प्रत्येक घरमा मोटरसाईकल पुर्याउने टिभिएसको अभियान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 18, 2019 | 02:24:41 PM मा प्रकाशित

laxmi  sunrise bank

जगदम्बा मोटर्सले एक घर एक टिभिएस भन्ने अभियान अन्तर्गत नाटुको (नेपाल अटो मेकानिक्स ट्रेड युनियन) सँगको सहकार्यमा बीमा तालिम कार्यक्रम सम्पन्न गरेको छ । नेपालको  लागि टिभिएसको आधिकारिक बिक्रेता मोटर्सले देशभर प्रत्येक घरमा टिभिएस बाईक तथा स्कूटरलाई स्थान दिलाउन यो अभियान सन्चालन गरेको हो ।

कार्यक्रममा टिभिएसले एक घर एक टिभिएस अभियान सफल बनाउन ६७ स्थानबाट ३००० जनालाइ  तालिम तथा बिमा कार्यक्रम सम्बन्धि प्रशिक्षण दिने जनाएको छ। यस अभियानका ब्रान्ड एम्बेसडर माधव पाण्डेलाई घोषणा गरिएको छ ।

“टिभिएस अहिले नाटु संग निरन्तर सहकार्य गर्न चाहन्छ । प्रविधिले धेरै फड्को मारेको परिवेशमा अहिले धेरै नयाँ टेक्नोलोजीको विकास भएको हुदा मेकानिक्सहरुलाई तालिम दिनु आवश्यक छ । अहिलेसम्म टिभिएसले दस हजार भन्दा बढि मेकानिक्सहरुलाई तालिम प्रदान गरिसकेका र केहि मेकानिक्सलाइ फ्याक्ट्रिमा तालिम तालिम दिएर देशमै रोजगारीको अवसर सिर्जना गर्ने लक्ष्य रहेको” मोटर्सका भाईस प्रेसिडेन्ट दिपक कुमार अग्रवालले बताए । उनले थप्दै भने हामी संग यसको प्रत्यक्ष उदाहरणको रुपमा “साथ छ हाम्रो”, एक घर एक टिभिएस जस्ता महत्वपूर्ण श्लोगनलाई व्यवहारमा लागु गर्नु नै हो ।

अग्रवालको अध्यक्षतामा भएको कार्यक्रममा टिभिएसको तर्फबाट नाटु जीवन बीमा कोषको लागि रु. ५१,००० आर्थिक सहायता प्रदान गरिने घोषणा गरिनुका साथै नाटु मार्फत बिक्री भएका प्रत्येक बाइक तथा स्कूटरबाट रु. २०० उक्त कोषको लागि छुट्याइने जानकारि दिइएको छ । 

टिभिएसले १०० भन्दा बढि डिलर नेटवर्क र २०० भन्दा बढि सर्भिस नेटवर्क मार्फत गुणस्तर सेवा र जेनुईन पार्टसको उपलब्धतालाई सरल र व्यापक बनाएको जनाएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved