नेपाली बजारमा सिप्रदी ट्रेडिङले भित्र्यायो नेक्सन क्राज

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 17, 2018 | 07:33:18 PM मा प्रकाशित

laxmi  sunrise bank

टाटा मोर्टसको नेपाल स्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले नयाँ गाडी नेक्सन क्राजको बजारमा विक्रि वितरण आरम्भ गरेको छ। सक्रिय र साहासिक जीवनशैली रुचाउने नेपाली ग्राहकको आवश्यक्ता र मागलाई सम्बोधन गर्न नेक्सन क्राज नेपाली बजारमा भित्र्याइएको सिप्रदी ट्रेडिङले जनाएको छ। 

टाटा मोर्टसको प्यासेन्जर भ्याइकल यूनिट सम्बन्धि अन्तराष्ट्रिय व्यापारका प्रमुख सुजन रोयले मल्टिड्राइभ मोडको विशेषता युक्त यस नयाँ गाडी शहरको व्यस्त सडक देखि लिएर राजमार्ग मा समेत अत्यन्त सरल र रोमाञ्चक ढङ्गले चलाउन सकिने बताए। 

२०९ मिलिमिटरको उतकृष्ट ग्राउण्ड क्लियरेन्स ले नेक्सन क्राजलाई  अरुभन्दा बढि सुरक्षित र आरामदायी बनाएको कम्पनीको दाबी छ। चार स्पिकरको इन्फोटेन्मेन्ट, अटोमेटिक, क्लाइमेट कन्ट्रोल, रिभर्स पार्ककिङ्ग, सेन्सर जस्ता अन्य उच्च स्तरको प्राविधिक विशेषता यस एस्. यू. भि. मोडेलमा पाइन्छ । 

कालो र हरियो रङ्गको बेजोड समिश्रण भएको नेक्सन क्राज १२०० पे्रटोल र १५०० सिसि इन्जिन डिजेल क्षमतामा यो गाडी उपलब्ध भएको कम्पनीले जनाएको छ। मङ्सिर १ गते बाट नेक्सन क्राज , क्राज र क्राज प्लस गरी दुई भ्यारिएन्ट मा डिजेलका लागि  ४३,८५,००० र पेट्रोलका लागि रु ३९,९५,०००  को सुरुवाती मुल्यमा उपलब्ध हुनेछन।

 

 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved