आम्दानी देखाएर घर र गाडी किन्न ऋण पाइने, नाडाका अध्यक्ष भन्छन, 'सरकार गरिबको पक्षमा देखिएन'

निरोज कुमार थापा

निरोज कुमार थापा

Jul 25, 2019 | 10:07:09 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले आम्दानी अनुपातको आधारमा गैर व्यवसायिक कर्जा लिन पाइने व्यवस्था गरेको छ। चालू आर्थिक बर्षको मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकले आम्दानी अनुपातको अधिकतम सिमाको आधारमा घर गाडी जस्ता गैर व्यवसायिक कर्जा लिन पाइने व्यवस्था गरेको हो। 

राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले व्यक्तिको आम्दानीको आधारमा उसले तिर्न सक्ने किस्ता आंकलन गरेर राष्ट्र बैंकले सीमा तोक्ने बताएका छन। उनले बिजपाटी संगको कुराकानीमा घर वा गाडी किन्न ऋण दिँदा व्यक्तिले मासिक आम्दानीको तिर्न सक्ने किस्ताको अनुपातमा मात्रै ऋण दिन पाइने बताए।

मौद्रिक नीतिमा ‘व्यक्तिगत प्रकृतिका कर्जा, घर कर्जा तथा हायर पर्चेज कर्जालगायतका किस्ता भुक्तानीमा आधारित गैरव्यावसायिक कर्जा प्रवाह गर्दा ऋण भुक्तानी आम्दानी अनुपात को अधिकतम सीमा कायम गरिनेछ’ भनिएको छ ।

यस सम्बन्धमा नेपाल अटोमोबाईल्स डिलर्स एसोसियसन (नाडा) का अध्यक्ष शम्भु प्रसाद दाहालले आम्दानी अनुसार बैंकले ऋण दिने कुरा ठिक भएको बताउँछन्। उनले व्यवसायीक दृष्टिकोणले ऋण तिर्न नसक्नेका लागि बैंकले लगानी नगर्नु स्वभाविक भएको भन्दै क्षमता अनुसार दिनु व्यवसायीक नजर भएको बताए । तर राजश्वमा आधारित अर्थतन्त्र भएको मूलुकमा कर धेरै तिर्ने क्षेत्रलाई प्रोत्साहन गर्ने गरी नीति नआएको भन्दै अध्यक्ष दाहालले घट्दो क्रममा रहेको अटोमोबाईल्सको बजारमा नीतिले पनि केही प्रभाव पार्न सक्ने बताए । निम्न आयस्तर भएका व्यक्तिहरुमा राज्यले लगानी नगर्ने उदाहरणका रुपमा मौद्रिक नीति आएको भन्दै आलोचना भईरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved