अशोक लेलैण्डको गाडिमा छुटै छुट्

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 15, 2019 | 03:54:21 PM मा प्रकाशित

laxmi  sunrise bank

आइएमई मोटर्सद्वारा प्रबर्धित अशोक लेलैण्डले “मेगा मन्सुन फ्रि चेकअप क्याम्प अफर” ल्याएको छ । आइएमई ग्रुपको आइएमई मोटर्सले ल्याएको अफर मोटर्सको देशभर रहेका १३ वटा आउटलेट्हरुमा लागु हुनेछ । 

मनसुन अफर अन्तर्गत ग्राहकलाई केन्द्रित गर्दै फ्रि चेकअप क्याम्प सेवा प्रदान गर्नुका साथै स्पेयर पाटर्समा ५%, ल्युबमा १०%, लेबर शुल्कमा ३०% साथै ३०% च्यासिस ग्रीजिंगमा छुट उपलब्ध गर्ने कम्पनीले बताएको छ ।

फ्रि चेकअप क्याम्प दौरान ग्राहकवर्गहरुले आकर्षक उपहारका साथै सुरक्षित ड्राईभिङ सम्बन्धि जानकारी लिन सक्नेछन् । यी अफरहरु साथै निःशुल्क वासिङ्ग, ४५ चेक पोइट्स तथा बम्पर देखि बम्पर चेकअप सहित अन्य फाइदाहरु ग्राहकले क्याम्पमा लिन सक्नेछन् ।

अफर अशोक लेलैण्डका बस, ट्रक, ट्रिपर तथा साना कर्मसियल भेइकलस्का कुनै पनि मोडलका गाडीहरुमा लागु हुने छ । अफर नेपालभरी असार ३० गते देखि श्रावण ५ सम्म मात्र लागु हुनेछ र साथै सर्भिसिङ्गमा छुट कुपनहरु भाद्र ५ सम्म लागु हुनेछ । 

३ वर्षको अन्तरालमा यस आइएमई मोटर्सले देशभर १४ वटा आउटलेट खोलेर ग्राहकहरुमा सेवा प्रदान गरिरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved