रिमोर्टबाटै साँचो खोल्न सकिने स्कुटर सार्वजनिक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 16, 2019 | 03:09:15 PM मा प्रकाशित

laxmi  sunrise bank

हिरो मोटरकर्पले फेमिलि स्कुटर नेपालमा सार्वजनिक गरेको छ । हिरोले आइ ३ एस प्रविधिसहितको डेस्टिनि १२५ नेपाली बजारमा भित्र्याएको हो । यसअघि हिरो मोटरकर्पले १०० सिसि प्लेजर, ११० सिसि माइष्ट्रो एज् र ११० सिसि ड्युट स्कुटरको बिक्रि गर्दै आएको थियो । 

भर्खरै सार्वजनिक भएको फेमिलि स्कुटरमा रिमोर्टबाटै साँचो खोल्न सकिने, बाहिरबाटै तेल हाल्न सकिने र मोबाइल चार्ज गर्न मिल्ने विशेषता रहेको कम्पनीले जनाएको छ । कम्पनीले स्कुटरको मुल्य भ्याट सहित दुई लाख ६ हजार रुपैयाँ रहेको जनाएको छ । 

यो स्कुटर खरिदका लागी कम्पनीले फाइनान्सको सुविधा पनि गरेको छ । काठमाण्डौँ उपत्यकाका ग्राहकले ० प्रतिशत डाउनपेमेन्टमा स्कुटर खरिद गर्न पाउनेछन भने उपत्यका बाहिरका ग्राहकहरुले ५० प्रतिशत डाउनपेमेन्टमा स्कुटर पाउनेछन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved