बडा दशैं, तिहार र छठपर्वको हार्दिक मंगलमय शुभकामना




रासस     Jun 17, 2019 | 09:17:37 PM



महानगरीय प्रहरी परिसर भक्तपुरले तीव्र गतिमा सवारी चलाउने ३९ सवारी साधनलाई आज नियन्त्रणमा लिई कारवाही गरेको छ। प्रहरीले यही असार १ गतेदेखि लागू गरेको ‘सडक सुरक्षा विशेष अभियान’ अन्तर्गत अरनिको राजमार्ग खण्ड जडीबुटीदेखि साँगासम्ममा गुड्ने सवारी साधनका लागि निर्धारण गरेका ५० किलोमिटर प्रतिघण्टाको गतिभन्दा बढी गतिमा सवारी साधन चलाउने सवारी सवारी साधनलाई कारवाही गरेको प्रहरी उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए। 

तीव्र गतिमा चलाउने सवारी साधनलाई लेजरगनको सहायताले नियन्त्रणमा लिई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार कारवाही गरिएको उहाँले जानकारी दिए। भक्तपुर ट्राफिकले चालू आवको ११ महीनामा अरनिको राजमार्गअन्तर्गत जडीबुटीदेखि साँगासम्म चल्ने सात हजार ६३९ सवारी साधनलाई  कारवाही गरी रु ५१ लाख ३५ हजार ५०० राजश्व सङ्कलन गरेको छ । सो सडकमा यो अवधिमा ५७६ सवारी दुर्घटना हुँदा २१ जनाले ज्यान गुमाएको प्रहरीले जनाएको छ । 

मोटरसाइकल चोरी गर्ने पक्राउ

मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा प्रहरीले सूर्यविनायक नगरपालिका–२ बालकोटबाट चार जनालाई पक्राउ गरेको छ । बालकोट प्रहरी प्रभागको टोलीले गएराति मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा लोकन्थली बस्ने रौतहटका १८ वर्षीय दर्शन गौतमलगायत चार जनालाई पक्राउ गरेको हो । 

बालकोटको धर्मराज भुसालको घर कम्पाउण्डभित्र पार्किङ गरिराखेको बा९७प १२१५ नंको मोटरसाइकल चोरी गरी लाँदै गरेको अवस्थामा फेला पारी उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । 

Share your thoughts!

रासस









Close in 7