अरुले १०% ले बढाउँदा सिद्दार्थ यातायातले पुरानै दरमा यात्रु बोक्दै, बढेको भाडा नलिने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 02, 2018 | 09:03:13 AM मा प्रकाशित

laxmi  sunrise bank

यातायात व्यवसायीले चाडपर्वको मुखैमा भाडा बढाएर सर्वसाधारणलाई सास्ती दिएको बेला भैरहवामा केन्द्रीय कार्यालयमा रहेको सिद्धार्थ यातायात प्रालिले भने पुरानै भाडादरमा यात्रुलाई सेवा दिने भएको छ ।  

दशैँ तिहारको मुखमा सरकारले सार्वजनिक यातायातको भाडा वृद्धि गर्दा जनतालाई असर पर्ने भएकाले भाडा वृद्धि नगरी पुरानै भाडादरमा सेवा प्रदान गर्ने निर्णय गरेको प्रालिका अध्यक्ष सूर्यकुमार सारु मगरले जानकारी दिए।   

सरकारले आफैँ खारेज गरेको यातायात समितिसँग झुक्दै दशै तिहारको मुखमा सार्वजनिक यातायातको दश प्रतिशत भाडा वृद्धि गर्न सम्झौता गरेपछि जिल्लामा सञ्चालित अन्य यातायात व्यवसायी समितीले सरकारको निर्णय अनुसार भाडामा थप १० प्रतिशत बढाएर सेवा प्रदान गरिरहेका छन् ।

वैज्ञानिक भाडादर कायम गर्न गठित सरकारी कार्यदलले यही मंसिर २९ गते बुझाउने भनिएको प्रतिवेदन कार्यान्वयनमा नआउदाँ सम्म पुरानै भाडादरमा प्रालिले यात्रुहरुलाई सेवा प्रदान गर्ने उनले बताए। 

दशै तिहारको मुखमा १० प्रतिशत भाडा वृद्धि गर्दा सरकारको चौतर्फी आलोचना भइरहेको बेला प्रालिले १० प्रतिशत भाडा वृद्धि नगरी पुरानै भाडादरमा सेवा दिने निर्णयले सर्वसाधारणलाई राहत मिलेको छ।  

त्यस्तै अध्यक्ष सारु मगरले भारतमा कार्यरत नेपालीहरु चाडपर्व मनाउने घर फर्किने क्रममा बीच बाटोमा लुटिएर बेखर्ची हुने हुदाँ त्यस्ता पीडित यात्रुहरुलाई प्रालिले आफ्नो यातायातमा निःशुल्क उनीहरुको गन्तव्यसम्म पुर्याउने बताए । त्यस्तै कसैले बढी भाडा लिएको र यात्रुलाई दुर्व्यवहार गरेको पाइएमा तत्काल उजुरी गर्न आग्रह गर्दै त्यस्ता चालक तथा सहचालकलाई तत्काल कारवाही गरिने बताए ।  

सिद्धार्थले देशका बिभिन्न जिल्लामा आफ्नो सेवा दिंदै आएको छ। दशै अघि नै प्रालिले स्थानिय स्तरमा समेत एसी बस संचालन गर्ने तयारी गरेको छ। सरकारले यातायात व्यवसायी समिती खारेज गर्ने निर्णय गरे लगत्तै प्रालि संचालनमा आएको हो।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved