नेपालि बजारमा हिरोको ५ स्कुटर, यस्ता छन् मुल्य र विशेषता

दिलिप खड्का

दिलिप खड्का

May 31, 2019 | 10:50:02 AM मा प्रकाशित

laxmi  sunrise bank

एक समयमा बिलासिताको साधनको रुपमा परिभाषित गरिएको दुइपाङग्रे सवारि  साधनहरु अहिले ब्यक्तिको दैनिक यात्रा सहज बनाउर्ने महत्वपुर्ण संयन्त्र बनेको छ ।ब्यस्त जिवनको सारथि बन्न सफल भएको छ दुइपाङग्रे सवारि साधन । कुनै पनि ठाउमा समयमै पुग्नको लागि सहज माध्ययम भएको छ । बजारमा पाइने बिभिन्न किसिमका सवारि साधन मध्य हिरो कम्पनिको स्कुटरको बारेमा हिरो जनरल मार्केटिङबाट विजपाटिले तयार पारेको एक रिर्पोट

हिरो प्लेजर

यसमा १०२ सिसिको सिङगल सिलिन्डर इन्जिनले ७ बिएचपि पावर तथा ७.८५ एनएम टर्क जेनेरेट गर्छ । यसको अलवा स्कुटरमा ५ लि क्षमताको फ्युल ट्याङक, १०४ केजि तौल, १२८६ एमएम व्हिलवेश, ड्रम ब्रेक, रेट्रो हेडलाइट, मोवाइल चार्जिङ पोर्ट, इन्टिग्रेटेड ब्रेकिङ सिटम, अलोय व्हिल, ट्युवलेस टायर स्प्रिङग लोडिङ हाइड्रोलिक डम्पर सस्पेन्सन,ग्राउण्ड क्लियरेन्स १५५ एमएम लगाएतको बिशेषता स्कुटरमा रहेको छ । यसको मुल्य नेपालि बजारमा रु १ लाख ७६ हजार रहेको छ ।

हिरो डेस्टिनि १२५

यसमा १२४.६ सिसिको एयर कुल्ड इन्जिनले ८.७ बिएचपि पावर तथा १०.२ एनएम टर्क जेनेरेट गर्छ । यसको अलवा स्कुटरमा आइ ३ एस प्रविधि, इलिगेन्ट मेटल बडि, ड्रम ब्रेक, मोवाइल चार्जिङ पोर्ट, इन्टिग्रेटेड ब्रेकिङ सिटम, ट्युवलेस टायर, सिङगल कोइल स्प्रिङग हाइड्रोलिक सक सस्पेन्सन, ग्राउण्ड क्लियरेन्स १५५ एमएम, साइड स्ट्याण्ड इन्डिकेटर लगाएतको बिशेषता स्कुटरमा रहेको छ । यसको मुल्य नेपालि बजारमा रु २ लाख ६ हजार रहेको छ । 

हिरो ड्युट

यसमा ११०.९ सिसिको एयर कुल्ड इन्जिनले ८.३१ बिएचपि पावर तथा ८.३० एनएम टर्क जेनेरेट गर्छ । यसको अलवा स्कुटरमा मेटल बडि, बाहिरबाटै फ्युल हाल्न सकिने, ड्रम ब्रेक, मोवाइल चार्जिङ पोर्ट, इन्टिग्रेटेड ब्रेकिङ, स्टनिङ नयाँ ग्राफिक, ट्युवलेस टायर, टेलिस्कोपिक फ्रन्ट सस्पेन्सन, डिजिटल एनालग कम्बो मिटर कन्सोल, ग्राउण्ड क्लियरेन्स १५५ एमएम लगाएतको बिशेषता स्कुटरमा रहेको छ । यसको मुल्य नेपालि बजारमा रु १ लाख ८९ हजार ५०० रहेको छ । 

हिरो मइस्ट्रो एड्ज

यसमा ११०.९ सिसिको एयर कुल्ड सिंगल सिलिण्डर इन्जिनले ८ बिएचपि पावर तथा ८.७ एनएम टर्क जेनेरेट गर्छ । यसको अलवा स्कुटरमा बाहिरबाटै फ्युल हाल्न सकिने, मोवाइल चार्जिङ पोर्ट, इन्टिग्रेटेड ब्रेकिङ, स्टनिङ नयाँ ग्राफिक, ट्युवलेस टायर, टेलिस्कोपिक फ्रन्ट सस्पेन्सन, डिजिटल एनालग कम्बो मिटर कन्सोल, ग्राउण्ड क्लियरेन्स १५५ एमएम लगाएतको बिशेषता स्कुटरमा रहेको छ । यसको मुल्य नेपालि बजारमा रु १ लाख ९१ हजार ५०० रहेको छ । 

हिरो मइस्ट्रो एड्ज एफ आइ

यसमा १२४.६ सिसिको एयर कुल्ड सिंगल सिलिण्डर इन्जिनले ९.१ बिएचपि पावर तथा १०.२ एनएम टर्क जेनेरेट गर्छ । यसको अलवा स्कुटरमा बाहिरबाटै फ्युल हाल्न सकिने, डिस्क ब्रेक, साइड स्ट्याण्ड इन्डिकेटर, फ्रण्ट लगेज हुुक, मोवाइल चार्जिङ पोर्ट, इन्टिग्रेटेड ब्रेकिङ, स्टनिङ नयाँ ग्राफिक, ट्युवलेस टायर, टेलिस्कोपिक फर्क सस्पेन्सन, डिजिटल एनालग कम्बो मिटर कन्सोल, ग्राउण्ड क्लियरेन्स १५५ एमएम लगाएतको बिशेषता स्कुटरमा रहेको छ । 

हिरो प्लेजर प्लस

यसमा ११०.९ सिसिको सिङगल सिलिन्डर इन्जिनले ८ बिएचपि पावर तथा ८.७० एनएम टर्क जेनेरेट गर्छ । यसको अलवा स्कुटरमा ४.८ लि क्षमताको फ्युल ट्याङक, १०१ केजि तौल, १२८६ एमएम व्हिलवेश, ड्रम ब्रेक, रेट्रो हेडलाइट, मोवाइल चार्जिङ पोर्ट, इन्टिग्रेटेड ब्रेकिङ सिटम, अलोय व्हिल, ट्युवलेस टायर स्प्रिङग लोडिङ हाइड्रोलिक डम्पर सस्पेन्सन,ग्राउण्ड क्लियरेन्स १५५ एमएम लगाएतको बिशेषता स्कुटरमा रहेको छ । 

फाइनान्स

हिरोको स्कुटर खरिद गर्दा कम्पनिले ग्राहकहरुलाइ फाइनान्स सुविधा दिदै आएको छ । हिरोको आफ्नै फाइनान्स नेपाल जनरल मार्केटिङ मार्फत फाइनान्स गर्दै आएको छ । हिरोको स्कुटर खरिद गर्दा ग्राहकहरुले ० प्रतिशत डाउनपेमेन्टमा खरिद गर्न सक्नेछन् जसको ५० प्रतिशत रकम ९ महिनाभित्रमा तिरिसक्नुपर्नेछ १६ प्रतिशत ब्याजसहित । ९ महिना पछि बाकि ५० प्रतिशत रकमको किस्तासहित १६ प्रतिशत ब्याज १५ महिनाभित्र तिर्नुपर्नेछ । हिरोको स्कुटर खरिद गर्दा अन्य फाइनान्स सुविधामा भने ५० प्रतिशत सम्म डाउनपेमेन्ट गरेर खरिद गर्न सकिनेछ जसको अवधि २ बर्षको हुन्छ । २ बर्षसम्म ग्राहकहरुले १६ प्रतिशत ब्याजसहित किस्ता तिर्नुपर्नेछ ।

अफर

हिरोको ग्राहकहरुलाइ कम्पनिले विभिन्न किसिमको अफरहरु ल्याएको छ । ० प्रतिशत डाउनपेमेन्टमा खरिद गर्न सक्ने, ग्राहकले स्कुटर खरिद गर्दा ४हजार देखि रु १ लाखसम्मको छुट कुपन स्क्रयाच गरेर प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले हरेक १५ दिनमा हुने लक्की ड्र मार्फत रु १ लाख जित्न सक्नेछन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved