नेपाली बजारमा पाइने टिभिएसका स्कुटरको मुल्य र बिशेषता

दिलिप खड्का

दिलिप खड्का

Jun 09, 2019 | 09:46:39 AM मा प्रकाशित

laxmi  sunrise bank

बजारमा धेरै ब्राण्ड र मोडलका स्कुटरहरु उपलब्ध छन । स्कुटको फिचरको आधारमा त्यसको मुल्य तय गरिन्छ । कतिपय सस्तो मुल्य र कतिपय महङ्गो मूल्यका स्कुटर बजारमा उपलब्ध छन् । वर्तमान समयमा सबैको आवश्यकीय बस्तु हो २ पाङग्रे स्कुटर ।

टीभिएस एन्टर्क स्कुटर 

स्कुटरमा रहेको सिङगल सिलिन्डर १२४.८ सिसिको इन्जिनले ९.२७ बिएचपि पावर तथा १०.५ एनएम टर्क जेनेरेट गर्छ । स्कुटरमा ५ लिटर फ्युल ट्याङक गर्न सक्ने क्षमता रहेको छ, डिजिटल मिटर, मोबाइल चार्जिङ सुविधा, १५५ एमएम ग्राउण्ड क्लियरेन्स, टेलिस्कोपिक सस्पेन्सन, अलोय व्हिल लगाएतको विशेषता रहेको छ । एनटर्कको ड्रम स्कुटरको मुल्य २ लाख १४ हजार नौ सय छ भने डिस्क भएको स्कुटरको मुल्य २ लाख २७ हजार नौ सय छ ।

टीभिएस जुपिटर स्कुटर 

स्कुटरमा रहेको १०९ सिसिको इन्जिनले ७.९ बिएचपि पावर तथा ८ एनएम टर्क जेनेरेट गर्छ । स्कुटरमा ५ लिटर फ्युल ट्याङक गर्न सक्ने क्षमता रहेको छ, ११५ एमएम ग्राउण्ड क्लियरेन्स, टेलिस्कोपिक सस्पेन्सन, अलोय व्हिल हाइ स्पिड ८५ किमि प्रतिघण्ण्टा, माइलेज ६२ किमि प्रतिलिटर लगाएतको विशेषता रहेको छ । स्कुटरको मुल्य नेपाली बजारमा टिभिएस जुपिटरको रु २ लाख २ हजार ९ सय रहेको छ ।

टीभिएस विगो रिफ्रेस स्कुटर 

स्कुटरमा रहेको १०९ सिसिको इन्जिनले ७.९ बिएचपि पावर तथा  ८.४ एनएम टर्क जेनेरेट गर्छ । स्कुटरमा ५ लिटर फ्युल ट्याङक गर्न सक्ने क्षमता रहेको छ, ११५ एमएम ग्राउण्ड क्लियरेन्स, टेलिस्कोपिक सस्पेन्सन, अलोय व्हिल हाइ स्पिड ८५ किमि प्रतिघण्ण्टा, माइलेज ६२ किमि प्रतिलिटर लगाएतको विशेषता रहेको छ । स्कुटरको मुल्य नेपाली बजारमो १ लाख ९७ हजार नौ सय रहेको छ ।

टीभिएस स्कुटि जेस्ट स्कुटर 

स्कुटरमा रहेको १०९ सिसिको इन्जिनले ७.९ बिएचपि पावर तथा  ८.४ एनएम टर्क जेनेरेट गर्छ । स्कुटरमा ५ लिटर फ्युल ट्याङक गर्न सक्ने क्षमता रहेको छ, १३५ एमएम ग्राउण्ड क्लियरेन्स, टेलिस्कोपिक सस्पेन्सन, अलोय व्हिल हाइ स्पिड ८५ किमि प्रतिघण्ण्टा, माइलेज ६२ किमि प्रतिलिटर लगाएतको विशेषता रहेको छ । स्कुटरको मुल्य नेपाली बजारमो १ लाख ७८ हजार नौ सय रहेको छ ।

फाइनान्स 

टिभिएसको स्कुटर खरिद गर्दा ग्राहकहरुले फाइनान्स पनि गर्न सक्नेछन् । ग्राहकहरुले कुनै पनि स्कुटरको खरिद गर्दा ४० प्रतिशत डाउन पेमेन्ट गर्दा १७ प्रतिशतको  दरले ब्याज लाग्नेछ भने ५० प्रतिशत डाउनपेमेन्ट गर्दा १६ प्रतिशत ब्याज लाग्नेछ । फाइनान्स अवधि २ बर्षको हुनेछ । फाइनान्स जगदम्बा मोटर्सको जगादम्बा इन्भेष्टमेन्ट प्रा लि बाट तुरुन्तै हुनेछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved