बिजपाटी सम्बाददाता     Mar 22, 2019 | 06:59:11 PM



टाटा मोटर्सको नेपालस्थित बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा.लि.ले टाटा मोटर्स कन्स्ट्रक्सन एक्सपोको सुरु गरेको छ । सिप्रदीको नैकापस्थित कर्पोरेट अफिसको प्रांगणमा दुई दिनसम्म एक्स्पो सञ्चालन हुनेछ । 

एक्स्पोमा टाटा मोटर्सका निर्माण कार्य सम्बन्धी सवारी साधन, उपकरण र अन्य मेसिनहरु प्रदर्शनमा राखिएका छन् । सिप्रदी टे«डिङ्गका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठका अनुसार एक्स्पोमा टाटाका निर्माण सम्बन्धी गाडी र उपकरणहरुको जानकारी दिने उदेश्यले एक्स्पो आयोजना गर्न लागिएको हो । 

एक्सपोमा सिप्रदीले LPK 2523 मोडेलको नयाँ टिप्पर पनि सार्वजनिक गरेको छ । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका









Close in 7