दुगड ग्रुपको अप्रिलिया स्कुटर बजारमा, यस्ता छन् विशेषता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 06, 2019 | 12:46:23 PM मा प्रकाशित

laxmi  sunrise bank

अप्रिलिया स्ट्रोम स्कुटर नेपालमा आधिकारीक रुपमा लन्च भएको छ । स्कुटरलाइ दुगड ब्रदर्श एण्ड सन्सले नेपाल भित्र्याएको हो । 

नयाँ स्कुटरमा रहेको ४ स्ट्रोक, ३ भल्भ १२४.४९ सिसिको इन्जिनले ९.५२ विएचपि पावर तथा ९.९ एनएम टर्क उत्पादन गर्छ । स्कुटरमा ६.५ लिटर फ्युल ट्यांक क्षमता, हाइड्रोलिक डबल टेलिस्कोपिक तथा हाइड्रोलिक सक एब्जर्भर, ड्रम ब्रेक, ट्युबलेश टायर, एबिएस /सिबिएस, १२ इन्च वाइड टायर, अलोय व्हिल, बोल्ड ग्राफिक्स लगायतका बिशेषता रहेका छन् । 

बिशेष रेसिङका लागि तयार गरिएको स्कुटर म्याट रातो र पहेलो रङमा उपलब्ध छ । स्कुटरको बजार मुल्य असार मसान्तसम्मको लागि रु २ लाख २४ हजार ९ सय कायम गरिएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved