केटिएम RC 125 ABSमा यस्ता छन् बिशेषता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 25, 2019 | 05:18:20 PM मा प्रकाशित

laxmi  sunrise bank

केटिएमको RC 125 ABS भारतमा सार्वजनिक भएको छ । सार्वजनिक गरिएको बाईकलाई कम्पनिले दुई रंगमा उपलब्ध गराएको छ । 

बाइकमा  ४ भल्भ डिओएचसि लिक्विड कुल्ड फ्युल इंजेक्सन १२४.७ सिसिको इन्जिन रहेको छ । बाइकमा रहेको यो इन्जिनले १४.५ पीएस पावर तथा १२ एनएम टर्क जेनेरेट गर्दछ । यसको साथै बाइकमा ६ स्पिड कन्सटेन्ट मेस ट्रान्समिसन रहेको छ ।

साथै बाइकमा स्टिल टेलिस फ्रेम रहेको छ । बाइकको आगाडि इन्भर्टेड टेलिस्कोपिक सस्पेन्सन तथा पछाडि १० स्टेप एड्जस्टर स्लट्सको साथमा मोनोसक रहेको छ । बाइकमा ब्रेकको लागी अगाडिपट्टि ३०० एमएम डिस्क ब्रेक र पछाडि २३० एमएम डिस्क ब्रेक रहेको छ । 

बाइकमा सिंगल च्यानल एबिएस, १५७ एमएम ग्राउण्ड क्लियरेन्स, १३४१ एमएम व्हिलवेश, ९.५ लिटरको फ्युल टंयाक तथा १५४.२ किलोग्राम तौल लगाएतको बिशेषता रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved