको भाडा बढ्यो, अग्रिम टिकट बुकिङ गर्न व्यवसायी सहमत

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 22, 2018 | 09:05:41 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले सार्वजनिक यातायातको भाडा १० प्रतिशतले बढाउने भएको छ। बढेको इन्धनको भाऊ अनुसार नै भाडा वृद्धि हुनुपर्ने माग राख्दै आएका यातायात व्यवसायी र सरकारबीच १० प्रतिशतले भाडा बढाउने सहमति भएसंगै दशैंको मुखमा भाडा महँगीएको हो। 

आज (भदौ ६) भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा भएको वार्तामा हालै भएको इन्धनको मूल्यबृद्धिलाई मुख्य आधार मानेर भाडादर बढाउने सहमति जुटेको हो। यातायात व्यवसायीहरुले भाडा बढाउनुपर्ने लगायतका माग राखेर दशैंको अग्रिम टिकट बुकिङ नै रोकेपछि सरकार उनीहरुको माग अनुसार भाडा बढाउन बाध्य भएको हो। वार्तामा अग्रिम टिकट बुकिङ खुला गर्ने सहमति भएपनि मिति भने तोकिएको छैन।      

सरकार र यातायात व्यवसायीबीच समय सापेक्ष भाडादर कायम गर्न दुई महिनाभित्र प्रतिवेदन दिने गरी समिति गठन गर्न र मंसिर २९ सम्म भाडा समायोजन गर्ने सहमति भएको बताइएको छ।  

त्यस्तै वार्तामा यातायात व्यवसायी संघ तथा समितिहरुको रोक्का रहेको बैंक खताबाट समितिको अनिवार्य दायित्वभित्र पर्ने खर्चहरु भुक्तानी गर्ने व्यवस्था मिलाउन गृह मन्त्रालयलाई आग्रह गर्ने सहमति पनि भएको छ । सरकारले सिन्डिकेट खारेज गर्ने भन्दै २४५ समितिको बैंक खाता रोकेको थियो ।        


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved