नेपाल भित्रिदै हिरोको एक्सपल्स २००

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 25, 2019 | 11:59:07 AM मा प्रकाशित

laxmi  sunrise bank

हिरो मोटर्सकपको नयाँ बाइक एक्सपल्स २०० नेपाली बजारमा आउने भएको छ । हिरोका लागि नेपालको आधिकारीक वितरक नेपाल जनरल मार्केटिङले बाइकलाई जुलाइ महिनामा सार्वजनिक गर्ने तयारी गरेको छ । 

एक महिनाअघि भारतीय बजारमा सार्वजनिक भएको एक्सपल्स बाइकमा रहेको टु भल्भ लिक्विड कुल्ड २०० सीसीको सिङ्गल सिलिन्डर इन्जिनले १८.१ बीएच पावर र १७.१ एनएम टर्क जेनेरेट गर्छ ।

यसको अलवा बाइकमा हाई स्ट्रेन्थ स्टिल बडी फ्रेम, २१ इन्चको फ्रन्ट तथा १८ इन्चको रिअर डबल प्रपोज टायर, १० स्टेप एडजस्टेबल ग्यास चार्ज मोनोशक युनिट, एफ आइ प्रबिधि, लगेज प्लेट तथा १९० एमएम फ्रन्ट सस्पेन्सन रहेको छ ।

बाइकमा डबल डिस्क ब्रेक र सिंगल च्यानल एबिएस रहेको छ । बिशेष एड्भेन्चरस ट्रिपको लागि भएकोले बाइकको तौल १५३ केजि तथा २२० एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ ।

बाइकमा स्मार्टफोन ब्लुटुथमार्फत कनेक्सन गर्ने सुविधा पनि रहेको छ जसबाट फोन आएको जानकारि बाइकको डिजिटल मिटरमा देखिने छ।

बाइकको मुल्य कति हुने भन्ने कुरा छलफल भइरहेको एनजिएमले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved