मभोक्सको हेलमेट बजारमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 18, 2019 | 11:55:39 AM मा प्रकाशित

laxmi  sunrise bank

सत्यदीप इन्टरनेसनलले मभोक्सको हेलमेट सार्वजनिक गरेको छ । मभोक्स हेलमेटको आधिकारिक बिक्रेता सत्यदीपले रिटेलर भेटघाट कार्यक्रमको आयोजना गरी हेलमेट सार्वजनिक गरेको छ । 

भारत पछि पहिलोपटक नेपालमा सार्वजनिक गरिएको हेलमेट सुविधाजनक र स्टाइलिस समेत भएको  सन्धार एमकिन इन्डष्ट्रिजका म्यानेजिङ डाइरेक्टर आयुषमान मेहताले बताए ।  

नेपाली राइडरहरुलाई गुणस्तरीय हेलमेट उपलब्ध गराउने लक्ष्यका साथ मेभोक्स ब्रान्ड भित्र्याएको सत्यदीपका म्यानेजिङ डाइरेक्टर दीपेन्द्र मिश्रले बताए । 

सन्धार एमकिन इन्डष्ट्रिजले उत्पादन हेलमेट फुल फेस र ओपन फेस गरी दुई मोडलमा उपलब्ध छ । हेलमेटको मूल्य २ हजार ६ सय देखि ५ हजार १ सय रुपैयाँ सम्म रहेको छ ।

हेलमेट ओएक्स १०, ओएक्स ११ र एफएक्स म्याक्स गरी चार भेरिएन्टमा उपलब्ध छ । हेलमेटमा यूभी रेजिस्टेन्ट पेन्ट गरिएको छ । त्यसैगरी बर्षातको मौसमलाई ध्यानमा राखी हेलमेटमा वाटर टाइट इन्टरफेस भाइजर प्रयोग गरिएको छ । हेलमेटलाई मजबुत बनाउनका लागि कम्प्याक्ट डिजाइन स्ट्रक्चर प्रयोग गरिएको छ ।

सत्यदीपले नेपाली बजारमा दुई पांग्रे सवारी साधनका लागि मिरर, हेडलाइट, क्लच प्लेट, ब्रेक शु, लुब्रिकेन्ट, चेन किटलगायतका पार्ट्स उपलब्ध गराइरहेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved