औपचारिक रुपमा भारतीय कम्पनीको करतार ट्याक्टर नेपालमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 26, 2019 | 11:11:36 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा औपचारिक रुपमा भारतीय कम्पनी करतारको ट्याक्टरको बिक्रि वितरण सुरु भएको छ । नेपालको लागि आधिकारिक बिक्रेता डिपी मोटर्स नेपालले शनिवार एक कार्यक्रम गरी औपचारिक बिक्रि सुरु भएको घोषणा गरेको हो । करतार एग्रो इन्डष्ट्रिज पञ्जाबका निर्देशक अमित हरमिन सिंहले औपचारिक रुपमा विक्री शुभारम्भ गरेका हुन् । अनौपचारिक रुपमा भने यस अघि नै ति ट्याक्टरहरु बिक्रि वितरण भईरहेका थिए ।

करतार भारतमा टयाक्टरको प्रख्यात बा्रण्ड हो । यसको नेपालभरी १० वटा सवडिलरहरु रहेको छ ।   कृषि कार्यको लागि उत्कृष्ट रहेको नयाँ करतार ट्याक्टर यान्त्रिक रुपमा बलियो रहेको कम्पनीले जनाएको छ । कम्पनीले कम्बाइन्ड हारभेष्टरको अलावा रोटाभेटर, बेलर, प्लान्ट, सिडर लगायतका उपकरणहरु उत्पादन गर्दै आएको छ । कम्पनीले यस अघि नेपालमा १ सय ट्याक्टरको बिक्री गरिसकेकोे जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved