सवारी धनीले अब कति तिर्नुपर्छ सडक दस्तुर ?

दिलिप खड्का

दिलिप खड्का

Jun 04, 2019 | 05:26:40 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले बाहिरबाट आयात हुने सवारि साधनको सडक निर्माण दस्तुर तोकेको छ । सरकारले  आर्थिक बर्ष ०७५ /०७६ मा उक्त दस्तुर तोकेको थियो। आगामि आर्थिक बर्षको बजेटमा भने सरकारले कुनै दस्तुरलाइ परिवर्तन नगरि पुरानै दस्तुरलाइ निरन्तरता दिन लागेको छ । सरकारले दस्तुर सवारि साधनको इन्जिन क्षमताको आधारमा तोकेको छ । सरकारले बाइकमा २ लाख रुपैँया सम्मको सडक निर्माण दस्तुर तोकेको छ ।

कति छ सडक निर्माण दस्तुर ?

सरकारले कार, जीप र भ्यानको सडक निर्माण दस्तुर साधनको इन्जिन क्षमताको आधारमा मुल्यको यति प्रतिशत भनेर तोकेको छ भने मोटरसाइकलको इन्जिन क्षमताको आधारमा तोकेको छ ।


सरकारले बाहिरबाट आयात हुने माइक्रोबस, बस, ट्रक, टिपर, मिक्सचर, मिनिबस, मिनिट्रकलगायत सवारीसाधनमा साधनको मूल्यको ७ प्रतिशत सडक निर्माण दस्तुर लाग्ने व्यवस्था अघिल्लो बर्षको बजेटमा गरेको थियो ।

२ हजार सिसिम्मको कार, जीप र भ्यानले साधनको कुल मुल्यको ८ प्रतिशत सडक निर्माण दस्तुर तिर्नुपर्नेछ । साथै २ हजार सिसि भन्दा बढिको इन्जिन क्षमता भएकोे कार, जीप र भ्यानले साधनको कुल मुल्यको १० प्रतिशत सडक निर्माण दस्तुर तिर्नुपर्नेछ । 

साथै सरकारले मोटर साइकललाइ पनि इन्जिन क्षमताको आधारमा सडक निर्माण दस्तुर तोकेको छ । १५५ सिसि सम्मको इन्जिन क्षमता भएको मोटर साइकलले १५ हजार रुपैँया सडक निर्माण दस्तुर तोकेको छ । यसैगरि १५६ देखि २५० सिसि सम्मको इन्जिन क्षमता भएको मोटर साइकलले १८ हजार रुपैँया, २५१ देखि ४०० सिसि सम्मको इन्जिन  क्षमता भएको मोटर साइकलले ५० हजार रुपैँया र ४०१ सिसि भन्दा बढि इन्जिन क्षमता भएको मोटर साइकलले २ लाख रुपैँया सडक निर्माण दस्तुर तिर्नुपर्ने ब्यबस्था रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved