नेपाल आउँदै एनएस २०० एबीएस, मूल्य कति ?

दिलिप खड्का

दिलिप खड्का

Jun 23, 2019 | 11:48:31 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपालका लागि बजाज मोटरसाइकलको आधिकारीक बिक्रेता एचएच बजाजले एनएस २०० को अपग्रेड भर्सन नेपाली बजारमा ल्याउने भएको छ । एचएच बजाजले भदौमा हुने नाडा अटो शो मा एनएस २०० को एबीएस भर्सन ल्याउन लागेको हो ।

लामो समयदेखि बिक्रि वितरण भइरहेको एनएस २००मा एबीएस सुबिधा छैन । केहि समयअघि भारतीय बजारमा सार्वजनिक भएको एनएस २०० को अपग्रेड भर्सनमा सिंगल च्यानल एबीएस रहेको छ । 

एनएस २०० को अपग्रेड भर्सनमा रहेको ४ भल्भ लिक्वीड कूल्ड १९९ सीसीको सिगंल सिलिन्डर इन्जिनले २३.१७ बीएच पावर तथा १८.३ एनएम टर्क जेनेरेट गर्छ । यलको अलवा बाइकमा फ्रन्ट एन्टी फ्रिक्सन टेलिस्कोप फर्क र  रियर निट्रोक्स मोनोशक, डे टाइम रनिङ हेडलाइट, एलइडी टेलल्याम्प, ६ स्पीड गियर बक्स, मल्टी डिस्क हाइड्रोलिक क्लच, एबीएस ब्रेकिङ सिस्टम, ट्युबलेस अलोय व्हिल टायर, सेमि डिजिटल कन्सोल लगाएतको बिशेषता रहेको छ।

बजारमा बिक्री भइरहेको एनएस २००को मूल्य रु ३ लाख १९ हजार ९ सय रहेको छ भने अब आउने अपग्रेड भर्सनको मुल्य रु ३ लाख ५० हजार बराबर पर्ने अनुमान गरिएको कम्पनिले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved