हुन्डाईको नयाँ कार सार्वजनिक, यस्ता छन् विशेषताहरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 21, 2019 | 06:45:32 PM मा प्रकाशित

laxmi  sunrise bank

हुन्डाईले भारतमा भेन्यु नामको नयाँ कार सार्वजनिक गरेको छ । कम्पनिले मे २ देखि कारको बुकिङ खुलाए पनि भर्खरै सार्वजनिक गरेको हो । 

नयाँ सार्वजनिक गरिएको कारमा कोना तथा सान्टाफेमा जस्तै एलइडी डीएलआर सहित स्प्लीट हेडल्याम्प, आकर्षक फ्रन्ट ग्रिल रहेको छ । साथै कारमा एलइडी टेललाइट, डाइमन्ड–कट अलोय ह्वील भएको भेन्यूको लम्बाई ३९९५ एमएम, १७७० एमएम चौडाई र १५५० एमएम उचाई रहेको छ भने, ह्वीलबेस २५०० एमएम रहेको छ । भेन्यूमा ८ इन्च टचस्क्रिनसहित उत्कृष्ट ड्यासबोर्ड, पर्याप्त स्पेस रहेको आरामदायि क्याविन र बुट स्पेस पनि रहेको छ । कारमा क्रुज कन्ट्रोल, सनरुफ, वायरलेस चार्जिङ, रेयर एसी भेन्ट, पार्किङ क्यामरा, ब्लू लिंक कनेक्टिभिटी लगाएत सुरक्षासहितका ३३ वटा बिशेषताहरु रहेका छन् ।

यो गाडी तीन इन्जिन अप्सनमा बजारमा सार्वजनिक गरिएको छ। एउटा १।२ लिटरको पेट्रोल इन्जिन रहेको जसले ८२ बीएचपी पावर तथा ११४ एनएमको टर्क दिन्छ । दोस्रो कारमा १।४ लिटर डिजल इन्जिन क्षमता छ जसले ८९ बीएचपीको पावर तथा २२० एनएमको टर्क दिन्छ । तेस्रो कार, १।० लिटर टर्बोर्चाज्ड इन्जिन रहेको कारले ११८ बीएचपी पावर  तथा १७२ एनएम टर्क दिन्छ । 

हुन्डाईले भेन्यूको सुरुवाती मूल्य ६ लाख ५० हजार भारु राखेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved