मोटरसाइकल किन्ने ग्राहकलाइ राहत, कर बढेन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 30, 2019 | 01:32:46 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले आगामि आर्थिक वर्षको बजेटमा मोटरसाइकलमा लाग्ने कर यथावत् राखेको छ । अर्थमन्त्री डा। युवराज खतिवडाले संघीय संसदमा प्रस्तुत गरेको बजेटमा मोटरसाइकलमा लाग्दै आएको करमा कुनै परिवर्तन गरेको छैन । 

कर नबढेपछि नयाँ मोटरसाइकल खरिद गर्ने ग्राहकहरुलाइ राहत हुने भएको छ । अघिल्लो बर्षको बजेटमा सरकारले १५० सीसीसम्मका मोटरसाइकललाई ४० प्रतिशत अन्तःशुल्क, १५१ देखि २५० सीसीसम्मका मोटरसाइकलमा ५० प्रतिशत अन्तःशुल्क, २५१ देखि ५०० सीसीसम्मका मोटरसाइकलमा ६० प्रतिशत अन्तःशुल्क, ५०१ देखि ८०० सीसीसम्मका मोटरसाइकलमा ८० प्रतिशत र ८०१ सीसी भन्दा माथिका मोटरसाइकलमा १०० प्रतिशत अन्तःशुल्क लगाएको थियो । यो बर्ष  करको यहि दर कायम रहनेछ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved