टिभिएस बाइक टेस्ट ड्राइभ गर्दा 'रेस'को लागी भारत जाने अवसर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 18, 2019 | 04:29:28 PM मा प्रकाशित

laxmi  sunrise bank

जगदम्बा मोटर्सले टिभिएस मोटरसाईकलका ग्राहकलाई नयाँ योजना अपाचे रेस ट्रयाक एक्सपेरियन्स सार्वजनिक गरेको छ ।

यस योजना अनुसार नेपाल भर रहेका टिभिएस मोटरसाईकलको कुनै पनि शोरुममा गएर अपाचे RR 310 तथा अपाचे 200 4V v2 को टेस्ट राईड मात्र गरि उक्त योजनामा सहभागि हुन सकिनेछ । त्यसपछि २५ जना भाग्यशाली विजेताहरुले भारतको चेन्नाईमा रहेको मदरास मोटर रेस ट्रयाकमा अपाचे RR 310 र 200 4V v2 कुदाउने अनुभव संगाल्न पाउनेछन् ।

साथै अपाचे RR 310 तथा 200 4V v2 खरिद गर्ने ग्राहकले हेल्मेट्स नेपालको क्रमशः १०,००० तथा ७,००० रुपैयाँ बराबर नगद भौचर उपहार पाउनेछन् । ग्राहकलाई अपाचे RR310 को लागि मासिक किस्ताबन्दी रु १९,०९३ र अपाचे 200 4V v2 को लागि रु ११,२४५ कायम गरिएको मोटर्सले जनाएको छ ।

हरेक मोटरसाईकल राइडरको एउटा भित्री ईच्छा हुन्छ रेस ट्रयाकमा मोटरसाईकल कुदाउनुको मज्जा लिने तर सबैले यस्तो चाहना पूरा गर्न सकेका हुँदैनन् । यसैले आफ्ना बाइक प्रेमीहरुलाई सदैव नयाँ नयाँ एक्सपेरियन्स दिलाएर अचम्भित पार्दै आएको टिभिएसले नयाँ योजना अघि सारेर यसपटक भिन्न आश्चर्यजनक उपहारको रुपमा ग्राहकहरुलाई यो रेस ट्रयाक एक्सपेरियन्स प्रस्तुत गरेको मोटर्सका भाइस प्रेसिडेन्ट दीपक अग्रवालले बताए ।

मदरास मोटर रेस ट्रयाक भारतको विश्वस्तरीय र लोकप्रिय रेस ट्रयाक हो । सन् १९८९ मा उद्घाटन गरिएको यो ट्रयाक ३.७४ कि.मि को छ । 





          


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved