अमेरिकी कम्पनी क्लिभल्याण्डका ४ बाईक नेपाली बजारमा, कति पर्छ मूल्य ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 30, 2019 | 11:33:31 AM मा प्रकाशित

laxmi  sunrise bank

आजु मोटर्सले अमेरिकी कम्पनी क्लिभल्यान्ड साइकलवेर्क्सको मोटरसाइकल नेपाली बजारमा भित्र्याएको छ । आजु मोटर्सले उक्त कम्पनीको बिभिन्न ४ ओटा मोडलको बाइक नेपाली बजारमा भित्र्याएको हो ।

अमेरिकन चर्चित बाइक हार्ले डेभिड्सन र युएम पछि अर्को अमेरिकन कम्पनीको क्लिभल्यान्ड बाइक नेपाली बजारमा आएको हो । यो कम्पनीले विश्वको बिभिन्न २४ देशमा आफ्ना उत्पादन बिक्री–वितरण गरिरहेको छ । यसको मूख्य कार्यालय अमेरिकाको क्लेभल्यान्डमा रहेको छ । स्कट कोलोसिमोले सन् २००९ क्लिभल्याण्ड साइकलवेर्क्स (सिसिडब्लु )कम्पनीको स्थापना गरेका हुन् । काठमाडौंको पानीपोखरीमा कम्पनीले नयाँ सोरुम स्थापना गरेर मोटरसाइकल बिक्री वितरण सुरु गरिसकेको छ । 

नयाँ बैकहरुको मूल्य ३ लाख ५९ हजार देखि  ५ लाख ६७ हजारसम्म रहेको कम्पनीले जनाएको छ   । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved