यामाहाको 'एक्सचेन्ज एण्ड अपग्रेड' योजनामा अख्तियारको आँखा, ३० हजारको लोभमा फस्नुहोला!

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 01, 2018 | 08:36:24 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपालका लागि यामाहाको आधिकारिक विक्रेता एमए डब्लुले ल्याएको 'यामाहा एक्सचेन्ज एण्ड अपग्रेड' योजना विवादमा तानिएको छ। कम्पनीले जुनसुकै कम्पनीको जस्तोसुकै मोटरसाइकल वा स्कुटर ल्याएको अवस्थामा कम्तिमा पनि ३० हजार मुल्यांकन गरि यामाहाको बाइक वा स्कुटर दिने योजना विवादमा तानिएको हो।

मोटरसाइकल वा स्कुटरको ब्लु बुक मात्र भए मात्रै पनि उक्त योजनामा सहभागी हुन पाइने कम्पनीले जनाएको छ। कुनै पनि कम्पनीको मोटरसाइकल वा स्कुटर ब्लु बुक सहित ल्याउँदा न्युनतम ३०,००० मुल्यांकन गरि यामाहाको बाईक वा स्कुटर पाइने कम्पनीका मार्केटिङ प्रमुख रमेश दनेखुले बताए।

ब्लुबुक मात्रै भएको जतिसुकै पुरानो बाईक वा स्कुटरमा न्युनतम ३०,००० मुल्यांकन गरि यामाहाको नयाँ बाइक वा स्कुटर दिने योजनाले ठुलो राजश्व छली हुने भन्दै यसका लागि सबै कानुनि प्रकृया पुरा गर्नुपर्ने महालेखा नियन्त्रक कार्यालयका प्रवक्ता जगन्नाथ देबकोटाले बिजपाटीलाई बताए। 

'पुरानो थन्काएर राखिएको बाइक र स्कुटरहरु 'डम्पिङ' गर्नु अगाडी सम्बन्धित बिभाग र बिभिन्न मन्त्रालयबाट प्रकृया पुर्याउनुपर्छ, यत्तिकै आफूखुसी पुरानो बाइक वा स्कुटर डम्पिङ गरि नयाँ दिने योजनामाथि अख्तियारले कारबाही गरिहाल्छ' उनले भने, 'प्रकृया नपुर्याई डम्पिङ गर्दा नबिकरण नगरिएका, राजश्व तिर्न बाँकी रहेका, नामसारी नभएका बाइकहरु पर्न सक्छन, प्रकृया नपुर्याई गरिने यस्तो काम गलत हो।'

त्यस्तै यातायात व्यवस्था कार्यालय तथा राजश्वका कर्मचारीहरुले भने न्युनतम मुल्यांकन गरि नयाँ बाइक दिने 'अफर' ले नबिकरण नगरी राखिएका र राजश्व तिर्न बाँकी रहेका बाइकहरुलाई प्रोत्साहन मिल्ने बताए।

सबारे यामाहाका बजार प्रमुख दनेखुसंग कुरा गर्दा उनले कुनै पनि कार्यालय वा बिभागबाट अनुमति नलिएको र प्रकृया पुरा गर्नुनपर्ने बताए। यस योजना अन्तर्गत न्युनतम ३०,००० मुल्यांकन गरि दिने बाइक वा स्कुटरमा फाइनान्सको सुविधा समेत रहेको उनले बताए।              


 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved