यूएम बाईकको नयाँ बर्ष लक्षित 'नयाँ बर्षको बहार' अफर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 09, 2019 | 11:23:32 PM मा प्रकाशित

laxmi  sunrise bank

यूएम बाइकको आधिकारिक वितरक आईएमई अटोमोटिभ्सले नयाँ वर्ष २०७६ लाई लक्षित गरी ‘नयाँ वर्षको बहार’ सार्वजनिक गरेको छ। यस अफर अन्तर्गत युएम बाइकको खरिदमा ५ हजार देखि १ लाख रुपैयाँ सम्म जित्न सकिने कम्पनीले जनाएको छ।   

कम्पनीकाअनुसार यो अफर चैत २५ देखि आगामी बैशाख मसान्तसम्म संचालन हुनेछ। नेपाली बजारमा यूएमका डीएसआर २००, डीएसआर २३०, हाइपर स्पोर्ट २५० र रेनेगेड सिरिजका बाइक उपलब्ध छन् ।

डीएसआर २०० को मूल्य ४ लाख, डीएसआर २३० को मूल्य ४ लाख ३५ हजार, हाइपरस्पोर्ट २३० को मूल्य ४ लाख ४५ हजार, रेनेगेड स्पोर्ट १८० को मूल्य २ लाख ९९ हजार, रेनेगेड कमान्डो ३०० को मूल्य ६ लाख १४ हजार र रेनेगेड स्पोर्ट एस ३०० को मूल्य ६ लाख २२ हजार रुपैयाँ छ ।



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved