‘नाडा अटो शो’का लागि स्टल बुकिङ खुला

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 09, 2019 | 02:28:13 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल अटोमोबाइल्स डिलर एसोसियसन नाडाले विगत वर्षजस्तै यसवर्ष पनि नाडा अटो शो को आयोजना गर्ने भएको छ । यसवर्ष आयोजना हुन लागेको अटो शो का लागि स्टल बुकिङ खुल्ला भएको छ । नाडाले सुचना जारी गर्दै अटो शोमा सहभागी हुन सोमबार (जेठ २७) देखि जेठ ३० गतेसम्म बुकिङ गर्न खुल्ला गरेको हो ।

तोकिएको समय सकिएपश्चात लक्की ड्र मार्फत सहभागिको स्टल छनोट गर्ने नाडाले जनाएको छ । 

अटो शोमा नेपालमा भएका प्रायजसो सबै ब्राण्डको सहभागिता रहनेछ । २५ ओटा चारपांग्रे सवारी बिक्रेता कम्पनी, त्यसैको हाराहारिमा दुइपांग्रे सवारि बिक्रेता कम्पनी र स्पेयर पार्टस कम्पनीको पनि अटो शो मा सहभागीता रहने जनाएको छ । शोमा नेपालमा उत्पादन भएको लुब्रिकेन्ट र टायर प्रदर्शनीमा राखिनेछ ।

नाडा अटो शो भाद्र १० गतेदेखि १५ गतेसम्म भृकुटिमण्डपमा हुनेछ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved