बजाजले ल्यायो 'उल्टो अफर' संगै एक्सचेन्ज योजना, बजार मुल्यमा १५ हजार थप दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 12, 2019 | 06:10:13 PM मा प्रकाशित

laxmi  sunrise bank

बजाज मोटरसाईकलले “बजाज एक्सचेन्ज सँगै अप्ग्रेड” अफर सार्वजनिक गरेको छ । नेपालका लागि बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले अफर सार्वजनिक गरेको हो । 

वैशाख २९ गतेबाट जेठ ३ गतेसम्म लागू हुने अफरमा ग्राहकहरुले कम्पनीमा गएर कुनै पनि ब्राण्डका पुराना मोटरसाईकल तथा स्कुटर बजाजको नयाँ मोटरसाईकलसँग एक्सचेन्ज गर्न सक्नेछन् । 

कम्पनीले कुनै पनि पुराना मोटरसाईकल तथा स्कुटरको एक्सचेन्जमा न्यूनतम ३० हजार सम्मको मूल्याकंन र प्रचलित बजार भ्यालूयसन भन्दा थप १५ हजार बढी प्रदान गर्नेछ । ग्राहकहरुले नयाँ बजाज मोटरसाईकलको खरिदमा निशुल्क हेल्मेट, बाईक कबर, व्याक्स, ल्यापटप ब्याग र लेग गार्ड जस्ता एक्सेसरिज पाउने कम्पनीले जानकारी दिएको छ ।

योसँगै ग्राहकहरुले बजाजको नयाँ वर्ष २०७६ को स्कीम “बजाज उल्टो अफर” को लाभ पनि लिन सक्नेछन् । यसमा बजाजको मोटरसाईकल किन्नु भन्दा अगाडि नगद पुरस्कार र किने पछि पनि १ लाखसम्मको नगद पुरस्कार जित्ने अवसर प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved